लोकसंवाद संवाददाता | समाचार | साउन ०१, २०८०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको ६१ औं बैठक कीर्तिपुरको चम्पादेवीमा जारी रहेकाे जनाइएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले दिएको जानकारी अनुसार आज र भोली (साउन १ र२) चम्पादेवीमा बस्ने छ ।
यस अघि २०८० असार २९,३० र ३१ को राजनीतिक र सैद्धान्तिक विषय नटुङ्गिएका कारण थप दुई दिन समय दिएर घनीभूत रुपमा सबै विषयलाई छलफल गरी निर्णय लिने तयारी भइरहेको समेत प्रमुख खतिवडाले जानकारी दिनु भएको छ ।
सचिवालयको बैठकमा संगठन सुदृढिकरण विशेष अभियानको जानकारी, 'वर्तमान परिस्थिति र हाम्रा कार्यभार' सबै सदस्यहरुले विचार राख्ने कार्यक्रम छ । सचिवालय बैठकले अगामी कामको विस्तृत योजना समेत बनाउने छ । कामको उद्देश्य र प्राथमिकता सहितको योजना र सोही अनुसारको कार्यविभाजन गर्ने कार्यसूचि समेत रहेको छ ।
सचिवालयको बैठकले समायोजन तथा थपघट, यसका युवा र विद्यार्थीमा देखिएका समस्या समाधान र सबै विभागका कामको व्यवस्थापन लगायतका विषयमा निर्णय लिन समेत जनाइएको छ ।