लोकसंवाद संवाददाता | समाचार | असार २९, २०८०
काठमाडौँ । एकीकृत ट्रेड युनियन महासंघ, नेपालले एक प्रेस विज्ञप्ति जारी नेपाल सरकारद्वारा गठित न्यूनतम वेतन बोर्ड समक्ष परिवारलाई जीवन धान्न सक्ने गरी ज्याला बृद्धि गर्न माग गरेको छ ।
महासंघका महासचिव दिपक पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा वेतन बोर्ड बार्ता छलफल नगर्ने अनि एकले अर्कोलाई दोष लगाएर मजदुर माथि खेलबाड गर्ने गतिविधिको घोर भत्र्सना र निन्दा गरिएको छ ।
साथै विज्ञप्तिमा साउन १ गतेदेखि श्रमिकहरुलाई जीन धान्न पुग्ने गरी ज्याला निर्धारण गर्न माग गरिनुका साथै ज्याला निर्धारण नभएको खण्डमा देशभरका मजदुरहरुलाई आन्दोलनका लागि तयार रहन समेत अपिल गरिएको छ ।