लोकसंवाद संवाददाता | समाचार | असार २४, २०८०
काठमाडौँ । क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलाले रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय केन्द्रिय समिति र क्रान्तिकारी स्ववियु काउन्सिल नेपाल संचालन गर्ने कार्यविधि पारित र विश्वविद्यालय शैक्षिक सुधारको २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न काउन्सिलले जनाएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समिति उपाध्यक्ष तथा केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख केशव रावलले जारी गर्नु भएको प्रेस विज्ञप्तिका अनुसार भेलाको उद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्नु भएको समारोहमा नेकपा (माओवादी केन्द्र)महासचिव देव प्रसाद गुरुङ, पार्टी सचिव हितमान शाक्य, क्रान्तिकारी स्ववियु काउन्सिल नेपालका प्रथम र दोस्रो संयोजक तारा भण्डारी र हिमाल शर्मा, अखिल (क्रान्तिकारी) का पुर्व अध्यक्ष रमेश मल्ल र बन्द सत्रमा उपस्थित रहेको थियाे । कार्यक्रमका सहभागीहरुलाई पार्टी महासचिव देव प्रसाद गुरुङ, उपमहासचिव द्वय वर्षमान पुन 'अनन्त', जनार्दन शर्मा 'प्रभाकर', शक्तिबहादुर बस्नेत 'शुरेश सिंह', सचिव हितमान शाक्य प्रशिक्षण दिनु भएको थियाे ।
प्रेस विज्ञप्तिका अनुसार भेलाले सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय केन्द्रिय समिति निर्वाचित समेत गरेको छ । जसको सहसंयोजक शितल क्याम्पस चौरजाहारीका अध्यक्ष निराजन के.सि., सचिव मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ स्याङ्तान तामाङ लगायतका प्रदेश संयोजकहरू, स्ववियु सम्पन्न भएका विश्वविद्यालयका संयोजकहरू समेत तोकेको जनाएको छ भने भेलाले क्रान्तिकारी स्ववियु काउन्सिल नेपाल संचालन गर्ने कार्यविधि पारित र विश्वविद्यालय शैक्षिक सुधारको २१ बुँदे संकल्प प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।