दुईसय ३४ लाखमा लागदमा फोहोर व्यवस्थापन केन्द्र बन्दै

दुईसय ३४ लाखमा लागदमा फोहोर व्यवस्थापन केन्द्र बन्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७६

तनहुँ । तनहुुँको भानु नगरपालिकाले व्यवस्थित फोहोर संकलन तथा व्यवस्थापन केन्द्र निर्माण  तयररी गरेको  छ ।

 नगरभित्रबाट निस्कने फोहोरजन्य वस्तुको व्यवस्थापनका लागि नगरपालिकाको वडा नं १ बोटेखोरियामा व्यवस्थित फोहोर संकलन व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको वडाध्यक्ष प्रेम लामाले जानकारी दिनु भएको थियो । 

नगरपालिकाले रु दुई करोड ३४ लाखमा ३९ रोपनी जग्गा खरिद र करीब २० रोपनी सार्वजनिक जग्गा लिएर निर्माणका लागि प्रक्रिया अघि बढाएको वडाध्यक्ष लामाले  भनाई थियो । 
 व्यवस्थित फोहोर संकलन व्यवस्थापन केन्द्रमा नकुहिने वस्तु मात्र संकलन गरेर व्यवस्थापन गर्ने योजना समेत बनाइएको छ । 

कुहिने वस्तुलाई घरमै व्यवस्थापन गर्ने गरी सचेतना जगाउने कामसमेत भएको छ । नगरपालिकाले अहिलेसम्म फोहोर संकलन नगरे पनि अबका दिनमा संकलन गरेर व्यवस्थित गर्न लागिएको समेत नगरपालिकाका उपप्रमुख आशा थापाको भनाइ रहेको थियो । हाल उक्त नगरपालिकामा करीब ४९ हजार जनसंख्या रहेको छ ।