लोकसंवाद संवाददाता | समाचार | जेठ २१, २०७६
काठमाडौं । ‘में प्रताप चन्द्र सारंगी विधिद्वारा स्थापित भारतके संविधानप्रति सच्ची आस्था और निष्ठा रखुँगा’ भनेर मन्त्री पदको शपथ सपथ लिने प्रताप चन्द्र सारंगीलाई मन्त्री बनाउनका लागि भने मन्त्रालयलाई हम्मे हम्मे पर्यो ।
मन्त्रालयले उनलाई मन्त्री बन्न आउने तयारीका लागि तारंतार फोन गरिरहेको थियो । तर उनको फोन उठीरहेको थिएन् ।
सारंगीका अनुसार उनी त्यसबखत भारतीय जनता पार्टी कार्यालयमा फोन साइलेंट मोडमा राखेर काम गरिरहेका थिए ।
फेरी तीन बजे पार्टी अध्यक्ष अमित शाहको फोन आयो । यसपटक भने उनको शाहसँग कुराकानी भयो । शाहले उनलाई साँझ सात बजे मन्त्री पदको शपथ ग्रहणका लागि आउन आग्रह गरे ।
अरु सामान्य मानिस भएका भए यो फोनले उत्साहित हुन्थे होला । तर उनी भने अचम्म परे । शाहले शपथ अघि पाँच बजे प्रधानमन्त्री नरेन्द्र मोदीका साथ पनि मिटिंग रहेको जानकारी गराए ।
अमित शाहको फोनमा सारंगीको जिज्ञासा थियो किन मन्त्रीका लागि म नै ? त्यसको उत्तर शपथ ग्रहणका लागि जब उनको नाम बोलाइयो त्यसपछि गुन्जिएको तालीले नै प्रष्ट्याउँछ ।
६४ वर्षीय सारंगीलाई उनको सादगी र इमान्दारीताका लागि उडिशाका मोदीको रुपमा पनि चिनिन्छ ।
सारंगी सूक्ष्म, लघु एवं मध्यम उद्यम तथा पशुपालन, डेरी एवं मत्स्य पालन राज्य मंत्री छन् ।