काठमाडौंस्थित  टुँडिखेल टु  धुलिखेल  साइकल र्‍याली  सम्पन्न

काठमाडौंस्थित  टुँडिखेल टु  धुलिखेल  साइकल र्‍याली  सम्पन्न

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ०६, २०८०

काठमाडौँ ।  साइकल  कल्चर मुभमेण्ट  नेपाल  तथा धुलिखेल  नगरपालिका समेतको  साझेदारीमा काठमाडौंस्थित  टुँडिखेल  टु  धुलिखेल  साइकल र्‍याली  सम्पन्न भएको छ ।

 दोस्रो सडक  सुरक्षा सप्ताह  अन्तर्गत  २०८० जेठ ६ गते बिहान   नेपाल पर्यटन बोर्डको  परिसर  टुडिखेल बाट सुरु  भएको  साइकल र्याली  दिउसो  धुलिखेल बजार परिक्रमा  गर्दै नगरपालिका पुगेको हो ।    साइकल लेन निर्माण,  ऐन कानुनको परिमार्जन, आवश्यक बजेट  बिनियोजन तथा साइक्लिस्ट  सुरक्षा जस्ता बिषयको  उठान गर्ने हेतुले  आयोजित साइकल र्याली लाई  डा‍  तारालाल श्रेष्ठ , इ‍.  सुयोग खनाल , नासा नेपालका अध्यक्ष दशरथ रिसाल  लगायतले  सुभारम्भ  गर्नुभएको थियो । र्यालीमा लगभग ३०० साइक्लिस्टहरुको सहभागिता रहेको थियो ।  

ग्लोबल एलाएन्स फर रोड सेफ्टी एनजिओ र अन्तर्राष्ट्रिय  अटोमोबाइल  फेडेरेशनको साथै  अन्तर्राष्ट्रिय मोटर साइक्लिङको समेत राष्ट्रिय संघ हो  नेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) जसले बिगत १५  बर्ष देखि  नेपालमा मोटर, मोटर साइक्लिङ स्पोर्ट्स , अटोमोबाइल  मोबिलिटी तथा  टुरिजम  र सडक  सुरक्षाको क्षेत्रमा   क्रियाशील रहेको  छ ।

जसले  सन् २००८ को स्थापनासFगै  दोस्रो सडक  सुरक्षा सप्ताह  लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  कार्यक्रमहरु र अभियानहरूमा सक्रियता देखाइरहेको छ ।  

सोहि सन्दर्भमा  विश्वभरि नै   सातौँ सडक  सुरक्षा सप्ताहको अवसरमा  विभिन्न  रचनात्मक कार्यक्रमहरूका साथ   मनाइँदै छ ।   यसै हप्ता अर्थात मे १५  देखि मे २१ सम्म  नेपालमा समेत  नेशनल  एलाएन्स  फर सेफ एंड सस्टेनेबल  मोबिलिटी  नेपाल र नास फाउण्डेसन सँगको सहकार्यमा सप्ताहव्यापी  कार्यक्रम  राष्ट्रिय रुपमै  आयोजना भइरहेको छ ।