नौ हजार  घूस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक सचिनकुमार विशेष अदालतमा मुद्दा दायर

नौ हजार  घूस लिएको अभियोगमा प्रहरी सहायक निरीक्षक सचिनकुमार विशेष अदालतमा मुद्दा दायर

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ०५, २०८०

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवा रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार जाहेरी दर्ता गर्ने क्रममा भदैसवारले सेवाग्राहीसँग  नौ हजार  घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिनअघि उहाँलाई पक्राउ गरेको थियो । आरोपी प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।