लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०८०
यूरोप । फ्रान्सको राजधानी पेरिसमा जुन ३ बाट १८औं नेपाल महोत्सवको आयोजना हुँदैछ।
महोत्सव दुई दशकदेखि फ्रान्समा सक्रिय रहेको संस्था नेपाली सांस्कृतिक गृहले आयोजना गरेको हो। नेपाली सांस्कृतिक गृहले हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ।
नेपाली कला संस्कृतिलाई सम्बर्द्धन गर्ने लक्ष्य सहित फ्रान्समा हरेक वर्ष यो नेपाली सांस्कृतिक मेलाको आयोजना गर्दै आएको आयोजक कविन्द्र कायस्थले बताए।महोत्सवमा नेपाली हस्तकलाका सामाग्रि,चित्रकला प्रदर्शनी, रथ यात्रा, लाखे नाच, नेपाली परिकारका स्टल हुने पनि उनले बताए।
राजेश पायल राई फ्रान्समा
महोत्सवको दोस्रो दिन जुन ४ मा राई इज किङको नामले प्रख्यात गायक राजेश पायल राईको सांगितिक प्रस्तुति पनि रहेको छ। महोत्सवमा आफ्नो सांगितिक प्रस्तुतिका लागि गायक राई हिजो फ्रान्स आइपुगेका छन्।साथै नेपाल र नेपाली संगीतलाई बिस्वभरि चिनाउदै आएको ‘सुकर्म’ ब्याण्डको पनि बिशेष प्रस्तुति पनि रहनेछ।
महोत्सवबाट उठेको मुनाफा नेपाली बैज्ञानीक महावीर पुन मार्फत नेपाल राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिने छ ।