हाई हील विरुद्ध जापानी महिला

हाई हील विरुद्ध जापानी महिला

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७६

काठमाडौं। एजेन्सी । जापानी महिलाहरुले कार्यक्षेत्रमा हाई हील नलगाउनका लागि रीट दायर गरेका छन् । जापानमा कार्यक्षेत्रमा हाई हील अनिवार्य लगाउनुपर्ने नियम छ । 
महिलाको औपचारिक पोशाक अन्तर्गत नै पर्छ हाइ हील जापानमा । 

तर अब यो नियममा परिवर्तन गरिनुपर्छ भनेर १९ हजार महिलाका तर्फबाट रीट दायर भएको छ । यसको शुरुवात ३२ वर्षीय जापानी अभिनेत्री युमी इशिकावाले गरेकी हुन् । 

उनले यसैसँग सम्बन्धित एउटा ट्वीट गरेकी छन्, ‘हाई हील लगाउनुपर्ने नियम ती महिलाका लागि हो जो मृत्यु संस्कार अघिको फ्यूनरल पार्लरमा काम गर्छन् ।’

यो ट्वीट भाइरल भयो र दशहजार जनाले शेयर समेत गरेका थिए । 

यस्तै २०१५ मा लंडनमा एक  रिशेप्सनिस्टले हाई हील लगाएर अफिस आउन इन्कार गरेपछि उनलाई जागिरबाटै हटाएको थियो भने तलब पनि दिइएको थिएन् । 

जापानको क्योडो समाचार एजेन्सीका अनुसार हाई हील को  विरोधमा यहां एउटा अभियानको थालनी भएको छ जसलाई ३कुटु नाम दिइएको छ । जापानी भाषामा कुत्सू भनेको जुत्ता हो । कुत्सुको  कु तथा  मीटु को टू समेटेर यस अभियानको नाम ‘हैशटैग कुटू’ राखिएको हो । 

यस अभियानसँग सम्बन्धित अभिनेत्री इशिकावा भन्छिन, हाई हील त्यसबेला लगाउनु पर्छ जब यो काम शुरु गर्नु अगाडी नै अनिवार्य शर्तका रुपमा हुनेछ अन्यथा हाई हील नलगाउनु भनेको अशिष्ट र अव्यवहारिक होइन् । यस अभियानले समाजमा परिवर्तन ल्याउनेछ । 

इशिकावाले यस सन्दर्भलाई लिएर मन्त्रालयका अधिकारीलाई समेत भेटेकी छन् । यो अभियानका बारेमा अधिकारीहरु समेत सकारात्मक रहेको उनले बताइन् । 

इशिकावाले भनिन, यसभन्दा अघि पनि फाइनान्स कंपनी पीडब्ल्युसीमा हाई हील लगाउने नियमको विरोध भएको थियो र यो नियम परिवर्तन गर्नुपर्नेमा अभियान नै चलेको थियो ।

कंपनीको कर्मचारी निकोला थोर्पले ब्रिटेनको ड्रेस कोड कानून मान्न अस्वीकार गरेकी थिइन् । पीडब्ल्युसी मामलाले सञ्चार माध्यममा चर्चा पाएपछि आउट सोर्सिंग फर्म पोर्टिकोले महिला कामदारले सादा जुत्ता लगाउन सक्ने बताएको थियो । 

२०१७ मा क्यानडामा महिलाले हाई हील लगाउनु पर्ने नियमको अन्त्य भएको थियो । 

महिलाले हाई हील लगाउनुपर्ने नियमको विरोध गरेसँगै पुरुषले पनि दारी दैनिक खौरिनुपर्ने नियमको विरोध गरेका छन् । जापानमा दारी क्लीन शेव गर्नुपर्ने सरकारी नियम छ ।