लास बोकेर घाट जाने मानिसको अभाव

लास बोकेर घाट जाने मानिसको अभाव

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७६

सिरहा ।  मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमसँगै सिरहाका विभिन्न गाउँमा त्यसको प्रत्यक्ष    देखा पर्न थालेको छ ।

घरायसी काम तथा खेतीपाती लगाउने र भित्रार्‍याउने समयमा युवा नहुँदा  बूढापाकाले सास्ती भोग्दै आएका छन । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला  मुलुकमा भएको द्वन्द्वको समयमा पनि कतिपय युवा गाउँघर छाड्न बाध्य भएका थिए  । 

नेपाल सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरे पनि सीप सिकेका युवाले त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यस्तो समस्या आएको हो । 

गाउँमा युवा नभएपछि यता दक्ष जनशक्तिको अभाव हुनाका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ । भदैयाका विष्णुदेव चौधरीको अनुव छ–‘स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भए पनि युवा गाउँमा आउँथे अनि थोरबहुत सहयोग पुग्ने थियो तर उनीहरू नै विदेशिएपछि वर्षौंसम्म आउँदैनन्, अनि समस्या झन्न् थपिँदै गएको छ।’

गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर घाटसम्म पु¥याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले जनाकारी दिनुभएको छ । 

गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका दुई–चार युवाले मात्र काम गर्ने गरेको उहाँको भनाइ रहेकाे  समाचार राससमा उल्लेख छ ।