लोकसंवाद संवाददाता | समाचार | जेठ १४, २०८०
काठमाडौँ । नेपाल अडिटर्स एशोसिएसन(अडान) ले एक प्रेस विज्ञप्ती जारी गरी केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठक सम्पन्न गरेको जनाएको छ ।
प्रेस विज्ञप्तीका अनुसार केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठक संस्थाका अध्यक्ष केदार नाथ पौडेलको अध्यक्षतामा, निवर्तमान अध्यक्ष एबं सल्लाहकार समितिका संयोजक मोहन राज रेग्मी, बिशेषज्ञ समितिका संयोजक सूर्य प्रसाद अधिकारीको आतिथ्यतामा र देशभरबाट उपस्थित पदाधिकारी , सदस्यहरु एबं सल्लाहकारहरूको उपस्थितिमा मिति २०८० जेष्ठ १३ गते शनिबार, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भएको हो ।
बैठकमा कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन र महासचिव प्रेम बहादुर श्रेष्ठले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिबेदन पारित गर्दै २१ बुँदे बिशेष प्रस्ताव पारित गरेको अडानलेे जनाएकाे छ ।
२१ बुँदे बिशेष प्रस्तावको पूर्णपाठ