सचिव कृष्णबहादुर राउत: 'विदेश जान मात्र रोकिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन'

सचिव कृष्णबहादुर राउत: 'विदेश जान मात्र रोकिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०६, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेशसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले कामकाज गर्न पाउने गरी आदेश गरेको छ ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आज सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने तर तारिखमा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश गरेसँगै उहाँले कामकाज गर्न पाउने हुनुभएको हो ।

 

' सचिव राउतलाई थुनामुक्त गर्ने आदेश भएको छ, उहाँमाथि निलम्बन फुकुवा भएको छ, निजामती कर्मचारीमाथि फौजदारी अभियोगमा अनुसन्धान भएकै कारण कामकाज रोकिँदैन' , नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भन्नुभयो, 'विदेश जान मात्र रोकिएको हो, बाँकी सबै कामकाज गर्न रोकिँदैन ।'

ललिता निवास जग्गा प्रकरणमा सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नभएको सर्वोच्च अदालतले आजै ठहर गरेको थियो ।