सातौँ  सडक सुरक्षा सप्ताह जेठ १-7 को शुभारम्भ

सातौँ  सडक सुरक्षा सप्ताह जेठ १-7 को शुभारम्भ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०१, २०८०

काठमाडौँ । संयुक्त राष्ट्र संघको  सातौँ  सडक सुरक्षा सप्ताह (मे १५-२१)  अन्तरगत आज नेपालमा समेत अन्तरक्रियात्मक कार्यक्रमको बीच शुरुवात गरिएको छ ।

नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा आज काठमाडौँमा सप्ताहव्यापी कार्यक्रमको घोषणा गरि । प्रतिनिधि सभा सदस्य मा. योगेश भट्टराई , नेपाली कांग्रेस केन्द्रिय सदस्य  तथा एलायन्सकी उपाध्यक्ष  रंगमती शाही, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन जङ्ग थापाले सो साप्ताहिक कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो  ।

त्यसैगरि इन्टरमोडल यातायात विकास समितिका कार्यक्रम निर्देशक आशिष गजुरेल , नासा  नेपालका केन्द्रिय सदस्य चादंमाला मास्के र बिनोद तन्डुकर तथा रोड सेफ्टी अनुसन्धानकर्ता डा.पुष्पराज पन्त, डा. भगवती सेढाइ, डा.समन अर्याल, गजेन्द्र बुढाथोकी लगायत समेत सुभारम्भ कार्यक्रममा आ–आफ्नो धाराणा राख्न भयो । इन्जिनियरीङ, चिकित्सा शास्त्रका प्राध्यापक तथा विद्यार्थी, मोटर साइकल राइडर्स तथा मिडियाकर्मीका बीच विश्वव्यापी अभियानको पोस्टर सार्वजनिक गरि सो अभियान शुरु गरिएको हो ।  

गतिशीलता पुन: विचार  मूल नारा रहेको यस पटकको सडक सुरक्षा सप्ताहको मूल थिममा विभिन्न बिज्ञहरुका विचमा अन्तरक्रियात्मक उक्त कार्यक्रमका बक्ताहरुले आधुनिक नेपालको सडक पूर्वाधारको दिगो यातायात वारेमा धारणा राख्नुभयो । खासगरि डबल र सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल बिधेयक , नेशनल एक्शन प्लान तथा सार्वजनिक यातायात र साइक्लिंग र पैदल यात्रु सुरक्षाको वारेमा विभिन्न वक्ताहरुले धारणा राख्नभएको  थियो ।

सोहि कार्यक्रम संखुवासभाको चैनपुर, गण्डकीको पोखरा, कर्णालीको सुर्खेत, सुदरपश्चिमको गोदावरी, लुम्बिनीको बुटवल तथा वाग्मतीको धुलिखेलमा अन्तरक्रिया गरि साइकल र्याली सडक सुधार चिन्ह तथा सडक सुरक्षा अडिट सहित साप्ताहिक कार्यक्रम मानाइनेछ । धुलिखेल र सुर्खेत नगरपालिका, साइकल कल्चर मुभमेन्ट, नासा नासा फाउन्डेसन , संचारिका समूह गण्डकी, सुरक्षित यात्रा अभियान, हेल्पिंग युथ इटहरी, चैनपुर रेडक्रस तथा गण्डकी प्रदेश इन्जिनीयर एसोसियसन समेतको संयुक्त आयोजनामा यो साप्ताहिक कार्यक्रम घोषणा गरेको हो ।  

ग्लोबल एलायन्स फर रोडसेफ्टी एनजिओज्, अन्तराष्ट्रिय अटोमोबाइल्स फेडेरसन तथा नासा नेपालको सहयोगमा देशब्यापी रुपमा यस अभियानले दिगो विकास लक्ष्य तथा सुरक्षित मोबिलिटीको लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गर्न सकिन्छ ।  

अन्तराष्ट्रिय अटोमोबाइल्स फेडेरेसनका काउन्सिल मेम्बर गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रममा नासा फाउन्डेसनको संयोजक कृष्ण सिंह बस्नेतले निष्कर्ष प्रस्तुत गर्न भएको थियो ।