महानगर अनुगमन: भरतपुरको बजारमा दश वर्ष पहिले म्याद गुग्रिएका सामान विक्रीवितरणमा !

महानगर अनुगमन: भरतपुरको बजारमा दश वर्ष पहिले म्याद गुग्रिएका सामान विक्रीवितरणमा !

डिलकुमारी नेपाल  |  समाचार  |  साउन ०९, २०८०

 चितवन ।   बजार अनुगमनका क्रममा भरतपुर महानगरपालिकाको टोलीले ठूलो मात्रामा अखाद्य वस्तु बरामद गरी नष्ट गरेकाे छ  ।

भरतपुर महानगरपालिका वडा नं–१० को हाकिम चोकस्थित आरसी किराना पसलमा १० वर्षभन्दा बढी पुराना सामान भेटिएपछि म्याद गुज्रेका वस्तु नियन्त्रणमा लिएर नष्ट गरेको महानगरपालिकाले जानकारी दिएको छ । 

सोमबार होटल तथा चमेना गृहहरूको अनुगमन गर्दै जाने क्रममा उपभोक्ता बाटै आरसी किरानाले म्याद गुज्रिसकेका सामान बिक्री गरेको गुनासो गर्न आएपछि अनुगमनको टोली आरसी किरानामै गएर हेर्दा भेटिएको थियो।

‘हामी होटल तथा चमेना गृहहरूको अनुगमनमा निस्कँदा सोही क्रममा भेटिएका उपभोक्ताले गुनासो गरेपछि हामी तत्काल आरसी किराना पुग्यौँ । त्यहाँ पुग्दा सन् २०१२ मै म्याद गुज्रिसकेका सामान पनि बिक्रीवितरण भइरहेको पाइएपछि त्यस्ता सामग्री बरामद गरी पूर्ण रुपमै नष्ट गरेका छौँ’, भरतपुर महानगरपालिका बजार अनुगमन तथा कार्यपालिका सदस्य विष्णु भुजेलले जानकारी  दिनु भएको छ । 

भुजेलका अनुसार वर्षौं पुराना खाद्य सामग्री भेटिएपछि ती सबै जफत गरेर सम्बन्धित व्यवसायीकै रोहवरमा खाल्डोमा गाडियो । पसललाई व्यवस्थित नबनाएसम्म सञ्चालन गर्न नपाउने गरी बन्द गरिएको उहाँको भनाई छ। पसलका सञ्चालक रविन्द्र चिलवालले आफ्नो गल्ती स्वीकार्दै आगामी दिनमा बिक्री गर्न योग्य वस्तुको मात्रै कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  अनुगमन टोली समक्ष  सञ्चालक चिलवालले भन्नु भयो  ‘आगामी दिनमा यस्तो हुँदैन’, आफै सुधार  गर्छु ' ।

तर,यो आरसी किरानाको समस्या नयाँ भने थिएन् नै। किरानाका सञ्चालकले वर्षौंदेखि यही समस्या दोहोर्‍याउँदै आइरहेका छ। टोलीले अस्पताल आसपासका क्षेत्रमा व्यवसाय गर्नेहरुले मदिरा तथा सुर्तीजन्य पदार्थको व्यापार गरेको भेटेपछि त्यस्ता वस्तुलाई पनि नियन्त्रणमा लिएर नष्ट गरिरहेको छ । आगामी दिनमा अस्पताल वरिपरिका कुनै पनि व्यवसायीले धुम्रपान तथा मद्यपानका सामग्री बिक्रीवितरण नगर्न पनि निर्देशन समेत जारि गरिएको छ।

त्यसबाहेक अनुगमन टोलीले नारायणी सामुदायिक अस्पतालभित्रको चमेना गृह पनि बन्द गरायो जहाँ नियम अनुसार राख्नु समेत सुझाव दिएको छ । चमेना गृहको भान्छा कोठा अव्यवस्थित भएको भन्दै एक हप्ताको समय दिएर व्यवस्थापन गरेपछि मात्रै खोल्न पाइने गरी हाललाई अस्पताल प्रशासन र भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालको रोहवरमा बन्द गरिएको भरतपुर महानगरपालिका उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले सजग हुनुपर्ने बताउनुभयो ।

अनुगमनका क्रममा छवटा होटल तथा खाजा पसलहरूलाई कारबाही गरि प्रति पसल पाँच हजार रूपैयाँका दरले जरिवाना कटाइएको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत सापकोटाले भन्नू भो । सोमबार एकैदिन तीनवटा किराना पसल र १० वटा होटल तथा खाजा घरहरुमा अनुगमन गरिएको थियो ।

उहाँका अनुसार पुरानो मेडिकल कलेज अस्पताल परिसरमा रहेका खाजा पसल तथा अस्पतालको गेट बाहिर सञ्चालनमा रहेका केही होटलहरुलाई सरसफाइमा ध्यान नदिएको भन्दै पाँच/पाँच हजार रूपैयाँका दरले जरिवाना कटाएको छ ।अस्पताल परिसरभित्रका दुईवटा खाजा पसललाई पनि बन्द गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । सरसफाइमा ध्यान नदिनेहरूलाई नगर प्रहरीको रोहवरमा सरसफाइ गर्न र केही प्रक्रिया नपुगी व्यवसाय सञ्चालन गरेकाहरुलाई वडा कार्यालयमा सम्पर्क गरेर आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालन गर्न निर्देशन समेत दिइएको थियो ।

अनुगमनका क्रममा छवटा होटल तथा खाजा पसलहरूलाई कारबाही गरि प्रति पसल पाँच हजार रूपैयाँका दरले जरिवाना कटाइएको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत सापकोटाले भन्नू भो । सोमबार एकैदिन तीनवटा किराना पसल र १० वटा होटल तथा खाजा घरहरुमा अनुगमन गरिएको थियो । उक्त  क्रममा सामान्य कमजोरी भएकाहरुलाई सचेत गराइएको भनाइ उहाँको भनाइ  छ ।
भरतपुर अस्पतालमा वडा अध्यक्ष मात्रै

अनुगमन टोलीले भरतपुर अस्पतालमा सञ्चालित चमेना गृहमा पनि अनुगमन गरेको थियो । तर, उक्त अस्पतालमा अनुगमन गर्न भने भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल मात्रै पुगेका थिए । अन्य स्थानमा अनुगमनमा सँगै हिँडेका महानगरका कर्मचारी, कार्यपालिका सदस्य, नगर प्रहरी कोही पनि उपस्थित भएनन् ।

चमेना गृहको भान्छा कोठा फोहोर भएको भन्दै वडा अध्यक्ष खनालले पाँच हजार रूपैयाँ जरिवाना घोषणा गरे । तर, जरिवाना काट्न रसिद बोकेर कोही पनि आएनन् ।यस विषयमा अनुगमनको नेतृत्व गरेर गएको भरतपुर महानगरपालिका उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भने अनुगमनको टोली बाँडिएर हिँड्दा भरतपुर अस्पतालको चमेना गृह पुग्दा वडा अध्यक्ष मात्रै पुगेको प्रतिक्रिया दिएका हुन् ।

‘हामी सरकारी कर्मचारी भएकैले सरकारी अस्पतालमा नजाने भन्ने हुँदै हुँदैन’, उहाँले भन्नू भो। ‘संयोगले वडा अध्यक्षबाहेक अरु साथीहरु अन्तै पर्नु भएछ ।’ वडा अध्यक्षले जरिवाना बोलिसकेको ठाउँमा जरिवाना तिराइ छाड्ने उहाँले बताउनुभयो ।वडा अध्यक्ष खनालले पनि नीति नियमविपरीत सञ्चालनमा रहेका जुनसुकै व्यवसायी पनि स्थानीय सरकारको कानुनभित्र रहनुपर्ने बताउँछन्। आफूले बोलेको जरिवाना जसरी भए पनि उठाउने दाबी गरे । ‘त्यहाँको अवस्था हेरेर जरिवाना गर्नुपर्ने देखिएपछि मैले जरिवाना तिर्नुपर्छ भनिसकेको छु’, उहाँले बताउनु भयो , ‘अनुगमनका कमजोरी भेटिइ सकेपछि त्यसको सजाय त भोग्नै पर्छ, त्यसैले छाड्ने त कुरै हुँदैन ।’यसरी सरासर गरेका गल्तीलाई नछाड्ने दावि समेत गर्नुभयो ।