अडानको अध्यक्षमा मोहनराज रेग्मी निर्वाचित ( पारित प्रस्ताव सहित)

अडानको अध्यक्षमा मोहनराज रेग्मी निर्वाचित  ( पारित प्रस्ताव सहित)

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १९, २०७६

काठामाडौ । ‘राष्ट्रिय सम्वृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि  हाम्रो अडान’ भन्ने नाराका साथ नेपाल अडिटर्स एशोसिएसन (अडान) को पाँचौ राष्ट्रिय महाधिवेशन मोहनराज रेग्मी अध्यक्षतामा निरविरोध कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा र महालेखापरीक्षक टंकमणि शर्मा दंगाल बिशेष आतिथ्यता र मुलुकभरका करीव पाँच सय पचास भन्दा बढी लेखापरीक्षक प्रतिनिधिहरुको सहभागिता रहेको  पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन  २०७६ साल जेठ १७ गते शुक्रवार काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा भएको थियो । जेठ १८ गते बन्द सत्र काठमाडौं बबरमहलस्थित कार्की ब्यांकेटमा संगठनात्मक , आर्थिक प्रतिवेदनहरु र विधान उपर छलफल गर्दै सर्वसम्मतीले कार्य समितिको निर्वाचन गरेर महाधिवेशन सम्पन्न भएको थियो । 

महाधिवेशनले केदारनाथ पौडेललाई बरिष्ठ उपाध्यक्षमा, बद्रिप्रसाद भट्टराइ प्रथम उपाध्यक्ष, डोलप्रसाद दाहाल उपत्यका उपाध्यक्ष, पोषराज नेपाल प्रदेश नं.१ उपाध्यक्ष, प्रदिप कुमार यादव प्रदेश नं.२ को उपाध्यक्ष, रामजी प्रसाद अधिकारी प्रदेश नं.३ उपाध्यक्ष। चन्द्र वहादुर थापा प्रदेश नं.४.उपाध्यक्ष अब्दुल करी खाँ प्रदेश नं.५उपाध्यक्ष, हिमालय खत्री प्रदेश नं.६उपाध्यक्षमा र  प्रदेश नं.७ उपाध्यक्ष वहादुरसिंह विष्ट चयन गरेको छ । 

त्यसैगरी महाधिवेशनले झलकमणि लम्साल महासचिव र उपमहासचिवहरुमा क्रमश भोलानाथ पाठक, भरतकुमार श्रेष्ठ, गणेशराज राई निर्वाचित गरेको छ । त्यस्तै सचिवहरुमा हरिबहादुर कार्की, साबित्री शर्मा, गणेश गिरी, शंकर ज्ञवाली, प्रेमबहादुर श्रेष्ठ, बिलबहादुर भुजेल, जयाकुमारी झा, राजेन्द्रप्रसाद ढुङ्गानालाई  चयन गरेको छ भने कोषाध्यक्षमा वलराम चौधरी र सहकोषाध्यक्षमा रामगोपाल महर्जन लाई चयन गरिएको छ ।

केन्द्रीयकार्य समितिको खुल्ला सदस्यहरुमा  मधुसुदन भट्टराई, प्रेमकुमार बराल, लिला भट्टराइर्, भुपेन्द्रकृष्ण श्रेष्ठ, सूर्यनारायण झा,कृष्णबहादुर थापा सदस्य, चन्द्रभक्त श्रेष्ठलाई चयन गरेको छ ।  प्रदेश नं.१ को केन्द्रीय सदस्यमा राजनप्रसाद ढकाल, शान्तिराम खनाललाई निर्वाचित गरिएका छ ।  

प्रदेश नं. २ को  सदस्यमा मेघराज पौडेल, सिशिरचन्द्र गौतम र  उमेश मिश्रलाई निर्वाति गरिएको छ भने प्रकाश ढकाल र पुष्पराज लोहनीलाई ३ नम्बर प्रदेशबाट केन्द्रीय सदस्यमा ल्याइएको छ । प्रदेश नं.४को केन्द्रीय सदस्यमा विष्णुप्रसाद सापकोटा,चन्द्रवहादुर सुवेदी, प्रदेश नं.५ को  सदस्यमा चन्द्रकान्त भट्टराई, रमेश के.सी. र गोकर्ण प्रसाद आचार्यलाई निर्वाचित गरिएको छ ।  प्रदेश नं.को केन्द्रीय सदस्यमा योगमाया धमला, वलराम रेग्मी र प्रदेश नं.७ सदस्यमा  पदमराज शर्मा तथा मदनराज ओझालाई ल्याइएको छ ।  अडानको विधान अनुसार उपत्यकाको केन्द्रीय सदस्यहरुमा तिलकबहादुर अधिकारी, शिवजी पाण्डे, केशवराज आचार्य र ध्र्रुब निरौलालाई चयन गरिएको छ । मधेशीकोटामा दिनानाथ रौनियार, उग्रकान्त झा, मोहम्मद जुवेर राई ल्याइएको छ भने जनजाती कोटामा विनोद चंखु, त्रिलोचन प्रसाद जोशि हुुनहुन्छ । महिला कोटामा अमिरालक्ष्मी तुलाधर, दुर्गादेवी भट्टराइर्, तारा श्रेष्ठ डा.जानकीकुमारी तुलाधर, टिना सुवेदी मैनाली, अनिताकुमारी श्रेष्ठ, मायावादे श्रेष्ठ र कल्पना इटानी केन्द्रीय सदस्य हुनुहुन्छ भने दलित कोटामा प्रेमकुमार विश्वकर्मालाई निर्वाचित गरिएको छ ।

महाधिवेशनबाट पारित बिशेष प्रस्तावहरु

अडानको पाँचौ राष्ट्रिय महाधिवेशनबाट देहाय बमोजिमका बिशेष प्रस्तावहरुको पारित गरेकाे छ ।  जाे यस प्रकार रहेका छन्  ।  

१. स्वदेशी लगानीलाई प्र्रर्वद्धन र संरक्षण गदैं  विदेशी लगानीसमेत भित्राई मुलुकको  विकास गर्न अब ढिलो गर्नु हुदैन । करीब ४० लाखको हाराहारीमा बिदेश पलायन भएका युवाहरुलाई स्वदेशमा रोजगारी श्रृजना गर्ने गरि आर्थिक बिकासका कृयाकलाप गर्न यो महाधिवेशन हार्दिक अपिल गर्दछ ।

२. स्थापनाको करीव १३ वर्षको अवधिमा यस एशोसिएसनले राष्ट्रिय तहमा प्रभावकारी भूमिका निर्वाह गरेको छ र उपत्यकासमेत गरि ८ वटा प्रदेश समिति प्रदेश अधिवेशन र ६८ वटा  जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । दर्तावाला लेखापरीक्षकहरुको एक मात्र छाता संस्था नेपाल अडिटर्स एशोसिएसनको यो पाँचौ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय समिति , प्रदेश समितिहरु र जिल्ला समितिहरुको निर्वाचनमा निरबिरोध निर्वाचन गर्न योगदान पुर्याउनु हुने देशभर रहेका, सबै समितिहरु र नेतृत्वमा रहेका सबै पदाधिकारीहरु एवं सम्पुर्ण लेखापरीक्षकहरुमा यो महाअधिवेशन हार्दिक आभार प्रकट गर्दछ । आउने दिनहरुमा सबैको यस्तै सहयोगको अपेक्षा राख्दै अझ एकाताबद्ध भई आगाडि बढ्न सबैमा अपिल गर्दछ ।

३.नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्थाले आउदो २०७६ श्रावणबाट n\FRS for SMEs लागु  गर्न गइरेहेको छ । संस्थाले जारी गरिएका लेखामान अनुसार वित्तिय विवरणहरु तयार गर्ने काम ब्यावसायिक प्रतिष्ठानहरुको हो ।  लेखापरीक्षकहरुले n\FRS for SMEs र अन्य लेखामान बमोजिम वित्तीय विवरणहरु तयार गरे नगरेको परीक्षण गर्नु पर्ने हुन्छ । त्यसैले ब्यावसायिक प्रतिष्ठानहरुलाई n\FRS for SMEs र नेपाल लेखामान अनुसार लेखा राख्ने परिपाटीको बिकासका लागि यो महाधिवेशन अपिल गर्दछ ।

४.नेपालको संबिधान २०७२ को धारा १८ ९१० मा समानताका हकको ब्यवस्था गरिएको छ जसमा सबै नागरिक कानुनका दृष्टिमा समान हने छन । कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भनिएको छ तर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई बिभेद गरिएको छ , सबै सदस्यहरुले सबै लेखापरीक्षणमान तथा आवस्यकता अनुसारका कानुनहरुको परिपालना गनुपर्ने हुन्छ यदि लेखापरीक्षणमान तथा कानुनहरुको परिपालना नगरि लेखापरीक्षण प्रतिवेदन जारी गरेमा तेस्ता सदस्यहरुलाई कारबाहि गर्ने ब्यवस्था कानुनमा गरिएको छ ।सबै बर्ग समुदायको बलिदानी संघर्षबाट निर्माण गरिएको संबिधानको भावना  बिपरित रहेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ऐन २०५३ तथा नियमावलीमा दर्तावाला लेखापरीक्षकहरुलाई लादिएका बिभेदकारी ब्यवस्थाहरु खारेज गरि सबै सदस्यहरुलाई समान अधिकार राज्यले प्रदान गर्नु पर्दछ । योग्ता र क्षमताको आधारमा सबै दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्ने अधिकार स्थापित गर्नका लागि बिद्यमान बिभेदकारी सबै ब्यवस्था हटाउन यो महाधिवेशन जोडदार माग गर्दछ । 

५. नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था ऐन २०५३ को दफा ११ (द) ‘दर्तावाला लेखापरीक्षकहरुको ब्यावसायिक दक्षता अभिबृद्धि गर्न आवस्यक तालिम गोष्ठी र सेमिनार सञ्चालन गर्ने’ भनिएको छ ऐनमा भएको उक्त ब्यवस्था अनुसार दर्तावाला लेखापरीक्षकहरुको ब्यावसायिक दक्षता अभिबृद्धि गर्न तत्काल बिशेष प्रभावकारी कार्यक्रम ल्याउन यो महाधिवेशन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष जोडदार माग गर्दछ  ।

६. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३  को दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ वमोजिम पाइ आएका सुविधावाट वञ्चित गरिने छैन  भन्ने व्यवस्था भए तापनि  सो ऐन विरुद्ध नियमावलीमा ऐनको अधिकार कटौती गर्नु कानूनको सामान्य सिद्धान्त विपरित भएकोले त्यस्ता प्रावधान  तत्काल  खारेज गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत सवद्ध निकायहरुसंग यो महाधिवेशन जोडदार माग गर्दछ ।  

७. पछिल्लो समय जारी भएको सहकारी ऐन २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले अन्य सहकारीहरुमा समेत लेखापरीक्षण गर्न नपाउने भनी ल्याएको व्यबस्थाले आगामी दिनमा सहकारीहरुको लेखापरीक्षण हुन कठिन हुने निश्चित छ साथै यसले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउन व्यक्तिगत नैसर्गिक अधिकार कुण्ठित हुने भएकाले सो व्यवस्था तत्काल खारेज गर्न यो बैठक जोडदार माग गर्दछ ।

८.धितोपत्र बोर्डको नियमावली २०६४,वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०६४, त्रेडिट रेटिङ्ग नियमवली २०६८ , सामुहिक लगानी कोष नियमावली २०६७ र धितोपत्रको केन्द्रिय निक्षेप सेवा नियमावली २०६७, को लेखापरीक्षण चार्टर्ड एकाउन्टेण्टबाट हुने गरी दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्नवाट वञ्चित गराईएको छ । चार्टर्ड एकाउन्टेण्ट् नियमावलीमा संस्था आफैले जारी गरेको लेखापरीक्षकहरुको बर्ग अनुसार लेखापरीक्षण गर्न पाउने गरि बिभेदकारी नै भए पनि सीमा तोकिएको अबस्थामा यसप्रकारको व्यबस्थाले आईक्यानका एकै सदस्यहरु बीच पक्षपातपुर्ण व्यबहारलाई सच्याउन यो महाधिवेशन माग गर्दछ ।  

९. गैर लेखाव्यवसायीहरुले कार्यालय खोली वा नखोली लेखापरीक्षणको नाममा अनधिकृत रुपमा काम गरिरहेको अवस्थालाई मनन गर्दै त्यस्ता कार्यलाई तत्काल रोक्न र कारवाही गर्न मांग गर्दछौ । सम्पुर्ण उद्योग, कल कारखाना, ब्यावसायिक संघ, संस्था , नेपाल उद्योग बाणिज्य, सो माताहत रहेका सबै ब्यावसायिहरुलाई लेखापरीक्षण गर्ने सन्दर्भमा लेखापरीक्षकको पहिचान गरेर मात्र लेखापरीक्षण गराउन यो अधिवेशन अपिल गर्दछ साथै सबै लेखापरीक्षकहरुलाई लेखापरीक्षणको गरीमा र मर्यादालाई कायम राख्न  यो महाअधिवेशन आग्रह गर्दछ । 

१०. सहकारी, शिक्षा ऐन तथा नियमावलीहरु लगायत अन्य ऐन कानूनहरुमा लेखापरीक्षकको मर्यादा, निष्पक्षता र अधिकारलाई आंच पुर्याउने गरी प्रस्तुत प्रावधानहरु खारेज गर्न यो महाअधिवेशन जोडदार मांग गर्दछ । 

११. मुलुकभरका तमाम लेखापरीक्षकहरुलाई लेखापरीक्षण गर्दा नेपाल लेखामरीक्षणमान बोर्डले जारी गरेका लेखापरीक्षणका विभिन्न मानहरु, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले लागु गरेका आचारसंहिता र नेपाल सरकार र सरकार मातहतका निकायहरुले जारी गरेका निर्देशन समेतको अध्ययन गरि आफ्नो मन्तब्य (openion) प्रकट गर्न यो महाअधिवेशन निर्देश गर्दछ । 

१२. लेखापरीक्षण गर्नुपर्ने निकायको सख्या दिन प्रतिदिन बढिरहेको छ । आगामी २०७६ साल श्रावण १ गते बाट लागु हुनगइरहेको “एक ब्यक्ति एक पेशा” नितिको कारण धेरै संस्थाहरुको  लेखापरीक्षण नहुने अवस्था छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था लगायत अन्य सम्बद्ध निकायहरुलाई देशको वास्तविक धरतलको बिश्लेशण र मुल्याङ्कन गरि देशमा लेखापरीक्षण नै नहुने अवस्था हुन नदिन “एक ब्यक्ति एक पेशा” निति २०८० साल सम्म पर सार्न सबैमा यो महाअधिवेशन हार्दिक अपिल गर्न चाहन्छ ।

१३. लेखापरीक्षण रकम सीमा विहीन गर्न, सरल विधि मार्फत वर्गवृद्धि गर्न, क्षमतावान आर।ए।हरुलाई चार्टर्ड एकाउन्टेन्सी ९सिए० सहज प्रवेश, क्षमता एवं गुणस्तरीयता अभिवृद्धि, आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिका वृद्धि लगायत आईक्यानमा चरणवद्ध रुपमा पेश गरिएका मागहरुमध्ये बर्तमान परिवर्तित ऐन नियमसंगत रुपमा परिवर्तन र सूत्रवद्ध गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् सस्था समक्ष यो महाधिवेशन माग गर्दछ ।

१४. नयाँ संविधान सगै नयाँ नेपाल चार्टर्ड एकाउन्टेन्ट् ऐन ल्याउनुपर्ने भएकोले उक्त ऐनमा दर्तावाला लेखापरीक्षकहरुका सन्दर्भमा देखिएका सबै विभेदको अन्त्य गरी समान सदस्यता कायम गर्न जोडदार माग गर्दछौं । संघियताको मर्म अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐनमा   संसोधन गरि क्षेत्रिय परिषद्को ब्यवस्था गरि लेखा ब्यावसायको बिकास, संरक्षण र सम्बद्र्धन गरि मुलुकको आर्थिक समृद्धि, सुशासनको र बिकास निम्ती कार्य गर्न नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासंग यो महाधिवेशन आग्रह गर्दछौं । 

१५. चार्टर्ड एकाउन्टेन्ट र लेखापरीक्षक फरक फरक बिषयहरु हुन सबै चार्टर्ड एकाउन्टेन्टहरु लेखापरीक्षक नहुन सक्छन । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट पेशागत प्रमाण पत्र लिई सोको नविकरण गरेका दर्तावाला लेखापरीक्षक र चार्टर्ड एकाउन्टेन्ट मात्र लेखापरीक्षक हुन सक्दछन । लेखापरीक्षक सम्बन्धि ऐन २०३१ दफा २ उपदफा (ख) मा ‘लेखापरीक्षक’ को परिभाषा गरि ऐन बमोजिम लेखापरीक्षकको रुपमा नाम दर्ता भएको ब्यक्ति सम्झनु पर्छ भनिएको छ कतिपय नियमावली र निर्देशिकाहरुमा एकपक्षिय हिसावले सरोकारवालाहरुसंग छलफल नगरी लेखापरीक्षणको लागि लेखापरीक्षक शब्द उल्लेख गर्नु पर्नेमा चार्टड एकाउन्टेन्ट लेखिने गरेको पाइयो संस्थाले सबै सदस्यहरुको भावना, कानुनको स्प्रीट बमोजिम लेखापरीक्षक शब्दको प्रयोग गर्ने गरि सम्बद्ध पक्षहरुसंग यो अधिवेशन हार्दिक अपिल गर्दछ । 

१६. नेपाल अडिटर्स एसोसिएसनको पाचौ राष्ट्रिय महाधिवेशनमा उपस्थित भई महाधिवेशनलाई  भब्यरुपमा सम्पन्न गर्न उपस्थित हुनु भएका प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिज्युहरु देशभरिबाट पाल्नुभएका सम्पुर्ण प्रतिनिधि एवं पर्यवेक्षकज्युहरु,पत्रकारज्युहरु, जरनल प्रकासनमा बिज्ञापन उपलब्ध गराउनु हुने बिज्ञापनदाताहरु, कर्मचारी साथिहरु, लगायत सहयोगि शुभचिन्तक सबैमा यो महाअधिवेशन हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।