ऋतु आशिक | दृष्टिकोण | असार ०७, २०८०
मुलुक माथि सङ्कट एवम् देशको सार्वभौम माथि नै यहाँ अवस्थित विभिन्न ब्राण्डका पार्टीहरू नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा तथा मधेश केन्द्रित पार्टीहरू नै किन नहुन् । यी उल्लेखित पार्टीहरूप्रति आम जनताको विश्वास गुमेको अवस्था छ । यसै स्थितिमा विभिन्न पार्टीमा आएको राष्ट्रियता, स्वतन्त्रता माथि एक पछि अर्को घातका घाउहरू झन् झन् बढाउँदै लगि रहेको अवस्था छ ।
नेकपा एमाले र काँग्रेस प्रति विश्वासको ह्रास
कमरेड मदन भण्डारीको नियोजित हत्याको प्रयासपछि त्यस पार्टीमा अहम् भूमिकाको परिदृश्यमा के.पी. ओलीको आगमन सँगै पार्टीको सशक्तिकरणमा, पार्टीको ओजमा, पार्टीको सङ्गठन निर्माणको विस्तार अभूतपूर्व रह्यो । यसैको सेरोफेरोमा महाकाली सन्धिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा एवम् प्रतिपक्षी पार्टीको रूपमा रहेका एमालेका तर्फबाट के.पी. ओलीद्वारा महाकाली भारतलाई सुपुर्दगी गरिएको खण्डमा नेपाललाई वर्षेनी १ खरब, २० अरबको आम्दानी हुन्छ भनेर कुर्लेका थिए । भारतसँग भएको त्यो सन्धि पछि त्यो अथाह सम्पत्ति यसबेला सरकारको ढुकुटीमा हरेक वर्ष खुत्रुकेमा खसे झै खसिरहेको छ त ?
महाकाली सन्धि पछि देश र जनता प्रति टाढिएका प्रलापहरू असत्य ठहरिएका छन् । अहिलेसम्म भारतीय सरकारबाट महाकाली सन्धि भएको यति लामाे समय बित्दा पनि त्यो रकम आएको छैन । यस्ता ढाट कुरा गर्ने ओलीका विरुद्ध देश द्रोहको मुद्दा चलाउनु पर्ने होइन र ?
भारतीय सरकारबाट दक्षिणी सिमाना समय समयमा मिचिने क्रममा जारी छ, त्यस किसिमको मिचाहा प्रवृत्ति बारे एमालेको मौनता समय–समयमा भारतीय सरकारद्वारा गरिएका हेपाहा प्रवृत्ति प्रति मौनता साध्नु त्यसको प्रतिकारको लागि पार्टी पङ्क्ति सजग र सतर्क नबनाउनु ।
एमाले सत्तामा रहेको बेला त्यसबेला विभिन्न किसिमका भ्रष्टाचार काण्ड भएका छन्, ती हुन् एनसेल प्रकरण, सुन प्रकरण, सञ्चारमन्त्री प्रकरण, विभिन्न प्रकरणमा ओलीका घृणित हातहरू चोबलिएका छन् ।
यी सबै घृणित कार्यप्रति पार्टीका बैठकहरूमा छलफल नहुनु, दोषीलाई छोपछाप पारेर सिँगार्नु, अदृश्य रूपमा दोषीलाई पुलपुल्याउने तथा अरोटका गन्धहरू कर्मचारी सरुवा बढुवा कतै–कतै पार्टीकै गन्ध अनुकूल त्यसलाई बढाउँदै लानु र दम्भका चालढाल तथा देश घातका गन्धहरू झन्–झन् फैलिँदै एमाले चरित्रका रुपमा स्थापित हुँदै गएका छन् ।
एमसीसी सम्झौतामा एमालेको मौन समर्थनका कारण यसबेला अमेरिकी सैनिक हजारौँका संख्यामा ती मुस्ताङ क्षेत्रमा तादात देखिएका छन् । अमेरिकी सेनाका हवाइ जहाजहरू अवतरण गरिँदा तिनीहरूको चेकजाँच नगरिनु मुस्ताङमा युरेनियमको खानी स्थलमा नेपाली फौजलाई सुरक्षाका लागि सरकारले खटाउनु तथा त्यसको हिफाजतको जिम्मेवारी होइन ?
मुस्ताङमा अमेरिकी सेनालाई निर्वाध रूपमा आवागमन दिनुको तात्पर्य के हो ? यसको जानकारी संसदलाई दिनुपर्दैन ?
नेपाल एउटा असंलग्न राष्ट्र हो । हाम्रो भूमिका कुनै पनि विदेशी सैनिकद्वारा छिमेकी देशप्रति घात प्रतिघातको लागि अनुमति दिन सक्दैनौँ ? के त्यस्तो कारण पर्यो र हामी अमेरिकी सेनालाई ती संवेदनशील क्षेत्रमा आवागमनको लागि स्वागत गर्यो ? युद्धस्तरमा नेपाली सदनलाई जानकारी दिनु पर्दैन ? यो मुलुक छिमेकमा वितण्डा मच्चाउन तथा छिमेकी प्रति घात गर्नका लागि हाम्रो भूमि प्रयोग गरिनु हुँदैन ।
नेपाल कम्युनिष्ट पार्टी एमाले यसबेला कम्युनिष्ट पार्टी जस्तो छैन । कम्युनिष्ट पार्टी भित्र भएका प्रतिनिधिहरू विभिन्न स्वार्थसँग गरिएका झुण्डहरूको थलो भएको छ । देश प्रति घात पछि घात गरेर कम्युनिष्ट पार्टीलाई थिलथिलो बनाइएको छ । देशप्रति जिम्मेवारी जनताप्रति उनीहरूलाई कर्तव्य बोधका लागि सचेत गराइँदैन व्यवहारमा त्यसलाई लागू गरिदैन भने, कम्युनिष्ट आचरणलाई इमानदारिताका साथ पालन गरिदैन भने कम्युनिष्ट पार्टीको खोल ओढेर कम्युनिष्ट पार्टी भनिँदैन त्यसलाई 'कमाउनिष्ट' भन्नुको विकल्प हुँदैन ।
भारतीय संसद भवनमा नेपालका ऐतिहासिक संवेदनशील क्षेत्रहरू राखेर आफ्नो भारतीय नक्सामा जोडेर भारतीय सरकार राख्छ, नेपालका प्रधानमन्त्री भारतीय संसाद भवनमा राखिएको त्यो घृणित नक्साप्रति एक शब्द चुइक्क नबोल्नु प्रचण्डको 'लेण्डुपे' प्रवृत्ति अनुकरण बाहेक केही हुँदैन । उता नेकपा एमाले पक्षले त्यसतर्फ नेपाल स्थित भारतीय राजदूतावास समक्ष आपत्ती नोट किन नपठाएको भनेर प्रचण्ड सरकारलाई प्रश्न समेत गर्ने सामर्थ्य गुमाइ सकेको छ ।
नेपाली काँग्रेसले जहिले पनि भारत अवस्थित जुनसुकै पार्टीले सत्ता रोहण गरे पनि भारतीय सरकारका ज्यादतीहरूलाई चुइक्क सम्म बोलेको छैन किनभने नेपाली काँग्रेस पार्टीको निर्माण नै भारतीय राजदूतावासको चलखेलबाट भएको कुरामा कुनै द्विविधा नै छैन । नेपाली काँग्रेस पार्टीको निर्माणमा उसको खटन पटन उद्वारा इच्छित व्यक्तिलाई छनौट गर्ने गरेको कुरा स्थपना कालदेखि स्पष्ट हुँदै आएको छ । यहाँसम्म कि नेपाली काँग्रेस पक्षधर विभिन्न संगठनहरू यहाँसम्म कि काँग्रेस पक्षीय पत्रकारहरू पनि मौनता साध्ने कुराले यही कुरालाई प्रमाणित गर्दछ र
नेकपा एमालेको औचित्य सकिएको हाे त ?
कुनै पनि पार्टीमा संस्था होस् त्यो सबभन्दा पहिले देशप्रति जिम्मेवार हुनुपर्छ । समाजप्रति जिम्मेवार हुनुपर्छ । मार्क्सद्वारा गरिएका विभिन्न कालका संवेदनशील नियम, व्यक्तिको इमान्दारिता, जनताप्रति गरिएका दायित्वहरूको जिम्मेवारी कडाइका साथ लागू गर्ने कुरा एमालेका लागि एकादेशको कुरा भएका छन् ।
कम्युनिष्ट पार्टीमा कम्युनिष्टहरूले अनुशासनमा अधिनस्थ हुनुपर्छ भनेर त्यसै भनिँदै आएको हैन । कम्युनिष्ट पार्टीमा ओलीले गरेका मनोगत कुरा बिहान एउटा कुरा बेलुका अर्को कुरा गरेर कम्युनिष्ट पार्टी लामो समयसम्म चल्न सक्दैन । कम्युनिष्ट पार्टी कसैको कमाइ खाने भाडो, राजसी ठाँटमा कम्युनिष्ट पार्टीले निरन्तर पाउन सक्दैन भन्ने कुरा नेकपा एमालेप्रति विश्वासको ह्रासले प्रमाणित गर्दैन र ?
बलेनको काठमाडौँ पदार्पण
हामीले धर्म ग्रन्थमा पढ्दै आएका छौ । जब–जब पृथ्वी माथि अन्याय, अत्याचारले पराकाष्ठा हुन्छ त्यसबेला भगवानको अवतरित हुन्छ भनेर व्याख्या गरिदै आएको छ । नेपालमा राजतन्त्रको उन्मूलन भएपछि त्यसका ठाउँमा विभिन्न पार्टीहरूले आकार ग्रहण गर्दै गरेको पाउँछौँ । राजतन्त्र समाप्त भएको करिब डेढ दशक मात्र वित्न नलाग्दै राजतन्त्रको पालामा देश त सुरक्षित थियो । तत्कालीन देशवासीले भोक–भोकै मर्नु त परेको थिएन । राजतन्त्रको झण्डै–झण्डै ३०० भन्दा बढी फ्याक्ट्री मुलुकका विभिन्न भेगमा खुलेका थिए । मान्छेका जीवन यापन सजिलो थियो । नेपालबाट ७०/८० लाखको मतदातामा रोजीरोटी कमाउन विदेशिएका थिएनन् । देशका सिमानाहरू सुरक्षित त थिए भने जनस्तरमा मानिसहरु भन्न थाले ? यसको जवाफ दलहरुले खोज्नु पर्ने हाेइन र ?
नेपाली काँग्रेस र नेकपा एमालेप्रति काठमाडौँका जनताहरू वाक्क भएर स्वतन्त्र उम्मेदवार बालेनलाई अत्याधिक मतद्वारा विजय गराउँदा समेत चेत खुलेको देखिदैन । आज नेपाली जनताको पार्टीप्रति विश्वास मेटिएका छन् । नेकपा एमाले, नेपाली काँग्रेसका अध्यक्षहरू यसबेला उनीहरूको जीवनशैली व्यवहार राजा, महाराजामा परिणत भएको छ ।
बालेन काठमाडौँको मेयरमा पदासीन भएपछि उनले गरेका कार्यहरू (केही बाहेक) प्रशंसनीय छन् । स्वागत योग्य छ । पछिल्लो समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटन गरिएको संसद भवनमा नेपालको संवेदनशील क्षेत्रहरू भारतको भित्ते नक्साभित्र राखिएका छन् । त्यसको प्रत्युत्तर मा ग्रेटर नेपालको नक्सा आफ्नो कक्षमा राखेर भारतीय सरकारको विस्तार वादी नीतिप्रति गतिलो झापड दिएका छन् । देशभक्त नेपालीहरू यसबेला आफ्नो घरमा ग्रेटर नेपालको नक्सालाई सामान्य मान्न सकिदैन । हामी प्रत्येक नेपाली बालेनले गरिएको अभियान हामी सरिक हुन सक्नु पर्छ ।
बालेनले आफूलाई अझ अघि बढाउँदै भारतमा निर्माण भएको चलचित्र आदिपुरुषमा सीतालाई भारतको छोरी भएको र भारतसँग नेपाल छुट्टिएको जस्ता मोदी शैलीका ढर्राहरूलाई चिर्दै ती फिल्मलाई मूल प्रतिमा नसच्याएसम्म त्यो फिल्म लगायत अन्य भारतीय फिल्मलाई समेत काठमाडौँमा रोक लगाएका छन् ।
बालेनको यो देशभक्ति पूर्ण आन्दोलनका लागि जनताले मनैदेखि नमन गर्छु । मेरो दृष्टिमा पार्टीभन्दा ठूलो देश हुन्छ । देशै नभए पार्टी कहाँ हुन्छ र ?
२०८० असार ७ बिहीबार