१ करोड ८४ लाख ५१ हजार बराबरको जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा

१ करोड ८४ लाख ५१ हजार बराबरको जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०६, २०८०

सुनसरी ।  सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले करिब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । 

 सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठका अनुसार  सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुसन्धान कार्यालय इटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो । 

 यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुुर र राजश्व अनुसन्धान कार्यालयले जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा मोरङबाट काठमाडौँतर्फ आउदै गरेको उल्लेखित ट्रकहरूमा जाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको सशस्त्र प्रहरी जनाएको छ ।