टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सव : ८४ जना स्रष्टा र द्रष्टाहरू सम्मानित

टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सव : ८४ जना स्रष्टा र द्रष्टाहरू सम्मानित

लोकसंवाद संवाददाता  |  साहित्य  |  साउन ३१, २०८०

काठमाडौँ । टुक्का साहित्य समाजले आफ्नो चौथो वार्षिकोत्सव,पुस्तक विमोचन तथा सम्मान समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरियो । 

वार्षिकोत्सव कार्यक्रम  प्रमुख अतिथि राईले 'कविहरूले  अभिव्यक्त गर्ने नयाँ कला र चिन्तनको रूपमा टुक्का कवितालाई लिन सकिन्छ। कवितालाई जति टुक्राएर पनि कविता नै रहन्छ । छोटो भन्दा छोटो उपक्रम वा अंशको रूपमा टुक्का कविता देखा परेको  छ । यसको सैद्धान्तिककिकरण बारे बहस गर्दै मौलिक नेपाली काव्य उपविधाको  रूपमा विकास गर्नुपर्ने बताउनुभयो  । 

 कार्यक्रम विशिष्ट अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले 'काव्यका उपलब्धि हाइकुले जस्तै टुक्का कविताले पनि व्यापकता पाइसकेको छ ।यसलाई विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउन सक्नुपर्छ ।कविताका लघुत्तम स्वरुप बारे बहस गरेर निचोडमा पुग्नुपर्ने आवश्यकता रहेको छ'  भन्नुभयो ।

यसै क्रममा विशिष्ट अतिथि तथा नेपाल  प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मीले 'हाइक' जसरी हिमाल ,पहाड र मधेसमा फैलिएको छ।त्यसरी नै टुक्का कविता फैलिन सकोस् भन्नुभयो । विशिष्ट अतिथि तथा  नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले प्रयोगको रूपमा  कविताका अनेकौँ उपविधाहरू देखा परिरहेका छन् । यस सिलसिलामा टुक्का कविता पनि देखा परेको छ । छोटोे अवधिमै नेपाली  मौलिक टुक्का कविता कविहरू माझ लोकप्रिय बनेको छ ।यो नै खास उपलब्धि हो ।टुक्का सैद्वान्तिक र सिर्जनात्मक मूल्यसहित हाइकु जसरी विश्वव्यापी हुनेगरी अघि बढ्न सक्नुपर्छ भन्नुभयो।

टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि राईले संयुक्त टुक्का सङ्ग्रहको दोस्रो संस्करण  'ऐतिहासिक टुक्का यात्रा' , प्रथम व्यङ्ग्यात्मक संयुक्त टुक्कासङ्ग्रह ' व्यङ्ग्य कन्तुर' , राजेन्द्र प्रधानकृत भारतीय  प्रथम टुक्कासङ्ग्रह 'तरङ्गित छालहरू',म्यामराज राईकृत जापानी र बान्तवा राई भाषामा रचित 'महक' टुक्कासङ्ग्रह ,पुष्पा राईकृत  'पुष्पश्री' प्रथम  नारी टुक्कासङ्ग्रह, रामप्रसाद पुरीकृत 'टुक्का सुधा' र भगवती दवाडी (अधिकारी)कृत 'बन्धन' र नागेन्द्रप्रसाद  यादवकृत  अवधी कवितासङ्ग्रह 'कथरी' सहित ८ वटा कृतिको विमोचन गर्नुभयो ।

प्रमुख अतिथि राईले अरूणबहादुर खत्री 'नदी' ,पदमा शर्मा आँचल , निमा छिरिङ भुटिया,शर्मिला श्रेष्ठ, अच्युत घिमिरेलाई ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान-२०८० द्वारा पुरस्कृत गर्नुभयो ।यसैगरी  राजेन्द्र प्रधान पासा, म्यामराज राई  रामप्रसाद पुरी ,पुष्पा राई  र भगवती दवाडीलाई  'टुक्का  साहित्य समृद्वि  सम्मान -२०८' द्वारा सम्मान गर्नुभयो ।

यसै सिलसिलामा डा.सावित्री श्रेष्ठ ,डा. देवी पन्थी, वसन्त अनुभव ,रचना शर्मा प्रतीक्षा,राजेशराज गड्तौला,चूडा निर्भीक ,जमुना आचार्य , होमप्रसाद नेउपाने ,बेदु नेउपाने ,शोभा आचार्य गौतम ,रामशरण न्यौपाने ,अनिल खग्रास , नानीबाबा अधिकारी ,जगत थापा , उषा केसी ,श्रीकृष्ण शर्मा , विमुन्स पौडेल ,रुपा रिसाल ,रुपा पौडेल ,नरेशलाल अमात्य र सुमिना तिमल्सिनालाई 'टुक्का साहित्य प्रवर्धन सम्मान '२०८०' द्वारा सम्मानित हुनुभयो ।

यसैक्रममा  अनुग्रह राना मगर 'पुष्प', अम्बिका अधिकारी ,अर्जुनप्रसाद चौलागाई ,कमला देवकोटा ,केशवप्रसाद ढकाल प्रीतबीज ,कृष्णकुमारी क्षेत्री,गुणनिधि घिमिरे,डम्बर थामी 'अनुपम' ,दुर्गा आचार्य , दुर्गा भट्टराई,नवशिला ,नागेन्द्रप्रसाद यादव ,  पवनकुमार बुढाथोकी ,पुष्पा सुवेदी , प्रद्युम्न चालिसे , प्रमोद भट्टराई प्रतीक ,
 प्रेम थापा  'मन' , बाबुराम गौतम ,  बाबुराम पाण्डे ,बुद्धिमान दनुवार , भेष कुमारी लामिछाने ,मन्दिरा सेढाई , मित्र उराठी गौतम , रचना मोक्तान 'यात्री', रश्मी रिमाल, राजकुमार राजभण्डारी,राजेश्वरी राजोपाध्याय,  रुना कर्माचार्य दाहाल,सन्जना शर्मा ,सरिता सेढाई ,सहयात्री शोभा अर्याल ,सुरेशकुमार पाण्डे ,साधना पौडेल , हन्नाह क्षेत्री ,त्रिलोचन भण्डारी , गङ्गा खड्का , विक्रमतिरुवा सलिन , विनिता विश्वकर्मा ,अरुणकुमार भुजेल ,सुशीला पौडेल ,रामकृष्ण दुवाडी , गोपालकृष्ण डङ्गोल , लक्ष्मी श्रेष्ठ ,परिक्रमा श्रेष्ठ  , धनुष न्यौपाने ,ललिता अभागी , पुष्पा शायरा , विनोद रिजाल  , चिरञ्जीवी ढकाल , इन्दिरा देवकोटा ,घनश्याम पौडेल, पूर्णबहादुर श्रेष्ठ र  कल्पना भण्डारीले टुक्काश्री साहित्य सम्मान-२०८० प्राप्त गर्नुभयो । यसरी टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सवमा  ८४ जना स्रष्टा र द्रष्टाहरू सम्मानित हुनुभयो ।

यसैगरी कल्पतरु द्वैमासिक,  साहित्यपोस्ट डटकम, प्रभातफेरी साप्ताहिक,हिमालय दृष्टि र  संसार न्युज  डटकम गरी ५ वटा पत्रिका  र अनलाइनलाई समेत टुक्का समाजले सम्मान प्रदान गरिएको थियो  ।
  यसै सिलसिलामा विशिष्ट अतिथि तथा  समालोचक डा.देवी पन्थीले 'ऐतिहासिक टुक्का यात्रा ९३९ जना सर्जकको संयुक्त टुक्का कवितासङ्ग्रह' को समीक्षा गर्दै दुई हरफको  लघुत्तम संरचनाभित्र रही अर्थपूर्ण र प्रतीकात्मक अभिव्यक्ति बोध भएको  बताउनुभयो ।
     कार्यक्रममा पुष्पा राईकृत  'पुष्पाश्री' टुक्कासङ्ग्रहको  समीक्षा कृष्ण रानाले, म्यामराज राईकृत महक टुक्कासङ्ग्रहको  समीक्षा अरुण खत्री नदीले, भगवती दवाडीकृत 'बन्धन' टुक्कासङ्ग्रहको समीक्षा कृष्णशरण अधिकारीले,रामप्रसाद पुरस्कृत टुक्का सुधाको समीक्षा तीलमाया पुरीले र राजेन्द्र पासाकृत तरङ्गित छालहरूको समीक्षा शरद प्रधानले र नागेन्द्रप्रसाद यादवकृत अवधी कवितासङ्ग्रह कथरीको समीक्षा  विक्रम मणि त्रिपाठीले गर्नुभयो ।

यस्तै टुक्का साहित्य समाजको चौथो वार्षिकोत्सवका अवसरमा समाजका सचिव  जमुना आचार्य कोइरालाले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष  रचना शर्मा प्रतीक्षाले प्रस्तुत गरेको आर्थिक  प्रतिवेदन पास भएको छ।

यसैगरी कार्यक्रम समापन गर्दै टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईंले टुक्का कविताको पृष्ठभूमि,इतिहास,विकास   र संरचनाबारे बताउनुभयो । यसको प्रारम्भ  २०७७ साल, साउन  २५ गतेबाट भएको हो ।टुक्का दुई हरफमा बराबरी अक्षरमा रचिन्छ ।

नेपाली मौलिक लघुत्तम काव्य उपविधा टुक्का कविता लेखनप्रति कविहरूको आकर्षण बढ्नु लयात्मक र गेयात्मक पक्ष महत्त्वपूर्ण रहेको छ । यस टुक्का कविताको सिर्जना विभिन्न भाषामा अनुवाद भई अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनुभयो ।प्रस्तुत कार्यक्रममा समाजका उपाध्यक्ष  वसन्त अनुभवले स्वागत मन्तव्य र महासचिव चूडा निर्भिकले कार्यक्रम सञ्चालन गर्नुभयो ।