चिरन ‘चिदानन्द’ | साहित्य | जेठ २०, २०८०
नब्बे पुगेकी आमा मागेर बाँचिरहेकी
उनी शहीदकी परिवार रे
यो मेरो देशको पहिचान !!
परिचय यहाँ किनिन्छ अनि पहिचान यहाँ बेचिन्छ
आफ्नै भूमिमा शरणार्थी रे ऊ, नेताहरुले बेचिदिएका
यो मेरो देशको पहिचान !!
छातीमा गोली थाप्नेहरु यहाँ गुमनाम हुन्छन्
खाडी र मुग्लान तिर पसिना बगाउँदै, जिन्दगीको सपना आज बुनिरहेछन्
यो मेरो देशको पहिचान !!
इतिहास साक्षी छ,
राजा जनकले किसानका खेतमा हलो जोतेको देश
पहिचानको लागि छातिमा गोली थाप्ने स्वाभिमानी नेपालीको देश
यो मेरो देशको पहिचान !!
यो मेरो देशको पहिचान !!