राजबाबु श्रेष्ठ 'सागर' | साहित्य | असार ३०, २०८०
नोट - कृपया: यो समीक्षा नै कथासङ्ग्रह 'बेनामे जर्नेल'को पूर्ण व्याख्यात्मक विवरण हो भनेर नबुझि दिनुहोला आदरणीय पाठक जनले । यो त मात्रै मैले, विशाल समुद्र 'बेनामे जर्नेल' को एक लोटा पानी उबाएर एउटा सानो समीक्षात्मक बिरुवा रोप्ने कोसिस गरेको मात्रै हुँ । यत्ति बुझ्नुहोला पाठक जनले । 'के जूनको रापले आँगनमा सुकाइएका बिस्कुन सुक्छन् र ?' बिस्कुन सुक्न त आँगनमा घामै रोप्न पर्यो नि होइन र ? त्यसैले 'बेनामे जर्नेल' पूर्णरूपमा बुझ्न र पढेर आनन्द लिनको लागि 'बेनामे जर्नेल' पाठकले आफैँ पढ्नै पर्ने हुन्छ, यत्ति भनेँ मैले ।
समग्रमा भन्नुपर्दा कथाहरू निकै पठनीय, समाजिक र सन्देश मूलक बनेका छन्, भन्नै पर्ने हुन्छ मैले ।
धेरैले नचिनेका होलान् कविता र कथामा डा. राजुबाबु श्रेष्ठलाई र धेरैले नसुनेका होलान् यो नाम पनि । तर, जब गीतसङ्गीतका कुरा आउँछन्, 'पानीको फोका जस्तै फुट्यो हाम्रो माया' भन्ने यो बोलको गीत सायदै कमैले होलान् नसुनेका भन्छु म त । त्यसो त उनी नयाँ कथाकार भने पक्कै होइनन् । धेरै भए उनले कथाका हलो जोत्न थालेका नेपाली साहित्य बजारमा ।
उनी स्वयम् भन्छन्, 'मेरो कविता मेरी आफ्नै श्रीमतीले मन पराइनन् । कवितामा खासै गरी खान सकिन्न होलाजस्तो लागेर कविता लेख्न छाडिदिएँ भाइ ।’
एकदिन भेट्मा दिक्दार मान्दै उनी आफ्ना तिता अनुभूति ओकल्दै थिए, 'कविता सङ्ग्रहहरू खासै बिक्री भएनन् मेरा बजारमा । बरु, कथा सङ्ग्रह नै तेस्रो, चौथो र पाँचौँ संस्करणसम्म आए बजारमा । कविताबाट ओरालो लागेर गीत र कथा नै अँगाले हौ भाइ मैले त । यही दुई विधाले मलाई पहिचान दिए र राजुबाबु अर्थात् गीतकार र कथाकार बनाए मलाई ।'
उनका भनाइमा शाश्वत सत्य छछल्किएर बगिरहेका भने अवश्य थिए । हालसम्म उनका १६औँ कृतिहरू बजारमा आइसकेका छन् जसमध्ये ‘बेनामे जर्नेल’ कथासङ्ग्रह भने उनका सत्रौँ कृति तथा पछिल्लो कृति हुन् ।
'बेनामे जर्नेल' लाई चिरफार गर्दा लाग्यो, उनका १५ वटै कथाहरू सबै औसतमा राम्रा नै छन् तर सबै कथाहरू एकसे एक छन् भनेर भन्दा अलि अतिशयोक्ति होला कि भन्छु म । कथा “जङ्गे पिलर, यमलोकमा सहिदहरू, बेनामे जर्नेल, गुमनाम कमरेड, छोरीको बोझ, बाबु साहेबको छोरो, झ्यालको चेपबाट, फेब्रुअरी १४, बोर्डर पार, मुर्दा घरबाट, मेयर मोतीलाल र सलाम गोतामे कथाहरू निकै उम्दा र पठनीय रहेका छन् । तर उनका सबै कथाहरूमा उनका आफ्नै मौलिक विचार, दर्शन, जीवन दर्शन, समाज दर्शनदेखि लिएर एक छुट्टै आम कथाकारहरूभन्दा फरक चेतना, मार्गदर्शन र समाज सन्देशका प्रशस्तै सन्देशहरू पाइन्छन् भन्दा कत्ति पनि फरक नपर्ला भन्छु म ।
कथाका विषयवस्तु, घटना, परिवेश र पात्र चयन गर्दा, विशेष गरी कल्पनाको उडानभन्दा पनि, वास्तविक धरालतलमा ठिङ्ग उभिएर सुनेका भन्दा पनि जागिर कालमा आफ्नै आँखाले देखेका र भोगेका घटनाहरूलाई सिला खोजी कथाको डालोमा सजाई कथा सिउने थोरै काल्पनिक सियोद्वारा चरिच्याँट्ट पारी कथाको माला तयार पार्ने कार्यमा राजुबाबु एक निकै प्रवीण शिल्प कारी कथाकार हो भन्दा अतिशयोक्ति कत्ति पनि नहोला भन्छु म ।
'जङ्गे पिलर'भित्र प्रवेश गर्दा
सङ्ग्रहभित्रका पहिलो कथा 'जङ्गे पिलर' मा मुख्य पात्र भिखारी देवबाट सुरु हुन्छ । तर गाउँलेहरू उसलाई भिखुराम भनेर बोलाउने गर्छन् । भिखुरामको बुबाको नाम धनीदेव हुन्छ । यो नाम उसको हजुरबुबाले राखिदिएका थिए । धनी नाम राख्दै मा मान्छे धनी नहुने रहेछ भन्ने बुझेर उनले आफूजस्तै गरिब भएका कारण आफ्नो छोरोको नाम भिखारीदेव नै राखिदिन्छ । ओरिया खोला नजिकै हुन्छ उसको झुप्रो । त्यही ओरिया खोला किनारमै हुन्छ बडेमानको जङ्गे पिलर । जब जब ऊ राति निद्राबाट ब्यूँझिन्छ, झुप्रोको टाटीको प्वालबाट चिन्ताको दियो बाल्दै त्यो जङ्गे पिलरलाई कसैले ढालेकी भनेर हेर्ने गर्छ ।
हाम्रो समाज, हाम्रो देशको राजनीति अझै भनूँ विकृति के छ भने, यहाँ मुसो मर्दा पनि राष्ट्रिय समाचार बनेर आउने हाम्रो देश । तर भिखारीदेवका जङ्गे पिलरको सुरक्षाको लागि आफ्ना तीन पुस्ता सहिद हुँदा पनि कुनै राष्ट्रिय समाचार बनेन । अनागरिक नै मर्नुपरे भन्नेजस्ता दुःखेसो कथाद्वारा छताछुल्ल पोखेका देखिन्छन् लेखक ।
भिखारीदेवको हजुरबाले पनि नागरिकताको लागि पहल गरे तर पाएनन् । त्यसैगरी धनीदेवले पनि पहल गरे उनले पनि पाएनन् । बुबाको नागरिकता नभएपछि भिखारीदेवले पनि नागरिकता पाउने त कुरै थिएन । भिखुरामका तीनै पुस्ता अनागरिक मर्छन् । तर अनागरिक हुँदाहुँदै पनि देशको सीमा स्तम्भ ‘जङ्गे पिलर’को लागि भने एकमुठी सास रहुन्जेल दुस्मनसँग लडिरहेको कथा प्रस्तुत गर्छन् कथाकार राजुबाबु ।
यो हो राष्ट्रियता, यो हो स्वाभिमान, यो हो देश छातीमा अँगाल्नु भनेको भन्ने जस्ता कथाद्वारा कडा व्यङ्ग्यात्मक कटाक्ष सरकार र नेताहरूलाई प्रहार गरेको पाइन्छ लेखकले । ज-जसले ‘जङ्गे पिलर’ उखेले उनीहरूले नै नागरिकता पाए तर भिखारीदेव तथा भिखुराम, धनीदेव र भिखारीदेवको हजुरबाले नागरिकता पाएनन् भन्नेजस्ता विडम्बना पोख्छन् कथाकार । सिधा भन्नुपर्दा, यो भिखुरामको कथा तिनीहरूका कथा हुन् जो नेपाली हुन् तर अनागरिक छन् । तर देश दुख्दा, सीमा दुख्दा, स्वाभिमान झुक्दा भुतुक्क भई दुख्छन् तर अनागरिक रहनुपर्ने बाध्यता छन् । त्यतातिर राज्यले बेवास्ता गरी कानमा खोयोको ठेडी हाली बसेका छन् ।
अझै भन्नु पर्दा, सिमानामा बसोबास गर्ने अनागरिक असली नेपाली मधेसी धर्ती पुत्रहरूले सीमा स्तम्भ जोगाएका छन् भन्ने कुरा प्रस्ट्याउन खोजिएको देखिन्छ लेखकले यस कथाद्वारा । त्यसकारणले पनि कथा निकै नै मार्मिक र शाश्वत सत्यतथ्य घटनामाथि उनिएको निकै पठनीय बनेको छ । र यो कताकता मधेसी र धोती भनी हेप्ने प्रविधिका नेपालीहरूलाई पनि कथाद्वारा कडा चड्कन लगाइएको पनि देखिन्छ भन्ने लाग्छ मलाई ।
'यमलोकमा शहिद हरू ' भित्र छिर्दा
यस कथामा, कथाकार राजुबाबु स्वयम् आफू सपनामा यमलोकको महाराज बनेका देख्छन् र यमलोकमा समेत नेपाल च्याप्टरलाई लिएर बहस भएको विषयलाई निकै कलात्मक ढङ्गले 'यमलोकको कथा' लाई स्वैरकल्पनाको शिल्प शैलीको कूचीद्वारा ऐतिहासिक माओवादी ६२र६३को जनयुद्धलाई लिएर कडा व्यङ्ग्यात्मक प्रहार गर्दै मिठो रङ् इन्द्रेणीले लपक्कै पारी पोतेका पाइन्छन् ।
साँच्चै भन्नुपर्दा, यस कथामा कथाकारले जुन स्वैरकल्पनाको शिल्प शैलीको प्रयोग गरे मेरा आँखाअघि ठ्याक्कै मह जोडीले प्रदर्शन गरेका 'यमलोक' प्रहसनको प्रतिविम्ब ठिङ्ग उभिएका अनुभूति भएर आयो । नेपालीहरूले जबर्जस्ती विभिन्न पार्टी, संघसंस्था र मोर्चा गठन गर्दै मान्छे कुट्नेपिट्नेदेखि लिएर नारा जुलुस र बन्द हड्तालजस्ता कार्य गर्दै यमलोक पनि नेपालजस्तै दुषित राजनीतिको शिकार बन्दै गइरहेको भन्ने कडा व्यङ्ग्य गरेका देखिन्छन् । जस्ता माओवादीहरूका द्वन्द कालमा उदण्ड देखिन्थे त्यस्तै उदण्ड कायम राख्दै यमलोकमा पनि मोर्चा गठन गर्दै जनयुद्धमा मारिएकाहरूलाई मोर्चाले मनपर्दी सहिद घोषणा गरेका व्यङ्ग्यको रूपमा पुष्टी गरेका छन् ।
भर्खरै सहिद घोषणा भएका सहिदहरू वास्तविक सहिद हुन् कि होइनन् भन्ने बारेमा देशका लागि आफूलाई आहुति दिई अल्प आयुमा सहिद भएका नेपालबाट आइएका चार आदरणीय सहिदहरू धर्मभक्त माथेमा, दशरथचन्द, गङ्गलाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरूलाई सोधेर पत्ता लगाउनु भनी वरिष्ठ यमदूतलाई महाराज आदेश गर्छन् ।
यत्तिकै मा एउटा ख्याउटे पत्रकार आएर यिनीहरु असली सहिदहरू होइनन् र यिनीहरुलाई आदरणीय चार सहिदहरू जस्ता सहिद भनी घोषणा नगरियोस् महाराज । यिनीहरु जबर्जस्ती यमलोकमा आएर सहिद घोषणा गरिएका हुन् महाराज । यिनीहरु हत्यारा र महात्याचारी हुन् । यिनीहरू कै ज्यादती र हत्याका कारण हामी पनि यमलोकमा आउनुपरेको भन्दै गुनासो पोखेको व्यङ्ग्य प्रस्तुत गरेका छन् लेखकले । कथामा द्वन्द्वमा मारिएकालाई सहिद घोषणा रद्द भएपछि मोर्चाहरू फेरि यमलोक र महाराजको बिरुद्ध मुर्दावाद गर्दै नारा र जुलुस लगाएका जस्ता घट्ना प्रस्तुत गर्छन् लेखक ।
यस कथाद्वारा लेखकले दिन खोजिएको सन्देश के बुझिन्छ भने : मौका पाए यी पार्टीवाद नेताहरू र कार्यकर्ताहरूले मरेपछि पनि यमलोक र स्वर्गजस्ता पवित्र ठाउँमा पनि दुषित राजनीति गर्न नछाड्ने रै’छन् भन्ने गहिरो सन्देश दिएको स्पष्ट बुझिन्छ ।
'बेनामे जर्नेलु भित्र छिर्दा
यो कथा सर्बियन भाषी 'बेनामे जर्नेल’' क्रायनावासी आर्मीकी छोरी सेब्रन्काको बारेमा बुनिएको कथा हो यो । एकदिन सर्बियन 'बेनामे जर्नेल'सँग नमस्ते गर्ने सिलसिलामा उनको घर जाने अनुमति पाउँछन् कथाकार राजुबाबुले । यसैगरी उनले पटकपटक घरमा आउने निम्तो पाउँछन् र उनको घरमा गएर सेब्रेन्कासँग हेलमेल हुने वातावरण जन्मिन्छ कथाकारको । यसै सिलसिलामा 'बेनामे जर्नेल' की छोरी सेब्रन्कासँग कताकता मन साटिएको अनुभूति हुन्छ र भेट्न पाए पनि हुन्थ्यो जस्तो बनाउँछ कथाकारलाई । किनकि: कथाकार स्वयम् पनि कथानुसार तेतिखेर अविवाहित प्रष्टिन्छन् । एकदिन कथाकार ५५५ को एक बक्सा चुरोट र एक बोत्तल ह्विस्की लिएर घर पुग्छन् र आतिथ्य सम्मानित हुने सौभाग्य प्राप्त गर्छन् ।
सेब्रेन्का र कथाकारको आँखामा आँखा जुध्छन् र प्रेम टुसाउँछ । प्रेम आँखै हुँदै सम्भावनाका मायाका गोरेटो हुँदै हृदयको गाउँसम्म पुगेको अनुभूति दुवै जनलाई हुन्छन् । यसै बिच सेब्रेन्काले आफ्ना सबै बीभत्स अतीत प्रेम कहानी पोख्छिन् कथाकारसँग । यही एकदिन थिए उनीहरूका बिच आत्मीयता साट्ने दिन ।
त्यसको ठिक छ दिनपछि क्रोएसियन सेनाले क्रायनामा आक्रमण गर्छन् । त्यो आक्रमणमा सबै पुरुषहरू मारिन्छन् । यहाँसम्म कि, सेब्रेन्काको पिता आर्मी जर्नेल र भाइ पनि मारिन्छन् । सबै तहसनहस हुन्छन् । सेब्रेन्का र आमा क्रायना छाडेर जाँदै गर्दाको सेब्रेन्कासँग बिछोडिएका घट्नाका बारेमा कथाकार राजुबाबुले निकै बीभत्स पाराले पाठकलाई नै बगाउने गरी निकै गम्भीर कलमको शक्ति लेखकीय शिल्प शैलीद्वारा बुनेको देखिन्छ ।
कथा पढ्दै जाँदा धेरै ठाउँमा म पनि भत्किएको अनुभूति भयो भन्दा कत्ति पनि अतिशयोक्ति नहोला भन्छु म । तर मलाई खट्किएको के भने, यो कथा शीर्षक बेनामे जर्नेल नभएर सेब्रेन्का हुनुपर्थ्यो कि भन्ने लाग्यो । किनकि: यो कथामा पिता जर्नेलभन्दा चारैतिर सेब्रेन्का धपक्क भएर उज्यालिएकी छिन् । तर मेरो रायसँग कथाकार भने सहमत नहुन सक्छन् ।
'छोरीको बोझ' भित्र छिर्दा
यो कथामा विशेषगरी आमा नै छोरी माधुरीको लागि निगेटिभ पात्र अथवा दुस्मन बनेकी देखाइएका छन् कथाकारले । त्यतिमात्रै होइन, गाउँघरमा चलि आएका शाश्वत भनाइ “पोथी बस्नु राम्रो होइन” भन्ने उखानलाई पनि साबित गरिदिएका छन् कथाद्वारा । गाउँघरमा यदाकदा हुने गरेका आफ्नो पतिलाई सलक्कै निल्ने मूर्ख महिलाहरूका क्यारेक्टर एउटी आमा पात्रद्वारा मजाले प्रष्ट्याएका छन् कथाकारले । यस्ता आमाहरू फुकेर आगो आफ्नै झुपडीमा ताली पिट्ने स्वाभाव की हुन्छिन् भन्ने स्पष्ट पारेका छन् ।
एकदिन राजा साहेब मरेका खबर दुधकलीको कानमा पनि पर्छ । साँझपख टालोमा पोको पारी सन्दुकको कुनामा राखेको सुनको औँठी झिकेर छोरो सूर्यविक्रमको औँलामा लगाइदिन्छे र छोरोको अनुहारमा धपधपी बलेको राजासाहेबको अनुहार दुधकलीले देख्ने यो दृश्यले मलाई निकै भावुक बनायो र चलचित्र हेरेझैँ अनुभूति भएर आयो मलाई ।
आफ्नो छोरीलाई भने बोझ सम्झिने तर भोलालाई भने, 'तैँले धेरै पढेर स्वास्नी पाल्नुपर्छ ।' भन्छिन् । तर यसको ठिक उल्टो उनी स्वयम् भने छोरी माधुरीको लागि पैसावाल भए पुग्ने तर अनपढ ज्वाइँ खोज्नमा तल्लिन रहन्छिन् । उनी यस्तै कुरामा छोरी माधुरीलाई बिहेको लागि बाध्य पार्न फोर्स गर्छिन् । तर माधुरी भने पढ्ने कुरामा जोड् गर्छिन् । यस्तै यस्तै कुराहरूमा आमाछोरीको कलहको आगो सल्किरहन्छन् घरमा भन्ने देखाइएको छ ।
एकदिन यस्तै कुरामा, छोरीले आमाको बिहे गर्ने कुरा नमान्ने भएपछि छोरीलाई बाध्य पार्न स्टोभ र सलाई ल्याई छोरीको सामुन्ने राखिदिन्छिन् र भन्छिन्, 'कि त मैले भनेकी केटासँग बिहे गर् कि त मट्टितेल छर्की र आगो लाई मर् ।’ माधुरी यही झोकमा केही देख्दिनन् र मट्टितेल छर्केर सलाई कोरी आगो लाउँछिन् आफैँलाई र मर्ने कोसिस गर्छिन् । तर बुबाले मण्डीले छोपेर छोरी माधुरीलाई बचाउँछन् र उपचार गर्न वीरगंज लैलान्छन् छोरीलाई ।
माधुरीले आफू निको भएपछि पनि पढाइ जारी राख्छिन् र प्लस टू पास गर्छिन् । पछि फेरि आमाको बिहेको दबाब आउन थालेपछि आफैँले मन पराएकी केटो क्लास मेट भोलालाई सँधै को लागि आफूलाई समर्पण गर्न घर गाउँ, परिवार र नाता सम्बन्ध सबैलाई छाडी राति घरबाट निस्किन्छिन् ।
यस कथामा कथाकारले गाउँघर र समाजमा भएका विकृति र विसङ्गतिलाई थोरै भए पनि चिर्न खोजिएका देखिन्छन् । तर आमाको हठको कारण पछि छोरी नै हारेको देखाएका छन् । कताकता यसमा कथाकार कहीँ चुकेकी भन्ने लाग्छ मलाई । छोरीलाई अन्तिमसम्म पढाइमा वीरता हासिल गरेकी र आमाले पनि आफूलाई आफ्नो गल्ती स्वीकार गरेको देखाउनु पर्थ्यो कि भन्ने मात्रै मेरो जिज्ञासा । पाठकहरूलाई भने मलाई लागेको नलाग्न पनि सक्छन् ।
'गुमनाम कमरेड' भित्र छिर्दा
देश फेर्ने नाउँमा जनयुद्धपछि निम्त्याइएका राजा फालेर स्थापित भएका नयाँ राजाहरूका ब्रह्मलुटलाई लिएर आफ्ना असन्तुष्टिहरू जम्मा पाँच दृश्य बनाएर बडो रोचकीय नाटकीय शैलीमा पस्केका छन् कथाकार राजुबाबुले । एकाबिहानै जनसेनाका हतियारधारी जत्था घ्यार गाउँमा पुग्छन् । घ्यार गाउँमा उक्लिएपछि माइली घ्यारको घर पुग्छन् र भन्छन्, 'हामी तपाईंका श्रीमान र छोरोले दिएका बलिदान त्यसै खेर नजाओस् भनेर फेरि गाउँमा आएका छौँ । हामीलाई आशीर्वाद दिनुहोस् ।’ तर माइली घ्यारलाई कमाण्डरका यस्ता वाहियात कुराले कुनै प्रभाव पार्दैनन् । किनकि: उनी शून्य बनेकी छिन् । श्रीमान र छोरो त्यही जनयुद्धले मारिएका घट्ना कहिल्यै बिर्सन नसकेर विक्षिप्त बनेकी हुन्छिन् ।
जनसेनाका उपस्थितिले माइलीलाई खुसीभन्दा झन् उनी आफूभित्र पीडाको आगो सल्किएको अनुभूति गर्छिन् । देशमा गणतन्त्र आएपछि, उनकै घरमा आएर आटोरोटी नुनमा चोबेर खाने नेताहरू प्रधानमन्त्री हुँदा पनि उनको दैलोमा खुसी मुस्कुराउन नसक्ने जस्ता बिरक्तिएका समाचारहरू उनले रेडियोद्वारा दिनुहुँ सुनिरहेकी नै हुन्छिन् । कमान्डरले गाउँलेहरू सबैलाई सम्झाउने कोसिस गर्छन् र कुरा अझै थप्दै जान्छन् । उनी भन्छन्, 'अहिले कम्युनिस्टको होइन 'कमाउनिस्ट' को शासन छ देशमा । हामी उनै भ्रष्ट र नयाँ राजाहरूका विरुद्धमा हाम्रा कमरेड विप्लवको विचारधारालाई बोकेर युद्धमा होमिएका छौँ ।’
माईली घ्यार पनि आफ्ना श्रीमान र छोरा मारिएका कुरालाई लिएर खनिन्छन् उल्टै कमान्डरकै विरुद्ध । जनयुद्धमा मारिएका सबैका लासहरू प्राप्त भए तर माइलीका श्रीमान बखते र छोरो सन्तेको न लास भेटे न त सहिदमा नै नाम लेखिए । जनयुद्धमा मारिएका प्रत्येक सहिदहरूका नाममा राहतको रूपमा सरकारले खलङ्गामा बाँडेका त्यो दस लाख राहात पनि नामै नभएका कारण माइलीले पाउन सक्दिनन् ।
यसरी देशकै अनुहार फेर्ने बहानामा बाबु जनसेनाको साथ लागेर गुमनाम भए भने छोरो सन्ते जनसेनाहरूलाई भोज खुवाउने आरोपमा नेपाल सरकार आर्मीले लगी बेपत्ता पार्छन् । यसरी माइलीका दुवै लोग्ने र छोराका यो बीभत्स कथा मात्रै नभई विम्बात्मक रूपमा पूरै देशकै छोराहरू गुमनाम भएका बीभत्स कथा हुन् यो कथा भन्दा कत्ति पनि फरक नपर्ला भन्छु म ।
'बिहे नभएको लोग्ने' भित्र छिर्दा
म पात्र अथवा छोरी पात्रबाट कथा पस्किएका छन् कथाकार राजुबाबुले । यस कथामा आफ्नै घरमा काम गर्ने टुहुरो केटो हरिदास बाहेक लेखकले कसैका नाम खोलेका छैनन् । बाआमा दुर्घटना परेर मरेपछि उनको बुबाले घरमा ल्याएर पालेका हुन्छन् हरिदास भन्ने केटोलाई । हरिदास छोरीभन्दा एक वर्षले जेठो हुन्छ ।
एकदिन चप्पल चिप्लेर उनको(छोरी)को खुट्टा सिसाले काटिन पुग्छ । त्यो पीडाले उनी बेस्सरी रुन्छिन् । रोएको सुनेर हरिदास दौडिएर आउँछ र खुट्टामा गाडिएको सिसा झिकी फाल्छ । उसले गम्छाले बाँधिदिन्छ र गाडा खोज्न जान्छ । तर गाडा कहीँ नभेटेपछि हरिदासले उनलाई दुई हातले बोकेर हेल्थ पोस्ट लगेर उपचार गराउँछ । हो, यहीँबाट कथामा कथाकारले ट्वीस्ट ल्याएका देखिन्छन् । त्यसै दिन हो, हरिदासको पहिलोपटक उसका बलिष्ठ पाखुरीले आफ्ना स्तनलाई स्पर्श गर्दै न्यानो राप तापेकी अनुभूति गर्छिन् उनी । त्यही घटनादेखि हरिदास उनको मनभित्र प्रेमको रूपमा फुल्न पुग्छ ।
एकदिन बुबाले छोरीलाई शङ्खरपुरका आफूभन्दा पनि धनी जमिन्दारको छोरोसँग बिहेको कुरो चलेको घोषणा सुनाउँछन् घरमा । यसरी शङ्खरपुरको धनी मानी तर लिखुरे केटासँग उनको विवाह हुन पुग्छ । घरमा नोकर चाकरदेखि लिएर कुनै कुराका कमी भने थिएनन् । तर उनले खोजेकी जस्तो सपनाको लोग्ने हुँदैन त्यो लिखुरे लोग्ने । लोग्नेमा उनी लोग्नेजस्तो सुवास पाउँदिनन् । आफ्नो लोग्नेभन्दा हरिदासै कयौँ गुणा गुणवान् लाग्छ उनलाई । उनी यस्तै कुराले मनमनै पिरो लिन्छिन् ।
जति जति दिन बित्दै जान्छ उति उति उनको मनबाट लोग्ने प्रतिको माया मर्दैजान्छ । लोग्नेको माया जतिजति उनको मनबाट मर्दै जान्छ त्यति त्यति हरिदास उनको मनभित्र उम्रेर झ्याङिदै जान्छ । राति लोग्नेसँग सुते पनि मनभित्र हरिदासकै अँगालोमा बेरिएकी अनुभूति हुन्छ उनलाई । लिखुरे लोग्नेको स्वास्नी बने पनि तर उनी भने हरिदासकै स्वास्नी बन्ने रहर हुर्काइरहन्छिन् आफ्नो मनभित्र । यसरी हरिदास भने विना विवाहकै उनको लोग्ने बनिरहन्छ ।
उनलाई आफ्ना बाआमा बिराना लाग्छन् तर हरिदास भने आफ्नो नभएर पनि उनलाई एकदमै आफ्नो लाग्छ । हरिदास लोग्ने नभएर पनि लोग्नेभन्दा प्यारो लाग्छ उनलाई । न उनले लिखुरे लोग्ने देखिको सम्बन्ध तोड्न सकिन् न त उनले बा-आमाका मर्यादालाई आगो फुक्न सकिन् । न त उनले आफ्नै दिलभित्र फुलेको हरिदासकी स्वास्नी भएर बस्न सकिन् । यहि त्रिकोणात्मक रनभुल्लमा रुमलिइरहन्छिन् उनी ।
'बाबु साहेबको छोरो' भित्र छिर्दा
बाबुसाहेब अथवा गाउँकै राजा साहेब कर्ण विक्रम बाबुसाहेब । उनी घोडा चढेर गाउँ पस्दा उनका खुट्टा छुनका लागि गाउँलेहरूले तँछाडमछाड गरेका धेरै चोटी देखेकी छे उसले । ऊ अर्थात् उजेली र बखतरामकी छोरी दुधकलीले ।
राजासाहेब आफू बड घरमा बस्ने गर्थे भने गाउँलेहरूलाई छोट घरमा गएर भेट्ने गर्थे । तर त्यो छोटघरमा गाउँका दलितलाई भेट्ने इजाजत थिएन । गाउँका दलितहरू आउँदा भेट्न भनी घरको पर्खाल नजिकै ढुङ्गाको छानो हाली बनाइएको हुन्छ एउटा हावा घर ।
बखतराम राजा साहेबको बाली दर्जी हुन्छ । राजासाहेबको घरमा बच्चैदेखि बुबा बखतरामसँग साथ लागेर धेरै पल्ट गएकी हुन्छे दुधकली पनि । बुबाले यही हावा घरमा उभेर राजासाहेबका लुगा नापिरहँदा ऊ राजासाहेबका घरका चारैतिर नजर डुलाउने गर्छे । उमेर बढ्दै गएपछि ऊ एक्लै लुगा पुर्याउन र ल्याउन बडघर जान थाल्छे । केही महिनादेखि राजासाहेबको गिद्धेनजर उसको यौवनमाथि कमिलाजस्तै सलबलाइ रहेका उसलाई पत्तै हुँदैन ।
एकदिन दुधकलीले नसोचेको घट्ना घट्छ । दुधकली बिहानै लुगाको पोको बोकेर बडघर जान्छे । तर कसैलाई नदेखेर पोको बाहिरै राखेर घर पर्खन लाग्दा राजा साहेबले दुधकलीलाई आफ्नो वशमा पार्छन् । तर राजासाहेबको कुनै प्रतिकार गर्दिन उसले । सुरुमा दुधकलीलाई अलि अड् लागे पनि पछि ऊ यौनान्दको संसारमा पुग्छ । राजासाहेबको बुढो अनुहारमा सूर्यको जस्तै तेज देख्छे दुधकलीले ।
यस्तो क्रम भने राजासाहेब र दुधकलीबिच सामान्य रूपमा चल्दै गर्छ । एकदिन साँझमा दुधकली अँध्यारो मुख लगाएर बडघर पुग्छे । सँधै बिहानै आउने दुधकली साँझ आएकी देखेर राजासाहेबको सातोपुत्लो उड्छ । उसले आफू गर्भवती भएकी राज खोल्छे । राजा साहेबले पनि उसको उदार गर्ने हेतुले श्रीमती मरेकी बिधुर केटो खुसीरामसँग विवाह गराउँछन् ।
सात महिनापछि जन्मेको छोरो ठ्याक्कै राजासाहेबको अनुहारको जन्मिन्छ । उसले आफ्नो छोरोको अनुहार घामजस्तै तेजिलो भएकोले सूर्यविक्रम नाम राखिदिन्छे । सूर्यविक्रम जन्मिएको तीन वर्ष भएपछि माओवादी जनयुद्ध सुरु हुन्छ देशमा । दुधकलीलाई राजासाहेबको निकै गहिरो माया लागेर आउँछ र गाउँबाट भाग्नू भनी सल्लाह दिन्छे । राजासाहेबले माझी औँलाको सुनको औँठी खोली छोरो ठुलो भएपछि बाउको निशानी भनी दिनू भनेर दिन्छन् ।
राजासाहेबले गाउँ छाडेपछि जनसेनाले बडघर र छोट घर दुवै जलाइदिन्छन् । दुधकलीलाई राजासाहेबको निशानीको रूपमा भने उनले दिएको माझी औँलाको सुनको औँठी र सूर्यविक्रम मात्रै रहन्छन् । छोरोको उमेर बढ्दैजाँदा छोराको रूपरङ्, बोली र व्यवहारमा दुधकलीलाई ठ्याक्कै राजासाहेबकै झझल्को आउँछ ।
एकदिन राजा साहेब मरेका खबर दुधकलीको कानमा पनि पर्छ । साँझपख टालोमा पोको पारी सन्दुकको कुनामा राखेको सुनको औँठी झिकेर छोरो सूर्यविक्रमको औँलामा लगाइदिन्छे र छोरोको अनुहारमा धपधपी बलेको राजासाहेबको अनुहार दुधकलीले देख्ने यो दृश्यले मलाई निकै भावुक बनायो र चलचित्र हेरेझैँ अनुभूति भएर आयो मलाई ।
यो कथाले तत्कालीन जनयुद्ध र राजनीतिका बारेमा मजाले चिरफार गरेको पाइन्छ । र सबै राजा साहेबहरू गलत नै हुन्छन् भन्ने होइनन् भनेर पाठकहरूलाई कथाद्वारा प्रष्ट्याउन खोजेको हो भन्ने बुझिन्छ पनि । कुनै कुनै दुधकली र बखतरामका लागि भगवा नै पनि साबित हुन्छन् भन्ने थप अझै प्रस्ट्याउनु खोजेको देखिन्छ कथाद्वारा ।
'झ्यालको चेपबाट' भित्र छिर्दा
यो कथा पनि म पात्र अथवा नारी पात्र माधवीबाट उठान गरिएको छ । भर्खरै अमेरिकाबाट पढाइ सकेर फर्केका एक नवयुवकको मुस्कानलाई मुस्कुराएरै मिठो जबाफ दिदा, यही जबाफले हो उनलाई झ्यालको चेपबाट हेरूँ हेरूँ बनाउँछ । यसरी उनले झ्यालको चेपबाट केटोलाई चिहाउन थालेको धेरै हुन्छ । छोराछोरी स्कूल गएपछि घरमा छाउने शून्यतालाई भने चोरी चोरी हेर्ने उनको आफ्नै चिहाइले उनी आफैँ आनन्दित हुन्छिन् ।
त्यो अपरिचित पुरुषको रूप र बलिष्ठ ज्यानले उनलाई निकै ऊ तर्फ तानिरहेको अनुभव गर्छिन् उनी । उसलाई आफ्नो पतिसँग दाँज्दा पतिप्रति खिन्न अनुभूति हुन्छ उनलाई । उनी आफू बिहेपछि घरमा गुम्सिनुपर्दा आफूलाई बन्धनमा परेकी जस्तो अनुभव गर्छिन् । उनी आफू चाहेर पनि उसको हुन नसक्ने अवस्थाको विपरित पनि उनी झनै नजानिँदो पाराले ऊ प्रति उनी तानिँदै गैरहेकी हुन्छिन् ।
उनी आफू सबकुराबाट पूर्ण र सम्पन्न भएर पनि र पतिबाट पाउनुपर्ने नाम, दाम र प्रतिष्ठा पाउनुको वावजुद पनि आफैँभित्र हजारौँ असन्तुष्टिका प्रश्न उठ्नुका कारण खोजिरहन्छिन् । उनी आफैँ दैखि स शङ्कित हुन्छिन् । झ्यालको पर्दा लगाएर आँखा चिम्म गरी केटोलाई जति जति आफ्नो स्मृतिबाट लखेट्ने प्रयत्न गर्छिन् उति उति ऊ झनै मस्तिष्कमा कुदि कुदि आफैँ तिर आइरहेको अनुभूति गर्छिन् ।
माधवी आफूले सपनामा नै त्यो अपरिचित पुरुषलाई आफू समर्पित गरेकी देख्छिन् । नारी भएर जन्मिनुको पूर्ण सार्थकता प्राप्त गर्छिन् ऊबाट माधवी आफू । सपनामा त्यो अपरिचित बलिष्ठ पुरुषलाई आफूलाई समर्पित गरेको देखेपछि त उनी झनै उसको सामीप्यको लागि तड्पिएको अनुभूति गर्छिन् ।
कथाकारले कथालाई निकै मिठो उपन्यास शैलीमा ह्यान्डसम् परपुरुषलाई लिएर नारीको मनभित्र उब्जिने एक मनोविज्ञानलाई लिएर कथा उनेको देखिन्छन् । तर यसरी विवाहित हरेक नारीले यस्तै मनोविज्ञान आफूभित्र उमार्न थाले भने समाज कतातिर जालान् त भन्नेमा पनि कथाकार अलि सजक हुनुपर्छ कि भन्ने लाग्छ मलाई ।
'फेब्रुअरी १४' भित्र छिर्दा
यस कथामा कथाकार राजुबाबुले दुईवटा पात्र कमला र सुन्दर सिर्जना गरी ६२र६३ को जनयुद्धले २४० वर्षीय निरङ्कुश शासन लगायत राजसंस्था फाल्न सही थिए वा गलत थिए भन्ने बारेमा निकै गहकिलो गरी दुईजना पात्र पात्रबिच सवाल जबाफका रूपमा एउटा गम्भीर दर्शन निर्माण गरेका पाइन्छन् ।
कथाकारले पुरुष पात्र सुन्दरलाई राज्य पक्षबाट खडा गरेका छन् भने कमलालाई माओवादी जनयुद्धका लडाकु कमान्डरको रूपमा प्रस्तुत गरेका छन् । यी दुई पात्र बिच तयार पारिएका नाटकीय संवादलाई सही अथवा गलतलाई लिएर चर्को गम्भीर बहस निर्माण गर्दै ६२र६३ को जनयुद्धले निम्तिएका निराशाप्रति कथाकारले एउटा आफ्नै विचार र दर्शन निर्माण गरेका पाइन्छन् ।
कथाकारले सुन्दर सही अथवा राजसंस्था सही थियो भन्नेमा जोड दिएका छन् भने कमलाले अपनाएकी बाटो अथवा ६२र६३ जन आन्दोलन नितान्त गलत थियो भन्नेमा कमला पात्रद्वारा साबित गर्ने कोसिस गरेका कुरा स्पष्ट देखिन्छन् । अझै स्पष्ट भन्नुपर्दा, कथाकार राजुबाबु स्वयम् नै नजानिँदो रूपमा जन आन्दोलनलाई नितान्त रूपमा गलत थिए भन्नेमा स्पष्ट देखिन्छन् । कथाकार राजुबाबु मात्रै किन रु अहिले वर्तमान सम्पूर्ण देशवासीका यही राय छन् ।
कथाकारले यस कथामा सुन्दर र कमलालाई पूर्व प्रेम जोडीका रूपमा पनि प्रस्तुतत गरेका छन् । कमला जनयुद्धदेखि सन्तुष्ट नभएर क्यान्टोन्मेन्ट क्याम्पबाट राति भागेर सुन्दरलाई भेट्न आउँछे । उसलाई लाग्छ, सुन्दर सही थियो र आफैँ गलत बाटोतिर लागे छु भन्ने । कथाकारले सुन्दर पात्रद्वारा भनिएको संवाद, 'कमला, कुनै दिन तिमीलाई गलत बाटोतिर लागिएछ भन्ने लागेमा मलाई सम्झिनु । म तिम्रो पर्खाइमा छु ।' भन्ने सम्झेर सुन्दरलाई सँधैका लागि आफू समर्पण गर्न आएकी घटना प्रस्तु गरेका छन् ।
म भन्छु, सुडान मात्रै होइन किस पूरै गल्फ कन्ट्रीभरी नै पनि पत्नी पाल्ने हैसियत नहुनेहरूलाई भने विवाह गर्न निकै कठिन छन् । किनकि, केटीलाई महर दिएर विवाह गर्नुपर्ने हुन्छ । किनभने, इस्लाममा विवाह पश्चातः नारीको अस्मितासँग खेल्न पाइँने छुट भने कदापी छैनन् कुनै पुरुषहरूलाई पनि ।
घटना, पात्र, संवाद र कथा बुनोट निकै रोचक शैली पूर्ण सनसनी बनेका छन भन्दा कत्ति पनि अतिशयोक्ति नहोला भन्छु म । त्यसैले कथा नितान्त पठनीय र दर्शन मूलक छ भन्दा फरक नपर्ला ।
'बोर्डर पार'भित्र छिर्दा
यो कथामा कथाकारले वीरगंज बोर्डर छेउमा बस्ने सामान ओसारपसार गर्ने महिला तस्करीहरूका जीवन्त घट्नाहरूलाई ४ दृश्यमा मिठो नाटकीय र निकै मार्मिक कथात्मक शैलीमा उनेका छन् ।
तेतरी र शेख हसिनाका पति रामदेव र जमिम निकम्मा रहेका कारण तेतरी र शेख हसिनाले बोर्डरमा यसरी शास्ति भोगेर घर चलाउँदै आउँदा कहिलेकाहीँ बोर्डर टाइट्हुँदा राती राती खोला तरेर साहुको सामान बुझाएर घर फर्कंदा पनि लोग्ने रामदेव र जमिमले नाना भातिका शंका, उपशंका र चरित्रमाथि नै आरोपहरू लगाउनु मात्रै नभई कुट्पिट्सम्म गर्नेजस्ता महिलाका निकै दयनीय घट्नाहरूका साथसाथै बीभत्स घिन् लाग्दा पुरुष चरित्रका वास्तविक चित्रण गरेका पाइँन्छन् कथाकारले ।
कहिलेकाहीँ यिनीहरूका पुलिसहरूसँग निकै ठुलो लफडा पनि पर्ने गर्छन् । त्यसैले यिनीहरू बोर्डरमा घुस खाने पुलिस र कर्मचारी मन पराउँछन् । बोर्डरमा इमान्दार पुलिस र कर्मचारी पो आउलान् कि भन्ने यिनीहरूका मनभित्र सन्त्रास झ्याङ्गिइबसेका देखाएका छन् कथाकारले ।
यस कथामा सबैभन्दा पढ्दै जाँदा आङै जिरिङ्ङ पार्ने घटना भनेको तेतरीको घटना देखिन्छ । राति एक बजेसम्म पनि पुलिसहरूले खोला तर्ने पुल नछाडेपछि पुलिस र तस्करी महिलाहरूका बिच निकै डरलाग्दो मुठभेटमा पेटमा गोली लागेर मर्न बाध्य हुने तेतरीको घट्नाले कथा पढ्ने जोकोहीका पनि मुटु एक पल्ट हल्लिन्छ भन्दा अतिशयोक्ति नहोला भन्छु म । मलाई के पनि लाग्छ भने, यस कथाद्वारा कथाकार पाठकहरूलाई हाम्रो देशको वास्तविक बीभत्स स्थिति यस्तो पनि छन् है भनेर पस्किन खोजेको देखिन्छ ।
'मोहम्मदीको चकलेट' भित्र छिर्दा
यस कथामा कथाकार स्वयम् नै शान्ति प्रक्रिया स्थापना गराउने उदेश्यले युएन प्रहरी भएर सुडान पुगेका वास्तविक घटना भन्ने बुझिन्छ । सँगै काम गर्ने स्थानीय दोभाषे अल बागिरले परिचय गराएको हुन्छ स्थानीय दोभाषे मोहम्मद मोहम्मदीलाई कथाकार राजुबाबुसँग भन्ने बुझिन्छ कथा पढ्दै जाँदा ।
ऊ चकलेटको प्याकेट बोकेर कथाकारको कोठाभित्र प्रवेश गर्छ । त्यो चकलेट कुनै छोरा अथवा छोरीको जन्मोत्सवको होला भन्ने बुझ्छन् कथाकार तर त्यो चकलेट कुनै जन्मोत्सवको नभई दोस्रो विवाहको खुसीको लागि बाँडिएको भन्ने रहस्य खुल्छ पछि । दोस्रो पत्नी आठ महिनाकी गर्भवती छिन् भन्ने रहस्य खुल्दा कथाकार आफैँमा टोलाउन थालिएको देखिन्छ । किनकि तिनै गर्भवती पत्नीलाई 'अमिस सप' को क्यान्टिनमा कफी पिउँदा परिचय गराएको हुन्छ उसले, ऊ अथवा मोहम्मद मोहम्मदीले । कथाकारलाई त्यही बुर्काले ढाकिएकी अनुहार झल्झली झल्किरहन्छ ।
कथाअनुसार कथाकारलाई मुस्लिम सरिया (कानुन)को बारेमा पनि निकै ज्ञान भएको पनि देखिन्छ तर इस्लामको बारेमा भने धेरै कुराहरू बुझ्न अझै बाँकी रहेछन् कि भन्ने देखिन्छ । किनभने: इस्लाममा चार ओटीसम्म विवाह गर्ने स्वीकृति पाइँने प्रावधान छन् तर चार ओटीलाई नै पहिलो पत्नी बराबर कुनै अन्याय नगरीकन राख्ने हैसियत भएमा मात्रै । पैसा र जागिर नुहुनेका लागि विवाह गर्नु भनेको सुडानमा सपनाजस्तै हो भनी प्रष्ट्याएका छन् । म भन्छु, सुडान मात्रै होइन किस पूरै गल्फ कन्ट्रीभरी नै पनि पत्नी पाल्ने हैसियत नहुनेहरूलाई भने विवाह गर्न निकै कठिन छन् । किनकि, केटीलाई महर दिएर विवाह गर्नुपर्ने हुन्छ । किनभने, इस्लाममा विवाह पश्चातः नारीको अस्मितासँग खेल्न पाइँने छुट भने कदापी छैनन् कुनै पुरुषहरूलाई पनि ।
यो कथामा भने मलाई खासै अरू कथाजस्तो स्वाद भने आएन । यो मात्र मलाई ठाउँ, देश, जात र धर्मको बारेमा छोटो टिप्पणीजस्तो मात्रै लाग्यो । कथामा कथा नै झल्किनुपर्छ भन्ने लाग्छ मलाई । यो पनि मैले पाठकलाई नै छाडिदिएँ ।
'मुर्दाघरबाट'भित्र छिर्दा
यो कथा पनि म पात्र छोरीबाट अर्थात् सोनीबाट सुरु गराएका छन् कथाकारले । बाँच्ने अनेकौँ उपायहरू हुँदाहुँदै पनि आफूलाई मुक्ति दिनुको एउटै उपाय रोज्छिन् सोनीले ।
आफ्नो पिताको नाउँ चार गाउँसम्म फैलिएका भए तापनि पति घरले आशा गरेजस्तो सुनचाँदी, खेतबारी र दुलाहको पढाइमा लागेको खर्चको फेहरिस्त अनुसारको केही दहिज नपाउँदा घरका सबैजना पहिलेदेखि नै रुष्ट भएका देखिन्छन् कथानुसार । यही दहिज विषयलाई लिएर निकै नराम्रो गरी छोरीले टोकेसो सहनु परेकी समाजमा घटि आएका सत्य घटना कथाकारको कलमद्वारा निकै उम्दा शैलीमा उनेका देखिन्छन् ।
एकदिन सोनीले आफ्नो पतिसँग माया खोज्ने सिलसिलामा घरकाले सदरमुकामको घडेरीमा आँखा गाडेको रहस्य खुल्छ पतिबाट । सोनी झनै निराशाको दलदलमा फस्छिन् । सासू र नन्दले भुत्लयाउने देखि लिएर पीडाका आगो पिएर हुर्किरहेकी हुन्छिन् सोनी । तर कसैबाट मदत पाउँदिनन् उनी । पति पनि आमा भक्त नै भैदिन्छन् । अथाह सम्पत्ति हुँदाहुँदै पनि दहिजमा ख्याल नगर्दा कतै छरीले भोलि पति घरमा दुःखको सामना पो गर्नुपर्छ कि भन्ने गम्भीर कुराको कुनै ख्याल नगरी विवाह गरिदिने पिता सम्झिँदा पनि उल्टि भएर आउने पितालाई केही भन्ने विचार गर्दिनन् सोनी । अन्ततः सोनी घरमै राखिएका पाँच बोत्तल मुसा मार्ने औषधी खाई आठ महिनाको गर्भे छोरीलाई पनि आफूसँगै समाप्त पार्छिन् ।
मधेसी परिवारमा दहेजका कारण छोरी तथा बुहारीले भोग्नुपरेको पीडा, कष्ट र रोज्नुपरेको आत्मा हत्याजस्ता जघन्य अपराधको बारेमा कथा सूत्रद्वारा कथाकारले विशेषगरी मधेसी समाजको लागि निकै गम्भीर सन्देश सूचना प्रवाह गर्न खोजिएका देखिन्छन् ।
अलिकति मलाई खड्केको के भने, कथा म पात्र सोनीको मृत्यु पश्चात पनि कथा बगिरहेको छ । तर कतै आत्मा बोलिरहेको कथानुसार स्पष्ट भएको देखिँदैनन् । यस कथामा कतै कथाकार भावनामा बग्दै गर्दा कतै भुल पो भए कि भन्ने लाग्यो मलाई । होइन भने, 'मुर्दाघरबाट' मुर्दा कसरी बोल्ने सक्छ भन्ने पाठकलाई लाग्ला कि भन्ने लाग्यो मलाई । यो पाटो पनि म कथा पाठकलाई नै छोडिदिएँ । ओभरल भन्नु पर्दा, कथा निकै मार्मिक र पठनीय बनेको छ ।
'मेयर मोतीलाल'भित्र छिर्दा
मण्डलेले उचालेर आफ्ना फाइदा लिनलाई सिधासाधा मोतीलाललाई मेयर बनाउँछन् । उसलाई बधाइदिनेहरूका घुइँचो लाग्छन् । फूलमाला पहिर्याएर बाजागाजासहित नगर परिक्रमा गराउँदा ऊ दङ्ग पर्छ । उसले नदेखेको सपना साकार हुन्छ । हिजो उसको सानो पसलमा कर असुल्ने बहानामा दुःख दिने नगरप्रहरीहरू पनि सब उसका ढोकामा पालेझैँ उभिन्छन् । ऊ एकछिन् उत्पात गदगद हुन्छ । सबैका स्याबासी र गुणगाणले ऊ आफूलाई एकाएक ठुलो मान्छे भएजस्तो लाग्छ ।
तर मोतीलाल मेयर बनेकै भोलिपल्ट पत्रिकामा छापिएको जिल्ला कमान्डर कमरेड आक्रोशको 'चौबीस घण्टाभित्र राजीनामा नदिए मेयर मोतीलाललाई भौतिक कारबाही गरिने लिखित धम्कीले मोतिलालको सातो उडाउँछ । आक्रोशको आदेशले कतिजनाका ज्यान गएका ऊ झलझली सम्झिन्छ । हिजो बेलुकीसम्म उडेको खुसीको विमान् एकाएक तारेभीरमा खसेर दुर्घट्ना भएको अनुभूति हुन्छ उसलाई ।
तर मोतीलाललाई हौसला र आडभरोसा दिएर उकास्नेहरूका पनि कमि हुँदैनन् । ऊ उक्सिएर हिम्मतीलो बन्छ र सबै सहयोगीहरूका साथ लागी नगर कार्यलाय मेयर बहाली हुनका लागि जान्छ । बाटोमा जयजयकारका नारा घन्कन्छन् । मोतीलाल मेयर कुर्सीमा गएर बस्छ । एकछिन कुर्सी मसारेर आफू ठुलो भएको अनुभूति मनमनै उमार्छ । कार्यालय हेर्दाहेर्दै मोतीलालमय बन्छ । तेतिकैमा पिउनले गोप्य चिठ्ठी 'मोतीलाल खत्रीज्यू' लेखिएको खाम टेबुलमा थमाइदिन्छ ।
'मोतीलाल अबको चौबीस घण्टाभित्र तेरो राजीनामा नआए दुनियाँले तेरो मृत्युको खबर पढ्नेछन् । घडी हेर्न सुरु गरे हुन्छ ।' पत्रिकामा लेखिएको यो खबरले उसको पाउ तल जमिन फाटेर आफैँ धासिए जस्तो भएर आउँछ उसलाई । ऊ त्यहाँदेखि आफ्नै छाया देखि पनि डराउन थाल्छ । राति सुतेकै ठाउँबाट मेयर मोतीलाल एकाएक बेपत्ता हुन्छ ।
मेयर मोतीलाल इमान्दर, असल, नरम, दयावान् र इमान्दार नागरिक हुन्छ । हुन पनि अलिकति फट्याइँ गर्न नजान्नेले के राजनीति गर्नु रु समयानुसार बोली फेर्न नजान्नेले के राजनीति गर्नु रु राजनीतिको नाउँमा भ्रमैभ्रमका बिउ छर्न नजान्नेले के राजनीति गर्नु ? अहिलेसम्म राजनेताहरूबाट पुष्टि भएका दस्तावेजहरू पनि यही नै हुन् भन्दै कथाकार राजुबाबु आफ्नो कथामा मेयर मोतीलाललाई एक इमान्दार विम्ब बनाई प्रस्तुत गरेका देखिन्छन् ।
अर्थात् भनूँ, राजनीतिको खेती भनेको बेइमानीको हलो जोती भ्रष्टाचारका फसल समेट्नु हो भन्ने जस्ता व्यङ्ग्य पस्केका छन् । कथाका घटना, मेयर पात्रको छटपटी पढ्दै जाँदा निकै रोचक र उपन्यास शैलीका मिठास भेटिन्छन् र कथा नितान्त पठनीय बनेको छ भन्दा कत्ति पनि फरक नपर्ला भन्छु म ।
'कोरोनाको देशबाट' ’भित्र छिर्दा
जब न्युयोर्कमा एक्कासी कोरोनाको महामारीले ढाक्छ सहर तब न्युयोर्कवासीलाई जिन्दगी भनेको कर्कलाको पातमा टाँसिएको शीतको थोपाझैँ लाग्छ । घरको झ्यालबाटै देखिने सेन्ट्रल पार्क पनि कोसौँ टाढा लाग्न थाल्छन् सबैलाई । साँझबिहान हिँड्डुल गर्ने र बच्चा खेलाउने पार्क, प्रेमीहरूलाई डेटिङ् गर्ने होस् अथवा दुःखीहरूका लागि एकान्तबास हुनलाई काम लाग्ने पार्क, अथवा बिदाको दिन सपरिवार मिली हिँडडुल गर्ने सेन्ट्रल पार्क होस् । अझै भनूँ, प्रवासीका लागि लाग्ने सपनाको न्युयोर्क एकाएक मुर्दाको सहर बन्छ । एकाएक कोरोनाका बिरामीका पालहरूले भरिन्छन् । एकाएक प्लास्टिकका झोलामा पोका पारिएका लासहरूका पहाडै पहाड बनेर चुलिन थाल्छन् सेन्ट्रल पार्क । गल्ली, सडक, चोक, बजार र पार्कहुँदै घरघरै तबाही मचाउँदै छिर्न थाल्छन् कोरोना ।
सेन्ट्रल पार्क निजिकै हुन्छ उनको अर्थात् पार्वताको अपार्टमेन्ट र अपार्टमेन्ट नजिकै हुन्छ उनले काम गर्ने हस्पिटल । यही हस्पिटलमा नर्सको काम गर्छिन् । यिनै नर्स पार्वताले हस्पिटलमा भोग्नु परेकी बीभत्स दुःखकष्ट र सास्तीलाई कथाद्वारा चित्रण गरेका पाइन्छन् । जतिसुकै सपनाका पखेटा हाली ठुल्ठुला देश उडे तापनि आखिरमा दुःखका पहाडले थिच्दा आफ्नै देश, घर, गाउँ, समाज र परिवारभन्दा प्यारो कोही नहुनेरेहेछन् भन्ने देखाएका छन् कथाकारले । यस्तै यादमा पार्वताले आफ्नो अपार्टमेन्ट बेची नेपाल फर्किने इच्छा व्यक्त गर्दै 'अ ब्युटिफुल अपार्टमेन्ट अन सेल' लेखेर पोस्ट गर्दै निकै मार्मिक ढङ्गले कथा टुङ्ग्याएका छन् ।
'सलाम गोतामे' भित्र छिर्दा
मूलतः कथामा कथाकार राजुबाबु स्वयम् आफैँ म पात्र अथवा प्रहरी निरीक्षक भएर पस्किएका छन् । उनले १५ जना प्रहरी जवानहरूलाई कमान्डिङ् गरिरहेका देखिन्छन् यतिखेर । लडाइँमा हतियारले मात्रै पनि हुँदैनन् र मनोबलले मात्रै पनि लड्न सकिँदैन । लडाइँ जित्नका लागि मनोबल र हतियार दुवै चाँहिन्छन् । तर विडम्बना ल्याइएका सबै हतियारहरू नचल्ने जस्ता विषयले चिन्ता चुलिँदै जान्छन् उनको अर्थात् कथाकार स्वयम् प्रहरी निरीक्षक राजुबाबुको मनभित्र ।
कथानुसार, कथाकार प्रहरी निरीक्षक भएर आउँदाका दिनहरू केलाउँदै जाँदा आमा र श्रीमतीका वाक्यहरूमा अन्याय र अत्याचार नगर्नू जस्ता सन्देश मूलक र जीवन दर्शनका आशीर्वाद एक भारी लिएर जङ्गल छिरेका देखिन्छन् । माओवादीहरू प्रहरीसँग लड्न आउँदा डोकोभरिभरि बम र आवश्यक गोलीगट्ठाहरू सबै बोकेर आउँछन् । तर देशकै तर्फबाट माओवादी विरुद्ध लड्ने प्रहरीहरूसँग भएका हतियार भने बिग्रेका र त्यो पनि पर्याप्त नहुने जस्ता विडम्बना लाचारी सरकारका वास्तविकता जागिर कालमा भोगिएका सत्यतथ्य तीता घटनाहरू मजाले छताछुल्ल हुनेगरी पोखिएका देखिन्छन् कथाकार कथाद्वारा ।
कथामा प्रहरी निरीक्षक राजुबाबु स्वयम् आफू युद्धमा मारियो भने पनि आफ्ना घर परिवारका गुजारा चल्ने हैसियतका हुन्छन् । तर प्रहरी जवानहरूका गुजार नचल्ने स्तिथि भएका हुँदा आफूभन्दा घरपरिवारका लागि प्रहरी जवानहरू निकै महत्वपूर्ण रहेका कारण पनि प्रहरी जवानहरू जनयुद्धमा मारिनु हुन्न भन्ने कुरामा मध्यनजर राख्दै राति चौकीमा कुनै पनि बेला हमला हुँदा जवानहरू मारिन सक्छन् भन्ने त्रासले आफ्नै स्वविवेक प्रयोग गरी गुम्बा, स्कूल, नदीका बगर र जङ्गलमा सुती रात कटाइन्थे भन्नेजस्ता पीडा छताछुल्ल भई पोख्छन् कथामा ।
उनी आफ्नै राय पोख्छन् कथामा । अहिलेसम्मका भिडन्तहरूमा प्रहरी र माओवादी बिच दुवैतर्फ ठुला मानिसहरू कहाँ मरेका छन् र रु एउटा गरिबले अर्को गरिबलाई मारेर केको क्रान्ति हुनु र रु दुई निम्न वर्गीय लडाइँमा कसको जित र कसको हार रु सरकारी जगिरै भएकै कारण हवल्दार खत्री र जवान गोतामेलाई सामन्ती सत्ताको कित्तामा कसरी राख्न मिल्ला र जस्ता मनभित्र उम्रेका दुःखेसो आफैँ भत्किने गरी पोखेका देखिन्छन् ।
त्यति मात्रै कहाँ हो र ? गोतामे जवानका आमा दीर्घ रोगी र उठ्न बस्न सहारा दिनुपर्ने र श्रीमती दुई जिउकी डाक्टरले दिएको चार दिनको डेट् । घर नपुगे त बिचल्ली हुने गोतामे जवानको छट्पट्टी । उता जवान अलकबहादुरको श्रीमती घरबाट भागेकी पीडाको खबर । दसदान बैतर्नी गरेर राखिएकी जवान डम्बरबहादुरको पीडादायी कथा र यता माओवादी लडाकुबाट कत्ति खेर मारिने जस्ता संत्रास छताछुल्ल भई पोखिएका छन् कथामा भन्ने लाग्छ मलाई ।
बल्लबल्ल चार दिनका छुट्टी पाएर गएका प्रहरी जवान गोतामे बाटोमै एम्बुसमा परी मारिन्छन् । हाइपोथेसिस् नै सहीस रगताम्य भएर सुतिरहेको गोताम्मे एक्कासी उठेर कथाकार अर्थात् राजबाबुको हातमा च्याप्प समातेर स्यालुट् गर्दै रुँदैरुँदै बोलेको, 'मेरो छोरालाई धेरै पढाएर तपाईं जस्तै बनाइदिनुस् है सर' भन्ने संवादसम्म कथा पढ्दै आइपुग्दा, मलाई नै कम्ती भत्तक्कै पारेन भनेर यदि मैले समीक्षामा लेखिन भने कथाकार राजुबाबुलाई क लेख्न आउँदैन भन्नु सरह नै हो भन्छु म । कथाकारले गोतामेलाई सलाम गर्दै कथा यहीँ टुङ्ग्याएका छन् ।
समग्रमा भन्नुपर्दा, द्वन्द्वमा मारिएका गोतामेजस्ता हजारौँ आफ्ना परिवार र दुई छाक हातमुख जोर्ने समस्याले नेपाल प्रहरी जवानमा भर्ति भएका सम्पूर्ण मृतक सहिद प्रहरी जवानहरूका कथा हुन् यो कथा ।
कथासङ्ग्रह 'बेनामे जर्नेल'
कथा सङ्ख्या – १५
पृष्ठ सङ्ख्या – १७२
मूल्य – ३९९/०० मात्रै ।
प्रकाशित साल – २०७९
प्रकाशक – इन्डिको इन्क प्रा. लि.