सीताराम नेपाल | साहित्य | असार ०९, २०८०
स्निग्ध धरामा
पवन गगनमा
सेतो पछ्यौरी ।
जाली फटाहा
खटालु कार्यकर्ता
चुनाब मेला ।
अर्काको भारी
दुःखी आँखाको आँसु
बगेको बग्यै ।
असारमास
किसानको चटारो
इतिहास भो ।
सिउडी रोपी
मेवाको फल खोज्दा
उभो लागिन्न ।
पिँडालु खाइ
धाक दिने पेँडाको
नकचरो हो ।
बाको लौरोमा
र्याल काढे सबैले
भाइ मारेर ।
सुख्खा आँखाले
बुद्ध –शान्ति जान्दैन
बदला लिन्छ ।
मन्द मुस्कान
पीर व्यथा लुकाइ
नेता लक्षण ।
कलम नाच्दा
मूर्ख बन्छ विद्वान
चेतना भया ।