ऋतु आशिक | दृष्टिकोण | असार २६, २०८०
असंलग्न परराष्ट्र नीतिका संस्थापक सूत्रधार
असंलग्न परराष्ट्र नीतिमा तत्कालीन राजा महेन्द्रद्वारा खेलिएका भूमिकाको उच्च सन्मान तथा राष्ट्रको उचाइ खेलिएका भूमिकाको उच्च सन्मान तथा राष्ट्रको उचाइ मापनले गर्दा नै महेन्द्रको व्यक्तित्वको ओज बढेको थियो । राजा महेन्द्रद्वारा यस मुलुकलाई आत्मनिर्भर बनाउन खेलिएको भूमिकालाई अझ पनि उच्च सन्मानको साथ हेरिन्छ । ती भूमिकालाई नेपालको अस्तित्व जगेर्नाका लागि तत्कालीन महेन्द्रका कदमलाई राष्ट्र र राष्ट्रियताका लागि कोसे ढुङ्गामा रुपान्तरित भएको कुरालाई नकार्न सकिन्न ।
राजा महेन्द्रद्वारा पञ्चशीलको आधारमा स्थापित मान्यताका रोडम्यापमा हिँडाउन नसक्नुका पछाडि राष्ट्रियताका सवल पक्ष माथि विभिन्न पार्टीका खोल ओढेर ती राष्ट्रियता कोशेढुंगा माथि भारतीय पक्षधरको खोल ओढेर यस राष्ट्रलाई झन्–झन् कठोरता पूर्वक हरकतहरू विभिन्न कालखण्डमा ती छदमभेषमा उनिएका छन् । तिनीहरूका देशद्रोही हरकतले सधैँ निरन्तरता दिन सकिदैन ।
राजा महेन्द्र हुँदै वीरेन्द्रसम्मको यात्रा कालमा देशलाई आत्मनिर्भर बनाउने मुलुकका विभिन्न भेगमा औद्योगिक विकास क्षेत्रको निर्माणको पहिचान गरिनु र देश औद्योगिक क्षेत्रको पहिलो चरणमा प्रवेश गरेको थियो ।
नेपाल भित्रका विभिन्न क्षेत्रमा ती औद्योगिक करणका आवश्यकता तथा त्यस क्षेत्रमा ती उत्पादन वस्तुको गतिविधिलाई प्रचार प्रसार तथा त्यसको पहुँचको बजारको अध्ययन तथा त्यसको बिक्रीलाई सहजसँग व्यवस्थापन गरिएको थियो ।
पञ्चायती व्यवस्थाप्रति आम नेपाली देशभक्त जनतामा नकारात्मक विचारलाई झन्–झन् संस्थागत रुपमा घृणाको खेती गरियो । त्यसलाई मलजल दिनका लागि दक्षिणी सिमाना पारिबाट जे जस्तो गराई र हर का कारण देशभक्त नेपाली जनताले देश प्रतिको घात–प्रतिघातमा नेपाली काँग्रेस, एमाले, राप्रपा संगठित रुपमा नै प्रहार गरेका कुराको पुष्टि हुँदै आएको छ ।
राजा वीरेन्द्रद्वारा आफ्नो शुभ राज्य अभिषेकको अवसरमा निमन्त्रित पाहुनाका समक्ष राखिएको नेपालको शान्ति क्षेत्रको प्रस्तावको महत्व झन्–झन् चुलिँदै गएको नकार्न सकिन्न ।
एमालेको आफ्नो कोर्स करेक्सन कहिले ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्व सादगी नेता मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टी हो । पि.वी. नरसिंह रावसँग नेपाल र भारत बिच भएको १९५० को मैत्रीपूर्ण सन्धिप्रति आपत्ति जनाउँदै यसलाई करेक्सन गर्नुपर्छ भन्नु भएको थियो । त्यसलाई निरन्तरता दिन एमालेको तर्फबाट किन पछि हटेको थियो । यसको जवाफदेहिता एमालेले लिनुपर्छ ।
प्रधानमन्त्री ! प्रचण्ड डुण्डुल दोर्जे भन्दा पनि देशद्रोही हुन त खोज्दै त छैनन ? भन्ने कुरा त रामचन्द्र पौडेललाई २/२ पटक खारेज भएको नागरिक विधेयक माथि जालसाजी तरिकाबाट हस्ताक्षर गर्न प्रेरित गर्नुले प्रमाणित गरे कै छ । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन् । ‘प्रधानमन्त्री नपाए दिल्ली जानू’ यस किसिमको घटिया हरकत सहितको आसय व्यक्त गर्न भ्याइसकेका छन् ।
नेपाल भारत बिच भएको महाकाली सन्धिमा केपी ओलीद्वारा महाकाली सन्धि पास गर्न उनले गरेका हरकत एमाले पार्टीको लागि विध्वंश भएका छन् । केपी ओलीले वर्षेनी एक खरब बिस अरब आउँछ भनेका थिए । त्यो अझै आएको छैन । महाकाली सन्धि पास गर्न उनी किन यति सारो हतारो भयो । त्यसको उत्तर उनी मृत्युको अवसानको डिलमा पुगेका छन् । महाकाली माथि गरिएको घातप्रति आफूलाई करेक्सन गर्दै, नेकपा एमालेका साथै आम जनता समक्ष माफी माग्दै आफूलाई शुद्धिकरण अभियानमा सामेल गर्नुपर्छ । एमाले पङ्क्तिमा जुझारु किसिमका व्यक्तित्वहरुलाई अगाडि आउन तथा प्रेरित गर्न कम्युनिष्ट पार्टीमा केपी ओलीले आफैँबाट शुद्धिकरण गर्नु जरुरी छ ।
आम नेपाली जनतामा नेकपा एमालेप्रति निराशा छाएको छ । देशप्रति घात प्रतिघातमा महाकाली सन्धि हुँदै एमसीसीको दौडमा उसले देखाएको अहम् भूमिकाको साथ साथै एमसीसी मा देखाएको देश प्रतिको गद्दारीका लागि पनि देशभक्त नेपालीप्रति माफी माग्नुपर्छ । एमाले पार्टी भनेको देश र जनताप्रति प्रतिबद्ध पार्टी हो भन्ने विश्वासको जनाधार तयार गर्न तयार होला ।
कम्युनिष्टहरु देश र जनताप्रति नङ मासुझैँ मिलेर बसेको हुन्छ अग्रजहरूले जसरी प्रमाणित गर्दै, विश्व कम्युनिष्ट आन्दोलनले जसरी अग्रता लिदै आएको छ त्यसको उदाहरण कडीको रुपमा नेपाल कम्युनिष्ट पार्टी एमालेले त्यो विरासतलाई निरन्तरता दिनुपर्छ । कम्युनिष्ट कम्युनिष्ट जस्तो होइन । कम्युनिष्ट भएर आफूलाई शुद्धीकरणमा ढाल्नु सक्नु पर्छ ।
प्रधानमन्त्री प्रचण्डका देशद्रोही हरकत
'उहाँ (सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरै चोटि दिल्ली जानु भयो । काठमाडौँका नेता साथीहरुसँग लगातार छलफल गर्नुभयो ।' दाहालको भनाइ थियो (कान्तिपुर २० असार २०८०) ।
तत्कालीन नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री खड्गप्रसाद ओलीको नेतृत्वमा गृहमन्त्री बनेका रामबहादुर बादलद्वारा सिमाना पारिका लाखौँ भारतीय नागरिकलाई युद्धस्तरमा नागरिकता बाँडिएको थियो । त्यसलाई निरन्तरता दिँदै प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्किए लगतै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २/२ पटक संसदलाई फिर्ता पठाएको नागरिक अध्यादेशलाई फिर्ता गरिएको थियो । मृत भइसकेको नागरिक विधेयकलाई संसदलाई छलेर अर्थात् संसदलाई बहिष्कार गरेर, संसदलाई गुमराह बनाएर दिल्ली जानु केही घण्टा अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले मृत विधेयक माथि हस्ताक्षर गरेर हतारो हताराेमा हस्ताक्षर गरेका थिए । यस किसिमबाट देश माथि घात गर्दै दिल्ली सरकारलाई खुशी पार्न, राष्ट्रप्रति घात प्रतिघात गरेका थिए।यस्ता किसिमको देशद्रोही हरकतलाई देशभक्त नेपाली देशभक्ति पूर्ण भावना माथि घात अर्थात् प्रहार गर्नु हो ।
प्रधानमन्त्री ! प्रचण्ड डुण्डुल दोर्जे भन्दा पनि देशद्रोही हुन त खोज्दै त छैनन ? भन्ने कुरा त रामचन्द्र पौडेललाई २/२ पटक खारेज भएको नागरिक विधेयक माथि जालसाजी तरिकाबाट हस्ताक्षर गर्न प्रेरित गर्नुले प्रमाणित गरे कै छ । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छन् । ‘प्रधानमन्त्री नपाए दिल्ली जानू’ यस किसिमको घटिया हरकत सहितको आसय व्यक्त गर्न भ्याइसकेका छन् ।
नेपालको शासन व्यवस्था तथा अदालत समेतलाई भारतीय सरकारले जालोको लपटोमा पारि सकेको कुरा अदालतले पनि हिन्दी चलचित्र प्रर्दशनको लागि मार्ग प्रशस्त गर्नु, देशप्रति न्यायाधीशहरुको जिम्मेवारी नहुनु, भारतीय सरकारप्रति उनीहरुको हाक्का हाक्कीको व्यवहार नेपालको लागि देशभक्त नेपालको लागि यो सह्य हुन सक्दैन ।
सिमावर्ती जिल्लाहरुमा भारतीय नागरिकको लामो नेपाली नागरिकता लिनेको लाइन, भारतीय सरकारको नेपाललाई सिक्किमी करण गर्न हतार भएको देखिन्छ । छिमेकीप्रति उसका घात प्रतिघात झन् झन् बढेर गएको देखिन्छ । देशभक्त नेपालीहरु समय मै सजग हौ । भारतको यो मिचाहा प्रवृति प्रति उकास्ने किसिमका ओली, प्रचण्ड, शेरबहादुरका देशप्रति हरकतलाई चिर्दै देशभक्त नेपाली अघि बढ्नुपर्छ । युद्धस्तरमा नागरिकता विधेयकप्रति गरिएका घृणित कार्यको भण्डाफोर गर्दै नक्कली नागरिकताको खारेजीलाई युद्धस्तरमा अघि बढाइनु पर्छ ।
प्रचण्ड पथदेखि लेण्डुप पथसम्म
'कतै मुलुक गृहयुद्धको लपटोमा लपेटिएर भारतीय सेनाको उपस्थिति भएको खण्डमा नेपालको जर्जर स्थिति छँदैछ भविष्यमा के हुने हो ? प्रचण्डपथका अनुयायी हरुले सूक्ष्म अध्ययन र विश्लेषण तर्फ उन्मुख हुनुपर्छ कि पर्दैन ?' (समदृष्टि २०५७ चैत्र)
यी माथिका शब्दहरु मैले लेखेको ‘प्रचण्ड पथले ल्याएको उथल पुथल’ नामक लेख आजभन्दा २३ वर्ष अगाडि लेखिएको लेखबाट निकालिएका शब्दहरु हुन् । यी पङ्क्ति लेख्दा मलाई प्रचण्ड अर्थात् माओवादीहरु भारतीय सरकारको संरक्षणमा घर प्रवाह जस्तो पालिएर नौडामा आलि शान जीवन बिताइ रहेका छन् भन्ने कुराको छनक पनि थिएन ।
कम्युनिष्टहरु यस किसिमको देशद्रोही तथा आफ्नो मुलुक नै सिध्याउने हरकतमा लाग्छन् जस्तो कुराले अलिकति शङ्का गरिएन । यो लेख लेख्दा मेरो मनमा प्रचण्ड र माओवादीप्रति अलि नै सम्मानजनक दृष्टिकोण थियो । संसारका जुनसुकै कम्युनिष्ट होउन् । त्यस पार्टीका कम्युनिष्टहरु जनताप्रति माया गर्ने, देशप्रति असीम स्नेह राख्ने, कम्युनिष्ट पार्टीलाई सबल र सक्षम बनाउन त्यसको रक्षा गर्नका लागि आफूलाई जीवन नै समर्पण गर्ने हुन्छन् । यस्तै सोच र परिकल्पना गर्थे । तर यी पङ्क्ति लेख्दा सिक्किमका लेण्डुप दोर्जे र वी.पी. कोइराला बिच भेटमा भारत सरकारले लेण्डुप दोर्जे माथि इन्दिराद्वारा गरिएको अभद्रताले उनी नेपाल फर्किएका रहेछन् ।
त्यसबेला वी.पी.ले भनेका थिए राजा र मेरा गर्दन जोडिएको छ । वी.पी. को राष्ट्रिय चेत लेण्डुप दोर्जेसँग भेट भएपछि आएको कुरालाई नकार्न सकिन्न । नेपाली काङ्ग्रेस, नेपा एमालेलाई राष्ट्रिय चेत कहिले आउने हो ? भारतसँग विभिन्न समय कालमा भएका नेपाल भारत बिच भएका विशेषत नेपालबाट बगेर भारततर्फ जाने नदीहरूप्रति आफ्नो हक र त्यसको सदुपयोगको पुर्न मूल्याङ्कन गर्नका लागि, देशको अस्तित्व रक्षाका लागि देशप्रति जे जस्ता घात गरेको त्यसको पश्चाताप गर्दै, सिक्किमका लेण्डुप दोर्जे ले देश भारतलाई बुझाए पछिको स्थिति नेपाली जनता तथा विभिन्न पार्टीका लेण्डुप दोर्जे प्रवृतिको समय मै आफूलाई शुद्धिकरण तर्फ आफूलाई अभिप्रेरित गर्ने बुद्धि पलाओस् । देशलाई सुरक्षित अवतरणतर्फ विभिन्न पार्टीका जे जस्तो छन् । आफूलाई सच्याउ । स्वार्थको चाका चुलीमा देशप्रति घात नगर्नु नै अहिलेको सच्चा कर्तब्य हाे ।
तरहरा, इटहरी २१ असार २०८०