लोकसंवाद संवाददाता | साहित्य | असार २५, २०८०
कैलाली । नेपाल प्रज्ञा - प्रतिष्ठान काठमाडौँ र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव सम्पन्न भएको छ ।
यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद प्रमुख अतिथि रहेको उद्घाटन सत्रमा पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठान,प्राज्ञ परिषद् सदस्यद्वय बाबा बस्नेत र डा. कौशिला रिसाल तथा प्रदेश सभा सदस्य प्रकाश बम विशिष्ट अतिथि रहेका थिए ।
यसैगरी सुदूरपश्चिमको भाषिक र सांस्कृतिक अध्येता समेत रहेका निवर्तमान मूख्यमन्त्री रावलले यहाँको भाषा ,साहित्य , कला र संस्कृतिको इतिहास र वर्तमानबारे आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्रष्टा र प्राज्ञिक व्यक्तिहरूको अपेक्षा र सुझाव अनुरूप प्रदेश सरकार र मन्त्रालयले काम गर्ने बताउनुभएको थियोे ।
साथै, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले प्रज्ञा-प्रतिष्ठानले साहित्यमार्फत मोफसल र केन्द्रलाई जोड्ने गरी कार्यक्रम ल्याएको बताउनुभएको थियोे । धनगढी कविता उत्सवका विशिष्ट अतिथि ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले प्रज्ञा-प्रतिष्ठानले साहित्यमार्फत मोफसल र केन्द्रलाई जोड्ने गरी कार्यक्रम ल्याएको छ ।
सङ्घीय गणतन्त्र नेपालको संविधानले सबै भाषाभाषी र सबै जातजातिलाई समान र समावेशी मानेको छ ।प्रज्ञा-प्रतिष्ठान पनि त्यसै अनुरूप किनाराकृत जातजातिका भाषा,साहित्य ,संस्कृति र कलाका क्षेत्रलाई समेट्ने गरी 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान' भन्ने मूल नाराका साथ समग्रमा अघि बढेको छ।साथै ,कवितामा सीमान्तकृत आवाज ,समग्र लैङ्गिक विभेदको समाधान ,जातीय विभेद विरुद्धको स्वर ,नारी अस्तित्व बोधगम्य , भौगोलिक विभेदलाई समेत ध्यान दिई प्रज्ञा-प्रतिष्ठानले मालिक र नोकर बिचको विभेदलाई चिर्दै सबैको स्वामित्व बोध गराउने लक्ष्य लिएर कविता महोत्सव-२०८० लाई समावेशी र बहुभाषिक बनाएको हो भन्नु भएको थियोे ।
अर्का विशिष्ट अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान' भन्ने मूल नाराका साथ प्रज्ञा-प्रतिष्ठान अग्रसर भइरहेको छ ।साथै,सङ्घीय गणतन्त्र नेपालको संविधानले सबै जातजाति र भाषाभाषीलाई समान मानेकाले समावेशी सिद्धान्त अनुरूप राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको हो ।इतिहासदेखि वर्तमानसम्म भाषा र साहित्यमा उर्बर रहेको सुदूरपश्चिम क्षेत्रको यसपटक महोत्सवमा महत्त्वपूर्ण उपस्थिति रह्यो ।यसलाई हामीले गौरवको रूपमा लिएका छौँ ।साथै ,भाषा ,साहित्य ,संस्कृति ,कला ,सामाजिक शास्त्र र दर्शन शास्त्र लगायतका विषयमा प्राज्ञिक खोज अनुसन्धान गर्ने योजना रहेको बताउनु भएको थियोे ।
यसैगरी, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले 'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान' भन्ने मूल नाराका साथ प्रज्ञा-प्रतिष्ठान अग्रसर भइरहेको छ ।साथै,सङ्घीय गणतन्त्र नेपालको संविधानले सबै जातजाति र भाषाभाषीलाई समान मानेकाले समावेशी सिद्धान्त अनुरूप राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको हो ।इतिहासदेखि वर्तमानसम्म भाषा र साहित्यमा उर्बर रहेको सुदूरपश्चिम क्षेत्रको यसपटक महोत्सवमा महत्त्वपूर्ण उपस्थिति रह्यो ।यसलाई हामीले गौरवको रूपमा लिएका छौँ ।साथै , भाषा , साहित्य ,संस्कृति ,कला ,सामाजिक शास्त्र र दर्शन शास्त्र लगायतका विषयमा प्राज्ञिक खोज अनुसन्धान गर्ने योजना रहेको बताउनु भएको थियोे ।
'समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार' विषयक कार्यपत्र कवि खेम बतासले प्रस्तुत गरेका थिए भने लेखक जगदीश ओझाले कार्यपत्र माथि टिप्पणी गरेका थिए । कविताको समग्र अवस्था र कार्यदिशाबारे समालोचक विष्णु ज्ञवालीले विमर्श गरेका थिए।सुदूरपश्चिमका प्रतिनिधि कविताबारे सहप्राध्यापक हरिकृष्ण कडायतले समीक्षा गरेका थिए ।
सुदूरपश्चिम क्षेत्रका साहित्यिक, सांस्कृतिक एवम् शैक्षिक सङ्घ र संस्थाका प्राज्ञिक प्रतिनिधिहरू र सर्जनहरूलगायत करिब दुई सय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
पुस्तान्तर कविता सेसन अन्तर्गत नेपाली, डोटेली र थारु भाषाका तीन पुस्ताका बाह्र कविहरूका कविता प्रस्तुत गरिएको थियोे ।
सृजनशील मञ्च, सुदूरपश्चिमका सचिव एवम् लेखक डिल्लीराज ओझाले सहजीकरण गर्नुभएको कार्यक्रम मञ्चका अध्यक्ष तथा नेपाल प्रज्ञा -प्रतिष्ठानका प्राज्ञ सभा सदस्य जनक रसिकको अध्यक्षतामा सञ्चालन भएको थियो ।
यसक्रममा उहाँले सुदूरपश्चिममा भाषा साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनका लागि निरन्तर गतिविधि गर्ने योजना अनुरूप धनगढी कविता उत्सव आयोजना गरिएको बताउनुभएको थियोे ।
महोत्सवमा सुदूरपश्चिमका विविध भाषाहरूका प्रतिनिधि कविताहरूको विशेष प्रस्तुतिसहित कविता उत्सव सञ्चालन गरिएको थियोे ।