लोकसंवाद संवाददाता | समाचार | बैशाख २५, २०८०
अर्घाखाँची । समाजवादी प्रेस संगठन नेपालकाे अर्घाखाँचीको अध्यक्षमा सागर परियार निर्वाचित हुनु भएको छ।
समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीमा सन्धिखर्कमा २०८० बैशाख २५ गते सम्पन्न प्रथम जिल्ला अधिवेशनले सागर परियारको अध्यक्षतामा निर्वाचित २१ सदस्य नयाँ कार्य समिति गरेको हो ।
जसको उपाध्यक्षमा विक्रम आचार्य ,सरु सुनार,सचिव नवीन रसाइली सह सचिव पूजा कुवँर, कोषाध्यक्ष भावना घिमिरे लगायत नयाँ नेतृत्व चयन गिरेको छ ।
अधिवेशनको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतमद्वारा उद्घाटन तथा प्रेस लुम्बिनी डटकम द्वारा प्रकाशित क्यालेन्डरको समेत विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल, सचिव युवराज पौडेल, जिल्ला कार्यालय सदस्य योगेन्द्र खडका,पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेम नारायण आचार्य, प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष बिरेन्द्र केसी, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रिशिराम भुसाल, प्रगतिशील पत्रकार संगठनका केन्द्रीय सचिव गोपाल भट्टराई, जन पत्रकार संगठनका अनिल नेपाली लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न मिडियाका क्रियाशील पत्रकार हरुको उपस्थिति रहेको थियो । कार्यक्रम अशोक चौहानको सञ्चालन विक्रम आचार्यको स्वागत मन्तव्य र नवीन रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ ।