लोकसंवाद संवाददाता | समाचार | भदौ २०, २०८०
काठमाडौँ । नेपाल विद्युत नियमन आयोगले एक प्रेस विज्ञप्ति जारी गरी लोडसेडिङ हटिसकेको अवस्थामा डेडिकेटेड महसुलको औचित्य नभएकोले साविकको मूल्य हटाइ नयाँ महसुल निर्धारण गरेको जनाएको छ ।
नेपाल विद्युत नियमन आयोग सचिव तथा प्रवक्ता गोकर्ण राज पन्थले एक प्रेस विज्ञप्ति जारी डेडिकेटेड तथा ट्रंक लाइन महसुलका बारेमा स्पष्ट पार्दै उक्त कुरा बताउनु भएको हाे ।
आयोगको प्रेस विज्ञप्तिमा - लोडसेडिङ हटिसकेको अवस्थामा डेडिकेटेड महसुलको औचित्य नहुने यस आयोगले साविकको सो व्यवस्था हटाइ २०७७ असार १ र २०७८ कार्तिक ८ गते मा नयाँ महसुल निर्धारण थियो भनिएको छ ।