ऋतु आशिक | साहित्य | जेठ ०२, २०८०
लगाम कसेर दक्षिणी दाना पानीले
सजाइएका प्रचण्डहरू
घात गरिरहेका छन् माटोलाई
घर खनेर आँगन पुरिरहेका छन्
धुन्धुकारीहरू
सस्तो सपनामा आफूलाई
आफूलाई सुपुर्दगी गरेर
आफूलाई नेपाली गोर्भाचोभमा फेरेर
इतिहासको कलङ्कित पाटोमा उभिएको छ।
हिजो पनि यो देशको थिएन ।
आफ्नै लागि अराएको गर्ने न हो
धर्मको आडमा छिमेकीको भरमा
इजरायल बनाउने तानाबानाहरू
यो हिमाली देशमा प्रयोग भइरहेको छ ।
हो १ इतिहासको निर्माण कालमा
संयुक्त राष्ट्रसंघ लाटाले पापा हेरे झैँ
के हेरि रहेको छ रु
एउटा सबल प्राचीन राष्ट्र
सांस्कृतिक धरोहर वैभवले
यसको परि पूर्णताको उचाई
ऐतिहासिक परीक्षणमा
युगौँ युगदेखि बुद्धले हामीलाई
धेरै कुरा सिकाएका छन्
हामीले बुद्धलाई गुरु दछिन्ना बुझाउन बाँकी नै छ
हाम्रो वैभावताले भरिएको जानकी मन्दिरमाथि
तिरंगा झण्डा फहराएर
यो एक्काइसौं शताब्दीमा पनि देश लुट्ने दाउमा
लगाम कसेर दक्षिणी दाना पानीले
सजाइएका प्रचण्डहरू
मेरो अनादिकालदेखिको स्वतन्त्रता देशलाई
सिक्किम बनाउने सपना पालिरहेका थियौ
तिमीले बनाएका माओवादीको पहिचान
मेरा देशवासीलाई जानकारी छ
ती हर्कतको जानकारी पाएका छौं ।
हामीले गल्ती गरेउ
राजा फालेर हो गल्ती गरेउ
हो ! राजा फालेर गल्ती गरेकै हो।
भारतीय विस्तारवादलाई रोकेका रहेछन्
हो ! हो ! बल्ल चेत आयो
भारतीय विस्तारवादलाई रोकेका रहेछन् ।
राजा फर्काएर के गर्नु
फर्किने राजाको नेपालीलाई विश्वास छैन ।
देश नफर्किने बाटोमा हिँडिसकेको छ ।
जातीयता संघीयताको आँधीबेहरी मा
मुलुक सुडान हुँदैछ
के गर्न सक्छौ
गर्ने बेला आएको छ
विश्वास कसलाई गरौं
जताततै घातै घात छ ।
विभीषण र लेण्डुपेको हुल हुन थालेको छ ।
हेर्दाहेर्दै देश हारिरहेको छ
सयकडौं विभीषण र लेण्डुपेको हुलले
मुलुक अत्रान्त हुन थालेको छ
आउ आउ अब अबेर नगर
बिन्ती छ अब अबेर नगर ।