राष्ट्रिय जनसांस्कृतिक महासङ्घ :सप्ताहव्यापी वैचारिक, सांस्कृतिक सांगठनिक अभियानको समापन

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ :सप्ताहव्यापी वैचारिक, सांस्कृतिक सांगठनिक अभियानको समापन

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २३, २०८०

काठमाडौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आयोजनामा आयोजित जननेता मदन भण्डारीको ७२ अ‍ौ‌ जन्मजयन्तीका सन्दर्भमा सप्ताहव्यापी राजनीतिक वैचारिक, सांस्कृतिक सांगठनिक अभियान (२०८० असार १४-२१) को समापन कार्यक्रम  महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा र  नेकपा(एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ  ।

उक्त कार्यक्रममा महासङ्घको घटक संगठन जन नाट्य कर्मी सङ्घले जननेता मदन भण्डारीद्वारा रचित चारवटा कविताको नाट्य अभिनय प्रस्तुत गरेको थियो भने महासङ्घका उपाध्यक्ष आर।सी न्यौपानेले जवजको वैचारिक दार्शनिक सांस्कृतिक  पक्षको बारेमा मन्तव्य सहित उपस्थित अतिथि लगायत सम्पूर्ण चिन्तक तथा बुद्धिजीवी , साहित्यकार , कलाकार , संस्कृतिकर्मी एवम् समस्त राजनीतिक व्यक्तित्वहरुलाई स्वागत गर्नु भएको थियो ।

 कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनको इतिहास  नेकपा(एमाले) र जबज , वर्तमान राजनीतिक परिस्थिति , राजनीतिक , सामाजिक , आर्थिक , सांस्कृतिक समग्र पाटाहरूको बारेमा गहिरो विचार प्रस्तुत गरेर सामयिक प्रशिक्षण दिनुभएको थियो।

 कार्यक्रमको सञ्चालन महासङ्घका कार्यवाहक महासचिव अशोक राईले गर्नुका साथै ललितकला क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारीहरुलाई सम्मानपत्र सहित प्रमुख अतिथि  र अध्यक्षबाट सम्मान गरिएको थियो । अन्तिममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले महासङ्घद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रमको बारेमा मिहिन समीक्षा तथा विश्लेषण गरि  आगामी कार्य य‍ोजनाको बारेमा समेत स्पष्ट पारी  प्रमुख अतिथि लगायत उपस्थित सबै महानुभावहरूलाई विशेष धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।