विवादास्पद ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

विवादास्पद ज्योतिषी अर्जुन क्षेत्री पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २१, २०७६

काठमाडौं । आफूलाई ज्योतिषी भएको दावा गर्ने तथा कसैको फोटो र अनुहार हेरेकै भरमा उसका बारेमा सबै बताइदिने दावी गर्दै आएको अर्जुन क्षेत्रीलाई गौशालाबाट प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा पुनः ७ रेक्टरको भूकम्प आउने दावी गर्दै  विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिएका छन्  ।

उनले यसअघि पनि आफूले गरेको भविष्यवाणी नमिलेका खण्डमा प्रमाणपत्र जलाउने बताउँदै आएका थिए । त्यस्तै सन्दर्भमा उनले ज्योतिषहरुको संस्थासँग माफी पनि मागिसकेका छन् । 

उनलाई विभिन्न विवादास्पद भविष्यवाणी गर्दै चर्चामा छाउने व्यक्तिका रुपमा लिइन्छ ।