लोकसंवाद संवाददाता | समाचार | साउन ०९, २०८०
कैलाली । भूमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यको आयोजनामा कृषि बीमा सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।
परम्परागत ढाँचाको कृषि बीमामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको सन्दर्भमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भूमी अनुसन्धान तथा नीति सम्वादका लागि सहकार्यको प्राबिधिक सहयोगमा 'बाढी सूचकाङ्कमा आधारमा सामुहिक धान बाली बीमा सुदुर पश्चिम प्रदेश, कैलाली जिल्ला, भजनी नगरपालिकामा संचालन गरेको छ ।
सो सफल परिक्षण पश्चात यस्ता बीमा लेखहरूलाई स्टनड्राइज गर्ने र अन्य क्षेत्रमा पनि विस्तार गर्ने विषय लगायत सूचकाङ्कमा आधारित बाढी बीमा लेखलाई कृषि ऋण, बीउ बिजनमा जोडेर स्वतः बीमा हुने विषयमा छलफल भएको थियो।
उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी मन्त्रालय , बिमा कम्पनि, विमा प्राधिकरण, नेपाल कृषि अनुसन्धान परिषद लगायत थुप्रै कृषि क्षेत्रका गैर सरकारी संस्थाका प्रतिनिधि हरु तथा किसान प्रतिनिधी बिच बृहत् छलफल भएको छ ।
USAID Tayar Nepal को Improved Disaster Risk Management Project, अन्तर्गतको आर्थिक सहयोगमा संचालन भई सो सो परियोजनाको उद्देश्य अनुसार सूचकाङ्कमा आधारित कृषि बिमालाई सरल, सस्तो र नवीन वित्तीय रणनीतिको रूपमा विकास गरि साना किसानहरूलाई बाढीबाट धानबालीमा नोक्सानी भएमा बीमा कम्पनी मार्फत उचित क्षतिपूर्ति प्राप्त हुने व्यवस्था गरिएको थियो ।
भूमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्य (कोलार्प) का कार्यकारी निर्देशक धनेज थापाका अनुसार नेपालमा सूचकांकमा आधारित बाली बीमा साना किसानको लागि एकदम उपयोगी हुने र किसानहरूमा आकर्षणको रहने सम्भावना रहेको जानकारी दिए यसलाई सरकारी तवरबाट भारतमा जसरी प्रधानमन्त्री फसल बीमा योजना जसरी प्राथमिकता सात संचालनमा ल्याएर लाखौं किसानको जोखिम न्यूनीकरण जोड दिनु पर्ने जानकारी दिए ।