पूर्ण ओली | दृष्टिकोण | असार १०, २०८०
भारत हाम्रो छिमेकी राष्ट्र हो तर असल मित्र होइन जुन हामीले बारम्बार भोग्दै आएका छौं । तीन तिरबाट हामी भारतबाट घेरिएर रहेकाले हामी जहाँसुकै जान पनि भारत हुँदै जान बाध्यता छ । हवाइ यातायातको साधनको प्रयोग गरिँदा पनि उसैको आकास प्रयोग गर्न हामी बाध्य छौं । उसले दिएको एउटै सिमरा नाकाको प्रयोगले हाम्रा हवाइ यातायात उड्न बाध्य छन् । अन्यत्र नाका पनि खोल्ने भारतीय प्रधानमन्त्रीले बचन दिएपनि उसले अहिलेसम्म अड्काएर राखि रहेको छ । त्यसमा पनि उसले बार्गेनिङ गरेर शायद हाम्रो भैरहवाको अन्तराष्ट्रिय एयरपोर्ट उसैले संचालन गरेर उसैको नियन्त्रणमा राख्न खोजेको बुझिन्छ । यसमा सरकारमा बस्नेहरु होसियार बन्नै पर्छ ।
हाम्रा नदी नाला प्राय सबै उसैको नियन्त्रणमा हुने गरि हाम्रा दलाल प्रवृतिका नेताले भारतलाई बुझाइसकेका छन् । बिद्युत उत्पादन पनि उसले निर्माण गरेको बिद्युत गृह बाहेकका अरु बिद्युत भारतले खरिद नगर्ने भनि उसले नेपालमा चीन लगायत अरु देशलाई छिर्न नदिने नीति बनाएको बुझिन्छ । उसको सामानको प्रमुख बजार भने नेपाल नै हो । भन्सार बाहेक खुला सिमानाबाट पनि चोरी पैठारी गरेर नेपाल मै सामान निकासि गर्न भारतीय ब्यापारी सफल भइरहेका छन् ।
भारतीय बिषादी मिसाएका तरकारी फलफुल पनि हामी खान बाध्य भएका छौं । सिमानामा बिषादी चेक गर्ने प्रस्तावलाई पनि भारतले बेवास्ता गरिरहेको छ । भारतलाई नेपालको अर्थ ब्यवस्थामा बढोत्तरी गर्न कुनै मतलब छैन । बिषादी मिसिएको तरकारी खाएर नेपाली बिरामी हुन र क्यान्सर भएर मर्दा पनि भारतीय शासकलाई कुनै फरक पर्दैन ।
भारतको स्वार्थ भनेको नेपाललाई उसको इच्छाअनुसार चलाउने नै हो । नेपालको हितमा हुने कुनै कार्य छ भने नेपालले जति नै गिँडाइए पनि उसले बेवास्ता गरिरहन्छ । अन्याय पूर्वक गरिएको महाकाली सन्धिलाई सुधार गरि नेपालको हितमा पनि केहि हुनेगरि गरिएको पञ्चेश्वर बहुउद्देश्यीय योजना बीसौं बर्षसम्म अल्झाएर सिर्फ आश्वासन दिएर राखेको छ । हाम्रा सिमानाको समस्या कहिले पनि समाधान गर्न चाहँदैन । उसले भनेको हामीले नमानेमा भारतले दुःख दिन बिभिन्न हतकण्डा प्रयोग गर्छ । त्यतिले नभएर नाकाबन्दी लगाएर पनि नेपाललाई घुँडा टेकाउन प्रयास गर्छ । यति गर्दा पनि हाम्रा बिदेशी दलाल जस्ता भ्रष्ट शासकहरु उसैलाई जी हजुर गर्न छाड्दैनन् । यो सिर्फ सत्ताको लोभले हो । जहाँबाट उनीहरुले अकुत सम्पति कमाएर आफ्ना आसेपासेलाई बिभिन्न किसिमका अवसर दिएर पैसा कमाएर पोस्ने र सुख सुविधामा राख्छन् ।
युवाहरुलाई बिदेश जान होइन स्वदेशमै पसिना बगाउन प्रोत्साहन गर्ने र अवसर दिनुपर्छ । यसतर्फ अब आउने क्षमतावान युवा र परिपक्व व्यक्तिहरु बाट देशले निकास र बिकास पाउन सकोस् । कमसेकम भारत जस्ता निर्दयी स्वार्थी र उपनिवेशवादी सोच भएका देशसँग गिडगिडाउनु भन्दा आफ्नो देशको उत्पादनमा रमाएर बस्न सक्ने स्वाभिमानी नेपाली भएर बाँच्ने हाे कि ?
नेपाली जनता आफुले पाउनु पर्ने संबिधानमा उल्लेख भएका अत्यावश्यक बस्तु पाउन पनि नसकेर नि:सहाय भएर उनै अवसरवादी स्वार्थी नेतालाई भोट हाल्छन् । यो पनि गरिबी र अशिक्षाको कारणले हो । हामी गरिब हुन पनि यिनै भ्रष्ट दलाल नेता र कर्मचारीतन्त्र कै कारणले हो । देशमा गुणस्तरीय शिक्षा र स्वास्थ्य दिने तर्फ सिर्फ भाषणमा सिमित भएर कार्यन्वयनमा कहिल्यै अघि बढ्दैनन् । यो आर्थिक बर्षमा पनि कुनै गतिला योजना र नीति छैनन् जसले शिक्षा र स्वास्थ्यमा गुणस्तर बढोस् ।
धेरै बर्ष देखि हाम्रा युवा पढ्न र रोजगारको लागि बिदेश जान बाध्य छन् । अब केहि समय पछि क्षमतावान जोशिला युवाहरु स्वदेशबाट पलायन भएर बाहिर गइसक्ने छन् । आफ्नो देशमा परिश्रम गरेर कृषि र ब्यवसाय गर्ने युवाहरु नभएर सिर्फ ठग र कामचोर प्रवृतिका झोले मात्र बाँकि रहने लक्षण देखिँदै छन् । जसमा अनुशासनहीनता, उदण्डता र दलाली प्रवृतिका युवाहरुको बाहुल्यता हुनेछ । जसले आफ्ना शिक्षकलाई कुट्ने पिट्ने, काम नगरि पैसा कमाउने प्रवृति, ठगी, तस्कर तथा ड्रग्स खाने प्रतिकृतिका युवाहरुको जमात बढ्ने छ । जसको झलक हामीले देखिरहेका छौँ । उच्च ओहोदामा बसेका नैतिकहिनहरु भ्रष्टाचार गर्ने, स्वदेशी नागरिकलाई बिदेशी बनाएर शरणार्थी बनाएर कमिसन उठाउने गृहमन्त्री, उपप्रधानमन्त्री तथा सचिब भएका देशमा हामीले अरु के आस गर्न सकिन्छ र ।
लोकतन्त्रको नाममा भाँड तन्त्र आइ सकेपछिका प्रधानमन्त्री, भूपू प्रधानमन्त्रीहरु हत्या, भ्रष्टाचारमा दाग नलागेको इमान्दार राष्ट्र प्रेमी पाउन सकिदैन । अब यी भ्रष्ट विदेशीका दासहरूबाट हामीले जतिसुकै राम्रा गफ र भाषण सुने पनि उनीहरुबाट हामीले रत्तिभर पनि आस गर्न सकिदैन । त्यसैले यी खुंखार पीडक हरुको पीडितलाई हामीले सकेसम्म छिटो तिरस्कार गर्दै बिदा गर्नैपर्छ । देशको सनातन देखिको वैदिक धर्मको बिरुद्ध धर्मनिरपेक्ष लादेर देशमा धार्मिक असहिष्णु बढ्दै छ । नेपालमा हिन्दु मन्दिरमा कहिले नजाने प्रधानमन्त्री प्रचण्ड भारतका हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदीको सल्लाह र निर्देशनमा दक्षिण भारतको महाकालीको मन्दिरमा धोती लगाएर पुजा गरे । शायद उनैको सल्लाह अनुसार होला नेपाल फर्केर आएपछि पशुपति नाथ मन्दिरको दर्शन गर्न गए । विदेशीको इसारामा जे पनि गर्ने प्रचण्ड नेपालको हितमा नेपालीको इच्छा अनुसार किन चल्न सक्दैनन् ?
नेपालले लामो समयसम्म बिकास नगरि महत्वपूर्ण धेरै समय खेर फालि सकेको छ । त्यसैले अब देश र बिदेशमा भएका क्षमतावान इमान्दार राष्ट्र प्रेमी युवाहरुले देशको बागडोर समात्नै पर्छ । हाम्रो देश प्रकृति साधन श्रोतबाट भरिपूर्ण छ । हाम्रा युवा परिश्रमी पनि छन् । यीनै युवाहरुको सदुपयोग गर्दै , हाम्रो देशमा भएका श्रोत साधन मात्र पनि राम्रोसंग सदुपयोग गरेर अघि बढौं । हामी खाद्यान्न लगायतमा आत्मनिर्भर हुंदै हामीले स्वदेशी कच्चा पदार्थमा आधारित धेरै उद्योग कलकारखाना खोल्न सक्छौ । जसले गर्दा हाम्रो छिमेकी भारतले नाकाबन्दी लगाउँदा पनि हामीलाई खासै असर पर्ने छैन । हामीले भारतजस्तो दुष्ट स्वभावको देशका नेतासँग धेरै भलाकुसारी गरेर चाकडी गर्न जरुरी छैन ।
हामीले भूपरिवेष्टित देशको आधारमा पाउनु पर्ने पारवहन सहुलियत भारतले रोक्न सक्तैन । ब्यापारमा हामीलाई भन्दा बढ्ता भारतलाई नाफा भइरहेको छ । उसका अत्यधिक सामान नेपाल निर्यात गरेर नेपाललाई अरबौं ब्यापार घाटामा पारेको छ । लामो समयसम्म नाकाबन्दी हुंदा भारतीय ब्यापारीले आफै सिमानामा आएर नाकाबन्दी तोडेको उदाहरण छन् । भारतको कर्मचारीतन्त्रले हाम्रा केहि सामान निर्यात गर्दा पनि उनीहरुले बिभिन्न भाँजो हालेर निर्यात हुन दिँदैनन् । तर उसका निम्न स्तरिय सामान, सडेगलेको तरकारी हाम्रो देशमा खुला सिमानाको दुरुपयोग गरेर पनि आइरहन्छ ।
यस्ता संवेदनशिल बिषयमा सरकारमा बस्ने लाछिहरू चुइक्क सम्म बोल्न सक्तैन । यसले खुला सिमाना पुरा तवरले नियन्त्रण गर्न अत्यावश्यक छ । भारतले जहिले पनि १९५० को सन्धिको नाम लिएर हामीलाई तर्साउन खोजिरहन्छ । त्यहि भएर इपिजिको प्रस्तावलाई अगाडि बढाउन चाहँदैन । हामीले यस बारेमा डराएर होइन खुलारुपमा भन्न सक्नुपर्छ । भारतको नेपालप्रतिको नियत र नीति के हो प्रष्टसँग बोलोस् । अनि हामी पनि त्यहि अनुसार बोल्ने ब्यबहार गर्नुपर्छ । जहिले पनि नेपालका निम्छरा प्रधानमन्त्रीलाई भेट्ने र सुटुक्क गोप्य कुरा गरेर उसको मात्र हितमा सन्धि सम्झौता गर्ने गर्छन भारतीयहरु ।
विदेशीका अगाडि नतमस्तक हुने केहि हुती हारा नेपालका नेता प्रधानमन्त्री पनि भारतलाई खुसी पारेर सत्ता लम्ब्याउन सबैकुरा दिन तयार हुने गर्छन् र दिइरहेका छन् । नेपाली नेताले कहिले पनि हिम्मत गरेर भारतले हामीलाई हेप्न पाउँदैन । दुबै सार्वभौमसत्ता भएका देश हुन । हामी कहिले पनि पराधीन भएर बसेका छैनौ । अब पनि कसैको नियन्त्रणमा बस्न सक्दैनौ । यदि यस्तै गरिरहने हो भने हाम्रा गोरखाली फौज तिमीहरुको देशमा नबस्ने नीति ल्याउँछौ । त्यो अबस्थामा तिमीहरुको सुरक्षाको हालत पनि के हुन्छ सोच भन्नुपर्ने हुन्छ । हाम्रा नेपाली युवाहरुले तिम्रो देश बचाउन , तिम्रो देशको सुरक्षा र बिकासमा धेरै रगत पसिना बगाएको छ । तिमीहरुको देशबाट आउनेले केहीले आफ्नो सिप बेचेर खाए पनि धेरैले नेपालीलाई ठगेर खाएका छन् भन्नु पर्छ । यति दरिलो भएर बोल्न थाल्ने हो भने भारतले पनि हाम्रा समस्यामा ध्यान दिन थाल्नेछ ।
यति भन्ने हिम्मत अहिलेका पुराना नेता प्रधानमन्त्रीबाट हुन सक्तैन । त्यसैले यी बुढा भ्रष्टहरूलाई पन्छाएर क्षमतावान युवाहरु नेतृत्वमा आउनै पर्छ । शायद २०८४ सालको निर्वाचन पछि देशले यसतर्फ कोल्टे फेर्नेछ । जनताको पसिनामा खेल्ने र अकुत सम्पति कमाउने सबैलाई पन्छाउनै पर्छ । बहुदलीय ब्यबस्था देखि अहिलेसम्मका भ्रष्टचार गरि अकुत सम्पति कमाउने ठुला नेता र बरिष्ठ कर्मचारीको सम्पति निर्दयता पूर्वक छानविन गरेर भ्रष्टलाई कारबाही गर्ने परोपकारी, राष्ट्र प्रेमी, इमान्दार तथा क्षमतावान युवाहरुले संसद कब्जा गर्नुपर्छ । अनि मात्र देश परतन्त्र नभइ आत्मनिर्भर , स्वाभिमानी बन्ने तर्फ अग्रसर हुनेछ भन्ने बिश्वास छ । त्यसपछि सबै भ्रष्ट नेता कर्मचारी हरुलाई जेलमा कोचेर निजहरुको सम्पति जफत गर्दै सुशासन ल्याउनै पर्छ । त्यसपछि भारत जस्ता स्वार्थी छिमेकी मारा देशसँग सम दुरीमा रहन आबश्यक छ ।
हामीलाई निस्वार्थ भावले सहयोग गरेर बिकासमा मद्दत पुर्याउने असल नियत भएका अन्य मित्र राष्ट्रहरुको हामीले साथ र सहयोग भने लिनुपर्छ । युवाहरुलाई बिदेश जान होइन स्वदेशमै पसिना बगाउन प्रोत्साहन गर्ने र अवसर दिनुपर्छ । यसतर्फ अब आउने क्षमतावान युवा र परिपक्व व्यक्तिहरु बाट देशले निकास र बिकास पाउन सकोस् । कमसेकम भारत जस्ता निर्दयी स्वार्थी र उपनिवेशवादी सोच भएका देशसँग गिडगिडाउनु भन्दा आफ्नो देशको उत्पादनमा रमाएर बस्न सक्ने स्वाभिमानी नेपाली भएर बाँच्ने हाे कि ?
बालकुमारी ललीतपुर
२०८० असार १०