लोकसंवाद संवाददाता | ज्ञानविज्ञान | असोज ०७, २०८०
भारत गत महिना चन्द्रयानलाई दक्षिणी ध्रुव नजिकै अवतरण गराएर चन्द्रमामा पुग्ने चौथो देश तथा दक्षिण ध्रुवमा पुग्ने पहिलो देश बनेको थियो । यो सफलताले भारतलाई विश्वको एउटा शक्तिशाली देशका रुपमा मात्रै उभ्याएन विज्ञान र प्रविधिको क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिलाई पनि विश्वसामु पुर्यायो । तर भारतको अन्तरिक्ष अनुसन्धान निकाय इसरोले नयाँ चन्द्रदिन सुरु भएपछि भने आफ्ना चन्द्रमामा रहेका ल्यान्डर र रोभरसँग सम्पर्क स्थापित गर्न सकेको छैन । इसरोले सम्पर्कको प्रयास गरिरहेको तर अहिलेसम्म पनि त्यहाँबाट कुनै पनि सिग्नल प्राप्त गर्न नसकेको जनाएको छ ।
चन्द्रयान–३ को विक्रम रोभर र प्रज्ञान ल्यान्डरले १० दिनमा त्यहाँबाट विश्लेषणका लागि पृथ्वीमा पठाउन डेटा र तस्बिरहरू संकलन गरेका थिए । सेप्टेम्बरको सुरुमा वैज्ञानिकहरूले चन्द्रमामा लामो अवधिसम्म अँध्यारो हुनेगरी सूर्यास्त हुन लाग्दा विक्रम र प्रज्ञानलाई निष्क्रिय राखेका थिए । ती ल्यान्डर र रोभरको ब्याट्री चार्ज गर्न सूर्यको उज्यालो चाहिने र चन्द्रमामा लामो समय अँध्यारो हुने भएकाले निष्क्रिय राख्नुपरेको थियो ।
विक्रम र प्रज्ञानलाई निष्क्रिय पार्दा इसरोले विक्रम र प्रज्ञानले आफ्ना सबै कार्यहरू पूरा गरिसकेको तर अर्को चन्द्रदिन सुरु हुँदा उनीहरू पुनः सक्रिय हुने आशा व्यक्त गरेको थियो । यसअघि चीनले पठाएका ल्याण्डर रोभरहरु नयाँ चन्द्रदिनसँगै पुनः सक्रिय भएका थिए । तर भारतले चन्द्रयान अवतरण गरेको दक्षिणी ध्रुव नजिकै रातको तापक्रम माइनस २०० डिग्रीदेखि २५० डिग्रीसम्म झर्ने गर्छ ।
इसरोले २२ सेप्टेम्बरसम्म चन्द्रमामा अर्को चन्द्रदिन सुरु हुँदा तिनीहरु पुन क्रियाशील बन्ने आशा गरेको बताएको थियो । चन्द्रमामा सूर्य उदाउँदा ब्याट्रीहरू रिचार्ज हुने तथा विक्रम र प्रज्ञान पुनः जागृत हुने अनुमान थियो । तर चन्द्रमामा पुथ्वीको १४ दिनभन्दा लामो रातका समयमा सूर्यको प्रकाश नपाउँदा अत्यधिक चिसोले ब्याट्रीहरूमा क्षति पुर्याएको हुनसक्ने जनाएको छ ।
इसरोले विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सञ्चार सम्पर्क स्थापना गर्ने प्रयास जारी रहने उल्लेख गरेको छ । आफ्नो चन्द्रयान–३ अभियानसँगै चन्द्रमाको दक्षिणी ध्रुव छेउमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेर भारतले इतिहास रचेको थियो । अमेरिका, सोभियत संघ र चीनपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्न सफल देशको सूचीमा भारत चौथो बनेको छ । चन्द्रयान अवतरण गर्नका लागि सावधानीपूर्वक चन्द्रदिनको सुरुवात हुने समय बनाइएको थियो ।
जसका कारण विक्रम र प्रज्ञानले दुई सातासम्म कामका लागि सूर्यको प्रकाश पाएका थिए । चन्द्रमाको एक दिन पृथ्वीको २९ दिन अर्थात पृथ्वीको १४ दिनको रात र १४ दिनको एक चन्द्रदिन हुन्छ । इसरोले चन्द्रयानको अभियान र खोजहरू तथा उनीहरूले लिएका तस्बिरहरू नियमित रूपमा सार्वजनिक गरिरहेको छ । विक्रम र प्रज्ञानलाई निष्क्रिय पार्दा इसरोले विक्रम र प्रज्ञानले आफ्ना सबै कार्यहरू पूरा गरिसकेको तर अर्को चन्द्रदिन सुरु हुँदा उनीहरू पुनः सक्रिय हुने आशा व्यक्त गरेको थियो । यसअघि चीनले पठाएका ल्याण्डर रोभरहरु नयाँ चन्द्रदिनसँगै पुनः सक्रिय भएका थिए । तर भारतले चन्द्रयान अवतरण गरेको दक्षिणी ध्रुव नजिकै रातको तापक्रम माइनस २०० डिग्रीदेखि २५० डिग्रीसम्म झर्ने गर्छ ।
इसरोका पूर्व प्रमुख एएस किरण कुमारका अनुसार ब्याट्रीहरूलाई त्यस्तो तापक्रममा सञ्चालन गर्न वा चलाउन मिल्नेगरी बनाइएको थिएन । इसरोले भने विक्रम र प्रज्ञान पुनः सक्रिय नभए उनीहरु चन्द्रमामा ‘भारतको चन्द्रमाका लागि राजदूतका रूपमा’ रहनेछन् भनेको छ । यसको अर्थ इसरो आफैंलाई पनि दोस्रो चन्द्रदिनमा विक्रम र प्रज्ञानको सक्रियताबारे पूर्ण विश्वास थिएन । यद्यपि भारतले आफ्नो स्वतन्त्रताको करिब ७५ वर्षमा प्राप्त गरेको निकै ठूलो उपलब्धि हो ।