शेरबहादुर परियार | समाचार | असोज ०८, २०८०
यूरोप । माल्टा कार्यक्षेत्र समेत रहेको नेपाली दूतावास यूकेले माल्टामा बसोबासरत नेपालीका लागि २ दिने घुम्ती सेवा सम्पन्न गरेको छ।
एनआरएनए माल्टाको सहकार्यमा नेपाली दूतावास यूकेले सेप्टेम्बर २३ र २४ तारिखका दिन घुम्ती शिविरमार्फत माल्टामा आफ्नो सेवा प्रदान गरेको हो।
घुम्ती सेवाबाट ७६० जनाले पासपोर्ट नविकरण ,१५ जनाले मन्जुरिनामा र अन्य केहिले महत्वपूर्ण सिफारिसहरुको सेव लिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए।
घुम्ती सेवालाई सफल बनाउन खटिने दूतावासका कर्मचारी, कार्यसमितिका पदाधिकारी तथा माल्टामा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थालाई अध्यक्ष खनालले एनआरएनए माल्टाको तर्फबाट धन्यवाद दिएका छन्।
बेलायत स्थित नेपाली दूतावासको यूके लगायत माल्टा,आयरल्यान्ड समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।