पूर्ण ओली | दृष्टिकोण | भदौ २१, २०८०
तेश्रो ठुलो दल भएर पनि सत्ताको नेतृत्व पाएको प्रचण्डको सरकार डग मगाउन थालेको छ । भुटानी शरणार्थी काण्ड , ललिता निवास काण्ड र सुन काण्डलाई छानबीन गरि अघि बढाएको प्रचण्ड सरकार ठुला नेताको घरमा छिर्न सकेन ।
जब ललिता निवास काण्डमा पुर्व प्रधानमन्त्री माधब नेपाल र बाबुराम भट्टराईलाई कारबाही हुने भो सरकार ढल्ने अबस्थामा पुगेपछि माधब नेपाललाई प्रधानमन्त्री प्रचण्डले आफै चोख्याइ दिए । तर यो कति दिनको लागि हो थाहा छैन । भुटानी शरणार्थी काण्डमा गठ जोड सरकारको मुख्य साझेदार नेपाली काँग्रेसको सभापति पत्नी आरजु देउवाको नाम मुछियो र कारबाही अघि बढाउन सिआइबी जुरमुरायो । आरजुले गृहमन्त्रीलाई हटाउनु पर्छ भनिन । त्यसपछि सरकार नै ढल्ने अबस्थामा पुगेपछि छानबिनमा लागेका प्रहरीहरूको समयभन्दा पहिला नै सरुवा गरियो । यसले गर्दा इमान्दारितापूर्वक राष्ट्रको सेवा गर्छु भन्ने प्रहरी अधिकृतहरुको तेजो बध भएको छ ।
यदि गृहमन्त्री नारायणकाजीको नैतिकता थियो र गृहमन्त्रीको पदको लोभ नहुँदो हो त वहाँले राजिनामा दिएको भए वहाँको छवि राम्रो हुने थियो । जसले गर्दा भविष्यमा वहाँको राजनीतिक जिवन सहज र उज्वल हुन सक्थ्यो । तर सबैलाई पद र पैसा चाहिएको छ । प्रधानमन्त्री प्रचण्डलाई यो प्रधानमन्त्री पद गएमा भविष्यमा फेरि प्रधानमन्त्री पद पाउन निकै कठिन हुनेछ । शायद वहाँको दलले भविष्यमा केहि सिटमामात्र सिमित हुने निश्चित छ । प्रचण्डलाई के थाहा छ भने आफु प्रधानमन्त्री भएर मात्र विदेशीलाई खुसी पार्न सकिनेछ । उनीहरुको इच्छा अनुसार नेपालको हित बिरुद्ध भएपनि निर्णय गर्न उनलाई कुनै कठिनाइ हुने छैन । जसले गर्दा बिगतमा द्वन्द्वको समयमा आफ्नो दलबाट भएका मानवअधिकार बिरुद्धमा जघन्य अपराधका घटनामा सुरक्षित हुन सक्ने आस छ ।
अर्कोतर्फ माओवादी चुनाब जितेर पुनः आउन नसक्ने प्रमुख कारणमा, तल्लो तहमा माओवादीको संगठन अत्यन्त कमजोर छ । प्राय गरिब र अशिक्षित समूहलाई मिठो सपना बाँडेर बनाएको संगठन अहिले छरपस्ट जस्तै भएको छ । अरु जस्तै माओवादी संगठनका क्याडर पनि पैसा र पदको पछि लागि सकेका छन् । सात दल र माओवादी बीचमा भएको शान्ति सम्झौता पछि वाइसिएलले ब्यापारीसँग चन्दा असुल्ने कार्य रफ्तारमा अघि बढायो । त्यस्तै गरेर काठमाडौँ लगायत बिभिन्न स्थानमा भएका खालि जग्गा नीजि हुन या सरकारी सबैको लगत लिन थाले ।
नीजि जग्गा धनीलाई जग्गा कब्जा गरिदिने भनि धम्काएर अत्यन्त सस्तोमा जग्गा लिए । सरकारी जग्गाहरु भूमाफिया र मालपोत तथा नापिसँग मिलेर धेरै कार्यकर्ताले जग्गा जोडेका छन् । यस्ता कार्य महानगर भित्र र तराईका बिभिन्न नगर र गाउँका जग्गा समेत तर्साएर आफ्नो नाममा जोडन सफल धेरै माओवादी कार्यकर्ता छन् । शायद यसको छानबीन भविष्यमा पनि हुन सक्छ सक्तैन टुङ्गो छैन । जनताले यसको मुल्याङ्कन निर्वाचनको समयमा गरिरहेका छन् । भविष्यमा पनि गर्नेछन् ।
अपराध बोध सहित भ्रष्टाचारमा संलग्न भएको गठ जोड सरकारबाट जनताले जति नै आस गरेपनि पाउन सक्ने केहि देखिदैन । दक्षिणको छिमेकी देश भारत र अमेरिकालाई खुसी पार्नमा सरकार लागेको छ । जतिसुकै थिचोमिचो गरेपनि नेपालका मिचिएका सिमाना बिरुद्ध नेपालका प्रधानमन्त्री चुँसम्म बोल्न सक्दैनन् । अहिले उत्तरी छिमेकी देश चीनले समेत नेपाललाई बेवास्ता गर्दै नेपालको चुच्चे नक्सा नै देखाएन । यो हाम्रो कुटनीतिक कमजोरी मात्रै हो कि चीनलाई पुरा बेवास्ता गरिएको परिणाम हो ? शायद नेपालका हालका कमजोर प्रधानमन्त्रीले चीनको भ्रमणमा गएर पनि यो लिम्पीयाधुरा र कालापानी विषयको चुच्चे नक्सा सम्बन्धमा नबोल्न पनि सक्छन् । यसका लागि केहि समय कुर्नै पर्छ ।
हाम्रा प्रधानमन्त्री अझैपनि जनताको भिड जम्मा गरेर अन्य दललाई तर्साउन खोज्छन् । धार्मिक र जातीयताकोको अत्यन्त राम्रो सौहार्दपूर्ण बातावरण भएको देशमा अहिलेका सत्ताधारी कारण देशमा धार्मिक र जातीयता द्वन्द बढ्ने संभावना धरानमा देखिएको छ । धरान जस्तै अन्यत्र पनि यस्ता घटना दोहोरिन सक्छ । सरकारले आफ्ना गल्ती सुधारेर समाजमा धार्मिक शान्ति सु ब्यबस्था कायम राख्नु पर्छ ।
नेपालसँग कुनै समस्या नभएको असल मित्र चीनले नेपाललाई धेरै राम्रा सहयोग गर्न सक्छ । पञ्चायती ब्यवस्थामा नेपालको कच्चा पदार्थमा आधारित उत्पादन गर्न सकिने उद्योगहरु लगायत विद्युतबाट चल्ने ट्रली बस चलाइ दिएको थियो । त्यस्ता खालका उद्योगहरु नेपालले पुनः संचालन गर्न अनुरोध गर्न सक्छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपालको दिर्घकालिन हित गर्ने बिषयमा सहयोग मागौं । जसबाट नेपालीले रोजगार पाउन सक्छन् । उदाहरणको लागि मल कारखाना, सिचाईं आयोजना, जडिबुटी उद्योग, उत्तर दक्षिण चल्ने केवल कार, जलाशय युक्त जलबिद्युत आयोजना आदी । पहिला पहिला भारत भ्रमणमा जाने कुनै कुनै प्रधानमन्त्रीले आफ्ना छोरा छोरीको लागि छात्रवृति मागेको पनि सुनिएको थियो । यस्ता सस्ता कुराहरु अब दोहोरिनु हुंदैन ।
हाम्रा प्रधानमन्त्री अझैपनि जनताको भिड जम्मा गरेर अन्य दललाई तर्साउन खोज्छन् । धार्मिक र जातीयताकोको अत्यन्त राम्रो सौहार्दपूर्ण बातावरण भएको देशमा अहिलेका सत्ताधारी कारण देशमा धार्मिक र जातीयता द्वन्द बढ्ने संभावना धरानमा देखिएको छ । धरान जस्तै अन्यत्र पनि यस्ता घटना दोहोरिन सक्छ । सरकारले आफ्ना गल्ती सुधारेर समाजमा धार्मिक शान्ति सु ब्यबस्था कायम राख्नु पर्छ । प्रचण्ड भने मेरो सरकार गएमा म दशैं पछि काठमाडौँमा पच्चीस लाख जनता उतार्ने छु भनेर धम्की दिँदैछन् । पञ्चायत ब्यवस्थामा पनि सूर्यबहादुर थापाले पञ्च भेलाको नाममा मानिस भेला गरेकै हुन । अब जनतालाई उल्लु बनाउने कार्य नगरौं ।
सरकारमा बस्नेले सत्तामा रहिरहने हो भने जनहितमा ठोस कार्य गरौ जसले गर्दा जनताको मन जित्न सकिन्छ । ठुला ठुला भाषण सुनेर जनता मख्ख पर्ने समय छैन । सरकारमा बस्नेका प्रत्येक कृयाकलापहरू जनताले निगरानी गरिरहेका हुन्छन् । उनीहरुलाई सिर्फ परिणाम चाहिन्छ । उपत्यकामा अहिलेसम्म स्थायी फोहोर फाल्ने ठाउँ छैन । महानगर पालिकाहरुले प्रत्येक वडामा फोहोर फाल्ने रिसाइक्लिङ कारखाना स्थापना गरोस् जसले गर्दा उपत्यका बाहिरका जनताको संधै गुनासो सुन्न नपरोस । कमसेकम प्रत्येक शहर नजिकै फोहोर फाल्ने स्थायी केन्द्र बनाउ ।
शहरको लागि तरकारी आपुर्ति गर्न शहर नजिकको गाउँमा कृषि उत्पादन केन्द्र बनाउ । जसको लागि स्थानीय जनतालाई प्रत्यक्ष अनुदान दिने ब्यबस्था मिलाउ । जुन तरकारी अग्र्यानिक होस । यस्ता खाद्यान्न , तरकारी , फलफुल तथा मासु उत्पादनलाई सरकार, महानगरपालिका, नगरपालिका तथा गाविसले पनि सहयोग गर्नुपर्छ । त्यस्तै खाद्यान्नमा आत्मनिर्भर हुन प्रत्येक प्रदेशहरुलाई सक्षम बनाइयोस् । जसले आफ्नो प्रदेशका जनतालाई खाद्यान्न आपुर्ति गर्न सकोस् । अहिले
भारतले नेपाललाई चामल आपुर्ति नगर्ने भनेको छ । जसको परिणाम नेपालमा भुक मरि आउन सक्छ । यहि अबसरमा सरकारले ठोस नीति बनाइ सहयोग गरेर किसानलाई खाद्यान्न उत्पादन गर्न सहयोग गोरस । यस्ता जनता र देशका हितमा हुने ठोस कार्य गरेमा सरकार ढल्ने छैन । ढलि हालेमा पनि भविष्यमा चुनाब जितेर फेरि पनि सत्तामा पुग्न सक्छ । तर सधैंभरि जनतालाई गरिब बनाएर त्यहि गरिबीको मात्र दुरुपयोग गरिरहने हो भने देशमा भएका युवाहरु सबै बिदेश पलायन हुनेछन् ।
अनि सिर्फ बुढाबुढी, अपाङग मात्र बाँकि रहनेछन् । त्यस्तो देशको सार्वभौमिकता कसरी सुरक्षित रहन सक्ला किनकि हामी बिशाल दुई छिमेकी देशको बिचमा छौ । जुन भौगोलिक, एतिहासिक तथा धार्मिक कारणले पनि अत्यन्त संवेदनशिल छ । हाम्रा बीर पूर्खाले बिदेशी शत्रुबाट बचाएको यो मात्री भुमिलाई देश भित्रका सत्ताका भोका र दलालले समाप्त पार्न लागिसके । त्यसैले अब देशभक्तहरूको समुह बाहिर आउन जरुरी भइसक्यो जसले नेपाली युवाहरुलाई स्वदेशमा राखेर देश बिकास गर्न शकुन ।
बालकुमारी, ललितपुर नेपाल
२०८० भाद्र २०