'अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ ।’

'अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ ।’

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०५, २०८०

काठमाडौं।  कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ ।

विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो, ‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन् । अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ ।’

खाद्य र पोषण शिक्षालाई पाठ्यक्रममा राख्ने बारे आफूले आफ्नो तहबाट छलफल अगाडि बढाएको समेत मन्त्री भुसालले बताउनुभयो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको लामो समय हुँदा समेत नियमावली बन्न नसकेको तितो यथार्थ सुनाउनुभयो ।

‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको धेरै भयो । नियमावली बल्ल बन्दै छ । बर्षौसम्म कानुन बन्न नसक्नु राम्रो होइन्, यसलाई अगाडी बढाउन जरुरी छ,’ मन्त्री भुसालले भन्नुभयो ।

साथै मन्त्री भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक चाडै पारित गर्नुु पर्नेमा जोड दिनुभयो । राष्ट्रियसभाबाट यो विधयेक स्वीकृत भइसकेको र प्रतिनिधिसभामा रोकिन पुगेको भन्दै यसलाई तत्कालै अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो ।