जसपामा महाधिवेशन प्रतिनिधि बन्न  संगठन र समिति अद्यावधिक अनिवार्य

जसपामा महाधिवेशन प्रतिनिधि बन्न  संगठन र समिति अद्यावधिक अनिवार्य

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।

अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन ।  केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ ।

फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा संगठन बाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ । संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।

संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने छ ।