चिरन ‘चिदानन्द’ | साहित्य | साउन ०७, २०८०
कतै भनेको सुनेको थिएँ
खुट्टामा फूलहरूका काँडाले घोचे
केही हुन्न रे जीवन ।
जब फूल छातिमा खस्छ
जीवन सकिएको हुन्छ रे ।।
गलामा सजिन्छन् कहिले माला बनी
कहिले शिरको शोभा भइदिन्छन् ।
जीवनका अविरल यात्राहरूमा
साथ दिन्छन् सधैँ फूलहरु ।।
फूल पनि जीवन जस्तै हो
समयको प्रवाहसँगै खिल्खिलाएर फुल्छन्
हावा हुरीको वेग सहँदै ओइलाएर आफैँ झर्छन्
एउटा जवानी जस्तै ।
एउटा जीवन जस्तै ।।