लोकसंवाद संवाददाता | समाचार | जेठ २२, २०७६
काठमाडौं, एजेन्सी । ५६ देशको ४०३ शहरमा हुने गरेको ट्राफिक तथा यायातको भीड़भाड़को अध्ययन पछि तयार गरिएको रिपोंटको आधारमा भारतको मुंबई संसारको सबैभन्दा धेरै ट्राफिक चाप र दवाब ब्यहोर्ने शहरको रुपमा देखिएको छ ।
पीेक आवरमा मुंबईका मानिसलाई आफ्नो गन्तब्यमा पुग्न ६५ प्रतिशत ज्यादा समय लाग्छ । लोकेशन टेक्नोलोजी कम्पनी टमटमले तयार गरेको एउटा रिर्पोटमा यो तथ्य उल्लेख गरिएको छ ।
गन्तब्यमा पुग्न लाग्ने अधिक समयका आधारमा यो रिर्पोट तयार गरिएको हो ।
रिर्पोटका अनुसार ६५ प्रतिशत अधिक समयका साथ मुंबई पहिलो, ६३ प्रतिशत अधिक समयका साथ कोलम्बियाको राजधानी बोगोटा दोस्रो, ५८ प्रतिशत अधिक समयका साथ पेरुको राजधानी लिमा तेस्रो, ५८ प्रतिशतका साथ भारतको राजधानी दिल्ली चौथो तथा ५६ प्रतिशतका साथ रुसको राजधानी पाँर्चौ स्थानमा रहेका छन् ।
यो रिपोर्ट लोकेशन टेक्नोलोजी कम्पनी टमटमले तयार गरेको हो । जसले एप्पल तथा उबरका लागि नक्शा तयार गर्ने गर्छन् ।
कंपनीले यो रिपोर्ट सबैभन्दा धेरै ट्राफिक हुने समयमा मानिसलाई गन्तब्यमा पुग्नका लागि कति अतिरिक्त समय लाग्छ भन्ने आधारमा तयार गरिएको हो । टमटमका जनरल म्यमानेजर बारबारा बेलपीयरेका अनुसार मुंबईमा औसत प्रति किलोमीटरमा ५०० कार चल्छ यो भनेको दिल्लीको भन्दा ज्यादा हो ।
रिपोर्टका अनुसार मुंबईमा घुम्नका लागि सबैभन्दा अनुकुल समय भनेको रातको २ बजे देखि बिहान ५ बजेसम्म हो । यो समयमा मुम्बईमा सबैभन्दा कम ट्राफिक हुन्छ ।
यहां बिहान ८ देखि १० बजेको समयमा ८० प्रतिशत अतिरिक्त समय लाग्छ भने साँझ ५ देखि ८ बजे भने १०२ प्रतिशत अतिरिक्त समय लाग्छ ।