गैरआवासीय नेपाली संघ बेल्जियम:  एनआरएनएका पूर्वअध्यक्ष डा.शेष घले सम्मानित

गैरआवासीय नेपाली संघ बेल्जियम:  एनआरएनएका पूर्वअध्यक्ष डा.शेष घले सम्मानित

इन्दिरा चाम्लिङ  |  समाचार  |  भदौ १६, २०८०

 बेल्जियम ।गैरआवासीय नेपाली संघ बेल्जियमले (एनआरएनए) का पूर्वअध्यक्ष डा.शेष घलेलाई सम्मान गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेको छ ।

डा. घलेले गैरआवासीय नेपाली संघ बेल्जियमले टेष्ट अफ एशिया लुभेनमा गरेको स्वागत तथा अन्तरक्रिया र सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली अभियानलाई सशक्त रूपमा नयाँ ढंगले अगाडि बढाउनु पर्ने बताएका छन्  ।

बेल्जियममा कार्यसमितिमा अध्यक्ष महासचिव सहित रहेको महिला बर्चश्वको खुल्ला प्रशंसा र समर्थन  गर्दै  डा. घलेले  एनआरएन जसरी भए पनि नया सोचले चल्नु पर्ने र युवा पुस्ता अग्रपंतिमा आऊन् आग्रह गर्नु भयो ।

एनआरएन बेल्जियलाई आफूलाई सम्मानित गरेकेमा आभार प्रकट समेत गर्नु भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व संरक्षक दिल गुरुङले एनआरएनए भित्र भएको राजनीतिक चलखेलले गर्दा समस्या सुरु भएको बताए । उनले विदेशमा बस्ने नेपालीहरुको हितमा एनआरएनए नेतृत्वले काम गर्नु पर्नेमा जोड दिए ।

एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतमले संस्थाको रुपान्तरणका लागि निर्मम भएर समिक्षा गरेर आगामी कदम चाल्नु पर्ने बताए ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव रुबिना शर्माले गरेकी थिइन् । कार्यक्रममा एनआरएनए बेल्जियमकी उपाध्यक्ष इन्दिरा चाम्लिङ राईले स्वागत मन्तव्य दिएकी थिइन्  भने एनआरएन बेल्जियम कोषाघ्यक्ष अजित तुलाचनले सो कार्यक्रममा बिशेष संयोजन र सचिब देब कुमार श्रेष्ठ देबुले ब्यबस्थापनमा सहयोग गरेका थिए । 

एनआरएन ग्लोबलका फाउन्डर र संघका पूर्वप्रमुख संरक्षक समेत रहेका डा.घले भने  ब्यवसायिक शिलशिलामा बेल्जियम पुगेका हुन् ।