निगमको भ्रष्ट नेतृत्व फेर्न असफल मन्त्री किराँती कमिसनको चास्नीमा डुब्दै आफै फेरिँदै

निगमको भ्रष्ट नेतृत्व फेर्न असफल मन्त्री किराँती कमिसनको चास्नीमा डुब्दै आफै फेरिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०२, २०८०

काठमाडौँ। नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार्न गठित दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समितिको प्रतिवेदन नै नआई   निगम व्यवस्थापनले नयाँ जहाज खरिद प्रकृया अगाडि बढाएको सार्वजनिक गरेसँगै यो निर्णय विवादास्पद बन्न पुगेको छ । 

नेपाल वायुसेवा निगमको  सञ्चालक समितिका सदस्य सुधिर राईको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिले ट्रकरुट र स्टलरुटका लागि ३ वटा जहाज खरिद प्रकृया अगाडि  बढाउने निर्णय यस अघि नै सार्वजनिक गरि सकेको छ ।  जबकि निगमसँग भएका ६ वटा चिनियाँ जहाज वर्षौंदेखि ‘ग्राउण्डेड’ छन् र त्यसलाई मर्मत सम्भारका विषय मौन रहँदै आएको छ । 

निगम स्रोतका अनुसार ‘ट्रंकरुट’ र ‘स्टलरुट’का लागि केही वर्ष अगाडि नै निगमले वाई–१४ चारवटा एमए–१६ दुईवटा जहाज चीनसँग सहुलियत ऋणमा खरिद गरिएको थियो । पहाडी क्षेत्र र प्रमुख सहरमा उडाउने गरी ल्याइएको उक्त चिनियाँ जहाजले केही समय सञ्चालनमा ल्याए पनि तत्कालीन कार्यकारी अध्यक्ष सुशील घिमिरेले उक्त जहाज बिनाकारण ‘ग्राउण्डेड’ गर्ने निर्णय गरेर निगमलाई  करोडौं नोक्सानीमा डुबाउने काम गरेको थियो । 

भ्रष्टचार र कमिशनखोरका कारण  नेपाल वायुसेवा निगम दिनप्रतिदिन धरासायी बन्दै गएको छ । भएका जहाजलाई कसरी सञ्चालन गर्ने भन्ने चिन्ता भन्दा नयाँ जहाज खरिद गरेर ठुलो धनराशी हत पार्ने दाउमा व्यवस्थापन लागि परेको छ । 

सस्तो लोकप्रियताका लागि जे पनि गर्न तयार हुने  पर्यटनमन्त्री सुदन किराँतीलाई फसाउन व्यवस्थापनले उक्त जहाज ‘जिटुजी’ माध्यमबाट खरिद गर्ने योजना बनाएर मन्त्री 'कन्भिन्स'  गर्न व्यवस्थापन लागि रहेको छ । जानकारहरुका अनुसार  बैंकबाट ऋण लिएर नेपालको खरिद ऐन अनुसार  उक्त जहाज ‘जिटुजी’  खरिद गर्न मिल्दैन ।

 जबकि, निगमले ४ वटा एयर वस किनेको साँवा ब्याजसमेत तिर्न सकेको छैन । ५०औँ अर्व ऋणमा डुबेको निगमलाई थप डुबाउन नयाँ जहाज किन्ने आत्मघाती  निर्णय निगम व्यस्थापन लागि रहेको छ ।  ।

सस्तो लोकप्रियताका लागि जे पनि गर्न तयार हुने  पर्यटनमन्त्री सुदन किराँतीलाई फसाउन व्यवस्थापनले उक्त जहाज ‘जिटुजी’ माध्यमबाट खरिद गर्ने योजना बनाएर मन्त्री 'कन्भिन्स'  गर्न व्यवस्थापन लागि रहेको छ । जानकारहरुका अनुसार  बैंकबाट ऋण लिएर नेपालको खरिद ऐन अनुसार  उक्त जहाज ‘जिटुजी’  खरिद गर्न मिल्दैन ।

यसको लािग  मन्त्री किराँतीलाई ठुलो  कमिसनको प्रलोभनमा पारेर ठूलै कमिशन कुम्ल्याउन कार्यकारी अध्यक्ष युवराज अधिकारी स्वयं लागि परेका छन् । अधिकारीले जहाज खरिदमा मन्त्री किराँतीलाई फसाउन मन्त्रिपरिषद्बाट निर्णय गराउने प्रयास गरिरहेका स्रोतको दावी छ ।  त्यसमा मन्त्री किराँती पनि सकरात्मक  भएको र यसको जानकारी जहाज कम्पनीका स्थानीय एजेन्टलाई जानकारी गराइ सकिएको बताइएको छ ।  

नेपाल वायुसेवा निगम सुधार पहिलो एजेण्डा बोकेर पर्यटन मन्त्रालय जिम्मेवारी सम्हालेका मन्त्री किराँत भ्रष्ट व्यवस्थापन फेर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड निकट बिचौलियाका सामु केही नचले पछि कमिसनको चास्नीमा डुबेर आफै फेरिने निश्कर्षमा पुगेका छन् ।  प्रधानमन्त्री प्रचण्ड निकट बिचौलियाको  साथ पाएपछि अधिकारीले प्रचण्ड र सुदन किराँतीलाई विवादमा पार्न कहिले दुईवटा एयरबस किन्ने त कहिले आन्तरिक उडानका लागि नयाँ जहाज किन्ने योजना सुनाएर मख्ख बनाउने गरेका छन् । 

मन्त्रिपरिषद्को २०७९ असार ६ गते बसेको बैठकले भ्रष्टाचारको आरोपमा बर्खास्त गरेका युवराज अधिकारीलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनर्स्थापित भएपछि आफुलाई कसैले हटाउन नसक्ने भन्दै क्याप्टेन उद्धव घिमिरेको गिरोह सँग मिलेर लुट मच्चाउने काम भइरहेको छ । पटक पटक निगमकै महिला कर्मचारीहरूलाई यौनजन्य व्यवहार गरेको आरोप लागेका अधिकारी मन्त्री किराँतीको  साथ पाएपछि कसैले केही गर्न नसक्ने भनेर धम्काउने गरेका छन् । महिला कर्मचारीहरुलाई राति राति ‘म्यासेज’ पठाएर यौनजन्य काम गरेको रेकर्ड सेलाउन नपाउँदै अष्ट्रेलियामा बैंक खाता खोल्न देखि जनकराज कालाखेतीलाई विदेश पठाएर जहाज एजेन्टहरूलाई भेट्न पठाएको मोबाइल  रेकर्ड निगम भित्र सनसनी फैलिएको छ ।