लोकसंवाद संवाददाता | समाचार | साउन ०२, २०८०
काठमाडौँ । नेपाल जन-प्रशासन संघले हरेक वर्ष प्रदान गर्ने हेमबहादुर मल्ल सम्मान दुई पूर्व प्रशासकलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
नेपाल जन-प्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटाले निर्णय गरिएको जानकारी दिएका हुन ।
अध्यक्ष कृष्णहरि बास्कोटाका २०७७ को लागि गोरक्ष बहादुर न्हुछे प्रधान र २०७८ को लागि भानु प्रसाद आचार्यलाई प्रदान गर्न निर्णय भएको भएको हो।
जन प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा प्रदान गरिने यस सम्मान वीचमा विविध कारणले रोकिएकाले दुई वर्षको एकै पटक दुई जनालाई जनही २ लाख रुपयाँ सहित सम्मान प्रदान गर्न लागिएको हो। बास्कोटाका २०८० साउन ३ गते दुबैजनालाई सम्मान गरिने जानकारी दिए ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जन प्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत पूर्व प्रशासक द्वयलाई उक्त सम्मानबाट विभूषित गर्न लागिएको जानकारी दिए।
पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा सम्मानका लागि छनौट गरिएको बास्कोटाको भनाई छ।