लोकसंवाद संवाददाता | साहित्य | जेठ ०८, २०८०
मेरा स्नेही भाइहरू
कुमार अधिकारी अर्थात्
श्याम भाइ गौतमहरू
नेपाली जनताका सेवामा
आफूलाई समाहित गर्दै
अहेवको कवच ओढेर
गाउँ(गाउँमा आफूलाई
समर्पित गरिरहेका थिए ।
मेरो देश त्यसबेला
पञ्चायती शासनको परकाण्ठामा
अन्याय, विभेद रोपी रहेको थियो ।
भारतीय शासन व्यवस्था
नेपाली माटो सुस्ता माथि
अतिक्रमित गरिरहेको थियो ।
मेरा प्रिय भाइहरू
कुमार अधिकारी अर्थात्
श्याम भाइ गौतमहरू
ती दमनका विरुद्ध आफूलाई उठाइरहेका थिए ।
आफ्ना स्वरहरू माथि स्वरहरू थपिरहेका थिए ।
श्याम भाइ गौतमका
ती शब्दहरू मैले पटक्कै बिर्सिएको छैन
उनी भन्ने गर्थे, झम्पल बोकेर ढाल्ने होइन
म भन्ने गर्थे
तिमीहरू छौ र म छु
समय सँगै फेरि झम्पल बोकौँला
तिमीहरूको स्नेहताले
म भावविह्वल भएर
तिमीहरूलाई सम्झदै छु ।
मेरो अन्त दृष्टिमा
कुमार अधिकारी अर्थात्
श्याम भाइ गौतम
एक अर्का बीच पर्यायवाची ठानेको छु ।
२०३६ सालको जनआन्दोलन
टेङ्ग्रा खोलाको विशाल आमसभामा
मैले उद्धोषणको नेतृत्व सम्हालेको थिए ।
उनीहरूको सहभागिता
उनीहरूमा उम्रिएको जाँगर
मनमोहन बाबैको सम्बोधन
त्यसपछि उनको घुर्की
प्रिय रमेश विष्टको अगुवाई नेतृत्व
मलेच्छी चौधरीको मुठ्ठी कसाइ
प्रमोद दाइको स्नेहता
शेरबहादुर अम्बर, सम्राट तुम्वाहाङ्फे, वसन्त सुवेदी हुँदै
उनीहरूको ऊर्जाशील चेत
मैले पटक्कै बिर्सिएको छैन ।
अझै ती क्षणहरू
म मै अटाइरहेका छन् ।
ती संस्मरणका ऐतिहासिक धरोहर
इटहरी बासीले सम्झिनै पर्छ ।
इटहरीले त्यसबेला आफ्नो जिम्मेवारी निभाएको थियो ।
यसैले इटहरी बासी हुनुमा
सैयौँचोटि गर्व बोध गर्छु ।
देश प्रतिको समर्पणमा
आफ्नो योगदान पुर्याउँदै थियो ।
कुमार अधिकारी अर्थात्
श्याम भाइ गौतम
इटहरी चेतको निर्माणमा
तिमीहरू कोशेढुङ्गामा फेरिएका छौ ।
तिमीहरू हामी माझ
देशभक्तहरू माझ
बिहानीको उदाउँदो सूर्यमा फेरिएका छौ ।
म तिमीहरू माथि गर्व गर्छु ।
इटहरी तिमीहरू माथि गर्व गर्छु ।
तरहरा, इटहरी