प्रधानमन्त्रीको जवाफप्रति ओली र देउवाको बेवास्ता: रोष्टमको भावुकता र आक्रोशले गरेको सङ्केत !

लोकसंवाद टिप्पणी

प्रधानमन्त्रीको जवाफप्रति ओली र देउवाको बेवास्ता: रोष्टमको भावुकता र आक्रोशले गरेको सङ्केत !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटकपटक आफ्ना भनाइका कारण विवादमा आउने गर्छन् । गत साता एक जना व्यापारी प्रितम सिंह बारेको पुस्तक विमोचनमा ‘आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपाली नेताहरुसँग पनि छलफल गर्नुहुन्छ’ भन्दै दिएको अभिव्यक्तिले ठुलै विवाद मात्रै होइन सार्वभौम मानिएको संसद तीन दिन अवरुद्ध हुन पुग्यो  ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले प्रधानमन्त्रीका रुपमा नभई आफ्नी छोरी ज्ञानु दाहालको क्यान्सरका कारण अन्तिम अवस्था भएको सन्दर्भ सम्झिएर ज्ञानुको बाबुको रुपमा बोलेको भनी स्पष्टिकरण दिनु पर्ने अवस्थामा पुगे । उनले आफूले बोलेको अभिव्यक्ति पदीय हैसियतसँग मेल नखाने भन्दै आत्मसमीक्षा गर्ने बताएका छन् । 

उनले आफू अलिक भावुक भएको भन्दै भावनामा आएर त्यस्तो धारणा राखेको बताए । तर उनले आफ्नो यसमा कुनै नियत र षड्यन्त्र नभएको स्पष्टीकरण दिए । संसदको रोष्टम बाट छोरी ज्ञानु र छोरा प्रकाशलाई सम्झदै भावुक बनेका प्रचण्डले आफ्ना अभिव्यक्तिहरु विगतमा अदालतसम्म पुगेको हेक्का रहेको भन्दै आगामी दिनमा यस्ता अभिव्यक्ति दिनबाट बच्ने बताए । 

तर उनले आफूलाई संसदमा उभिएर स्पष्टीकरणको मौका समेत नदिई राजीनामा मागिएकोमा भने असन्तुष्टि र आक्रोश दुबै जनाए । उनले आफूले विगतमा नैतिकताकै आधारमा राजीनामा दिएको र आफूलेजस्तो नैतिकता अरुले नदेखाएको भन्दै कसैले भनेर राजीनामा नदिने तर आफ्नो अन्तर आत्माले भनेको दिन एक मिनेट पनि पदमा नबस्ने उल्लेख छ । 

आफ्नो सम्बोधनका क्रममा केही भावुक, केही आक्रामक र केही आत्मा आलोचित भावमा प्रस्तुत भएका प्रचण्डले आफ्ना अभिव्यक्तिलाई लिएर प्रश्न उठाउने विपक्षी दलसँग समेत प्रश्न गरेका छन् । उनले आज आफू प्रधानमन्त्री भएको र लामो समय प्रधानमन्त्री नहुने भन्दै भोलि आउने प्रधानमन्त्रीले पनि यस्ता प्रश्नको सामना गर्नुपर्ने बताए । प्रचण्डले आफूलाई कस्तो अवस्थामा र कसले प्रधानमन्त्री बनाएको थियो ? त्यसबेला कस्तो अवस्था थियो ? प्रधानमन्त्री बनाउन अहिलेका प्रतिपक्षी दलहरुले कसरी हस्ताक्षर गरेका थिए ? र अहिले आफ्नै हस्ताक्षर र भूमिकामाथि तथा संसदको विश्वसनीयतामाथि प्रश्न कसरी उठ्यो ?  भनेर प्रश्न गरे । 

गम्भीर प्रश्न उठेपछि यथार्थ के हो भनेर सदनमा स्पष्टीकरणको अवसर दिनुपर्छ भनेर आफूले नै माग गरेको तर राजीनामा मागेर संसद अवरोध गरिएको बताए । उनले भने, ‘राजीनामा नआएसम्म सदन चल्न दिइँदैन भनियो । नैतिकताको प्रश्न उठाउन सकिन्छ, राजीनामा दिनुपर्छ भन्न सकिन्छ । तर मेरो कमजोरी कहाँ नेरि हो मैले भन्न पाउनुपर्दैन ?’

एमालेले उठाएको राजीनामा र नेपालमा प्रधानमन्त्री बन्न भारतको दैलोमा धाउनुपर्ने भन्ने आशयको अभिव्यक्तिमा भने उनले भावुकतामा भनेको र त्यसलाई सोही अनुसार बुझिदिन आग्रह गरे । गम्भीर प्रश्न उठेपछि यथार्थ के हो भनेर सदनमा स्पष्टीकरणको अवसर दिनुपर्छ भनेर आफूले नै माग गरेको तर राजीनामा मागेर संसद अवरोध गरिएको बताए । उनले भने, ‘राजीनामा नआएसम्म सदन चल्न दिइँदैन भनियो । नैतिकताको प्रश्न उठाउन सकिन्छ, राजीनामा दिनुपर्छ भन्न सकिन्छ । तर मेरो कमजोरी कहाँ नेरि हो मैले भन्न पाउनुपर्दैन ?’

उनले २०६८/२०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सरबाट पीडित भएर जीवन मरणको दोसाँधमा रहेका बेला दिल्लीमा उपचारका क्रममा निकट सम्बन्ध भएका प्रीतम सिंहको दिल्लीमा रहेको फ्ल्याटमा राखेर उपचार गरिँदा आफू छोरीको स्वास्थ्य अवस्था बुझ्न दिल्ली गएको र त्यसबेला सिंहले ‘प्रधानमन्त्री त तपाईं नै हुनुपर्ने हो’ भन्दै भावनात्मक रूपमा कुरा उठाएको कुरालाई भाषणमा उल्लेख गरेको प्रष्ट पारेका थिए । 

उनले आफ्नो अनुरोधका कारण नभई सदासयता सहित सिंहले त्यस्तो भनेको र आफूले धन्यवाद भनेको तथा त्यसबाहेक अरु उपाय पनि नभएको स्मरण गर्दै त्यो प्रसंग पुस्तक विमोचनमा उठाएको उल्लेख गरेको हुँ । उनले भने, ‘मैले मनमा आयो भने । नभनेको भए पनि हुन्थ्यो । प्रधानमन्त्रीको हैसियतमा मैले त्यो कुरा नबोल्नु पर्थ्यो । म ज्ञानुको बुवा बन्न पुगेँ र प्रीतमको सदासयता प्रति धन्यवाद भने । के एउटै भावनात्मक अभिव्यक्तिले मेरो सबै सकियो त ?’

स्पष्टीकरण दिँदै उनले भने, ‘मेरो प्रीतम सिंहसँग कुनै राजनीतिक सम्बन्ध छैन । उनी शक्तिकेन्द्र पनि होइनन् । सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन मलाई धेरै गाह्रो पर्छ । त्यो मेरो कमजोरी पनि हो । सबल पक्ष पनि हुनसक्छ । म मनले बोल्छु । मान्छेको जीन, विशेषता जसले हामीलाई अलगअलग बनाएको छ, म दिमाग र मन दुवैले बोल्छु ।’ 

प्रधानमन्त्रीले स्पष्टीकरण दिइरहँदा राजीनामा नै माग्ने प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवा थिएनन् । तर प्रधानमन्त्रीले संसदमा उठाएका भोलिका प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्छ भन्नु र आफू लामो समय प्रधानमन्त्री बन्न नआएको भन्नेजस्ता अभिव्यक्तिले केही गम्भीर संकेतहरु भने पककै गरेको छ ।