पुरिन्द्र रावल | दृष्टिकोण | असार २४, २०८०
'स्वाधीनता' एक स्वतन्त्रता मात्रै हैन । यो त गौरब र गरिमाको कुरा पनि हो । एक आस्था हो । मुलत स्वाधीनता एक स्वाभिमान विषय पनि हो । नेपालको बर्तमान राजनितिक, आर्थिक, सामाजिक तथा समग्र अवस्था लाइ हेर्दा मुलुक जटिल अबस्था मा पुगेको अनुमान गर्न गाह्रो हुने अवस्थामा पुगेको छ अर्थात् 'स्वाधीनता' गुमाउँदै गएको त होइन भन्ने भान हुन थालेको छ ।
मुलुकको मेरुदण्ड मानिने अर्थतन्त्र समेत अत्यन्तै तरल अवस्थाबाट गुज्रिरहेको अवस्थमा छ । आम जनताको दैनिकी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ । यी सबै कारण समाज नै एक प्रकारले कुहिरोको काग हुनु पुगेको छ । यसो भएको हुदा यसको निकास के ? यसको समाधान कसरी हुन्छ ? भन्ने जस्ता आधारभुत प्रश्नहरु गम्भीर रुपमा उठिरहेका छन् । क्रमश राजनीति व्यापारीकरण र अर्थतन्त्र दलाली करणको सिकार भइरहेको अवस्था छ । यसैको कारणले समग्र समाज नै अन्योलता मा रुमलिँदा यस खालका प्रश्न उठ्नु स्वाभाविक हाे ।
कुरा सुरुमा स्वाधिनता बाट सुरु गरेका छौ । बर्तमान नेपाली राजनितिक दलहरुको प्रत्यक विधान तथा चुनावी घोषणा पत्रमा सबै भन्दा बढी लेखिने शब्द हो - 'स्वाधिनता !' यसरी बुझेर राखेका हुन दलहरु नै जानून् । तर तिनै दलहरुले सत्ताको बागडोर सम्हाल्दा सबैभन्दा वेवास्ता गरेकाे यही स्वाधीनताको विषयले स्थान नपाएको इतिहासले प्रमाणित गरेको विषय हो ।
मुलुकको सिमाना दिनहुँ खुम्चिँदो छ । राज्य सिमा सुरक्षा गर्न पूर्णतया असफल बन्दै आएको छ । सत्ता स्वाधीनताका कुरा त गर्छ, तर यो कस्तो स्वाधिनता ? जनता बाँच्नका लागि प्रत्यक दिन विदेशीको गुलाम बन्न बाध्य छन् । तर फेरी राज्य सत्ता स्वाभिमानको कुरा गरेर थाक्न सक्दैन । तर कस्तो खालको स्वाभिमान ?
मुलुकका सबै सूचकमा डुब्दैछ तर सत्ता राष्ट्रियताका कुरा गर्छ, यो कस्तो राष्ट्रियता ? यसैले भन्न सकिन्छ यो कस्तो व्यवस्था यो कस्तो प्रणाली ? यो कस्तो स्वाधिनता ? प्रश्न उठेको छ । सात साल यता यिनै दलहरु र राजाहरूले मुलुकको सत्ता को भोग गरे तर कहिलै नेपाली स्वाधीनताले आफ्नो मुल्य र मानक स्थापित गर्न सकेनौँ । यसैले के भन्न सकिन्छ भने स्वाधिनता खोक्रा गफको विषय त बन्यो तर व्यावहारमा कहिलै नसम्झेको विषय बन्न पुग्यो ।
आज मुलुक का सिमाना दिन प्रतिदिन खुम्चँदै छन मुलुकको राजनीति अस्थिरता उन्मुख छ, अर्थतन्त्र खतरा उन्मुख छ, सामाजिक एकता विगठन उन्मुख छ, समाज अन्योल अवस्थामा छ । मुलुक छोडेर विदेसिने जनता को संख्या प्रत्यक दिन बढ्दै छ । भ्रष्टाचारले गाँजेको छ दलाली करणले जेलेको छ । यस्तो किन ?
नेपाली इतिहासको आदि कालदेखि नेपाली स्वाधीनताले पूर्णता नै पाएन । कहिले राजा महाराजाहरूले रक्षा गर्छाै भने कहिले राणाहरुले स्वाधीनताको नारा लाए । तर जो आय पनी मुलुक ले बाँच्नै पाएन । दलहरुले मण्डलेले मुलुक ध्वस्त गरे भने नारा लगाए । अब हामीले मुलुक बचाउँछौ भने तर तिनीहरूका पनि गफमा सिमित भयो । यसको भएको हुदा यस्तो किन ? मुल प्रश्न उठेको छ ।
आज मुलुक का सिमाना दिन प्रतिदिन खुम्चँदै छन मुलुकको राजनीति अस्थिरता उन्मुख छ, अर्थतन्त्र खतरा उन्मुख छ, सामाजिक एकता विगठन उन्मुख छ, समाज अन्योल अवस्थामा छ । मुलुक छोडेर विदेसिने जनता को संख्या प्रत्यक दिन बढ्दै छ । भ्रष्टाचारले गाँजेको छ दलाली करणले जेलेको छ । यस्तो किन ? सत्ता को बागडोर सम्हाल्नेहरू नै विदेशीको गुलाम भएर मुलुक को स्रोत साधान विदेशी लाइ सुम्पिरहेको सबै ले थाहा पाएकै विषय हो ।
आज मुलुक शक्ति राष्ट्रको रंग मञ्चमा परिणत भयको कुरा जग जायर छ । आज मुलुक सबै कुरा मा परनिर्भर भयको कुरा घाम जस्तै छर्लङ्ङ छ । यस्तो किन ? प्रश्न को जवाफ अब जनता ले खोज्ने छन सक्छन ।
यसो भयको हुनाले नेपाली समाजको आजको मुल समस्या वा मुल अन्तरविरोध भनेको नै साम्राज्यवाद को काखमा हुर्किएको नव उदारवाद र त्यहि नव उदारवाद ले जन्माएको दलाल वित्तीय पुँजीवाद नै आज को मुल अन्तरविरोध हो । यसो भयको हुनाले यसलाई ध्वस्त गर्न आवश्यक देखिएको छ । यस को विनास गर्न अहिले का दल र नेतृत्व बाट यो असम्भव छ भन्न सकिन्छ किन भने यिनीहरु नै यसका मतियार भैसकेका छन यसो भयको हुनाले एक नयाँ क्रान्तिको आवश्यकता झल्केको छ । यस कारण यो एक सामान्य विषय हैन ।
यो त सिङ्गो स्वाधीनताको विषय हो । सिङ्गो मानवता को सवाल हो । यसैले आजको मुल अन्तरविरोध नै नव उदारवादी दलाल वित्तीय पुँजीवाद हो । यसको समाधान भनेको नै नयाँ क्रान्ति हो भन्न सकिने आधार हर छन यसो भयको हुदा के भन्न सकिन्छ भने स्वाधिनता को अन्तिम लडाइ बाँकि छ भन्ने आधारहरु छन ।