समानुपातिक सिट र आरक्षण : जात र जातीयतालाई कि गरिब तथा तल्लो वर्गलाई ?

समानुपातिक सिट र आरक्षण : जात र जातीयतालाई कि गरिब तथा तल्लो वर्गलाई ?

पूर्ण ओली  |  दृष्टिकोण  |  असोज २६, २०८०

 हाम्रो देशमा बिभिन्न जातजातिको  भएपनि बिगतमा कहिल्यै जातीय समस्या थिएन । यो जात विशेषको कुरा पनि कुनै धार्मिक ऐतिहासिक तथा वेद गीतामा लेखेर आएको विषय होइन । पछि क्रमशः राजा महाराजाहरूले कामको आधारमा बाँडेको बर्गलाई जातमा रुपान्तरण गरिएको भन्ने  कुरामा कसैको दुई मत देखिदैन । 

हाम्रा समाजमा भएका शिल्पीहरु लाई पछि जातको आधारमा तल्लो जात र माथिल्लो जात भनेर छुट्टाउन थालियो । यो सिर्फ कामको बिभाजन मात्र थियो । बिदेशमा हामीले सुनेका छौं । नाम चलेका मानिस कोही सु मेकर , कोहि बल्याक स्मिथ,  गोल्ड स्मिथ, कोहि कुक आदी भनेर चिनिएकै छन् ।  

त्यहाँ कुनै पनि जात छुवाछुतको कुरा आउँदैन । हाम्रो देशमा पनि गोल्ड स्मिथ भनिएका सुनारहरू आज करोडपति भएका छन् । लुगा सिलाउने सिप भएका कथित दमाइ भनिएका आज कयौं सम्पन्न भइसकेका छन् । यही सीपलाई अरु जातले पनि सुरु गरिसकेका छन् । आज बाजा बजाउने दमाइ भनिएकाबाट बजाइएका  लोकप्रिय पन्चे बाजा अरु जातले पनि सुरु गरिसकेका छन् ।

हाम्रो देशका राम्रा क्रिकेट खेलाडी तल्लो जात भनिएका सोम लाल कामी, भिम सार्की आज निकै लोकप्रियता कमाइ रहेका छन् ।  ।  जसले खेलबाट नेपालको नाम उच्च राखेका छन् । नेपाली काँग्रेसका नेता मीन बिश्वकर्मा आज राम्रो तहमा बसेर पार्टीलाई सहयोग  गरिरहेका छन् । त्यसैले हामीले आफुलाई तल्लो जातको भनेर हिनताबोध पो गरिरहेका छौँ कि ?  

नत्र यी सत्ताका पुजारी भ्रष्ट नेतृत्वबाट देशले गति लिने अब सम्भव छैन । जसले जातीयताको कुरा गर्दै जातीय राज्य बाँड्ने र जातको नाममा नागरिकको बिभाजन गरि फाइदा लिन खोज्नेबाट देशमा सम्बृद्धि आउने कुरामा रत्तिभर पनि आस गर्न सक्ने ठाउँ छैन । 

सरकारबाट आज दलित भन्ने शब्द जोडेर हाम्रा शिल्पी हरुलाई कहिल्यै नउठ्ने गरि गिराइ रहेका त छैनौँ ?  यसलाई पनि हटाउन अति आबश्यक छ । पहिला  राम्रो ज्ञान आर्जन गरेका विद्वानहरुले पण्डितका रुपमा कहलिए । । उनीहरुलाई ब्राम्हण भनियो । त्यहि पण्डित पढ्न नसकेर र वा पढ्ने अवसर नपाएर  पछि किसान र श्रमिक भएर पनि आफ्नो जिविका सहजसँग चलाइ रहेका छन् ।

मानिसहरु जो जसको जति क्षमता छ त्यहि अनुसारको काम र कार्य  गर्नुपर्छ । अरुले गरेको राम्रा काम जसले पनि सिक्न पाउँछन् । एउटा पण्डितको छोरा मासु पसले भएर पनि आफ्नो  ब्यवसाय चलाएका हाम्रो समाजमा धेरै उदाहरण देख्न पाइन्छ ।  पहिला यही काम काठमाडौँमा कसाइहरूले मात्र मासुको ब्यापार गर्ने चलन थियो । कुनै कुनै  मन्दिरमा कथित तल्लो जात भनिएको पोडे पुजारी राख्ने चलन पनि यही समाजले चलाएको हो ।  पोडे पुजारीले दिएको फुल कथित माथिल्लो जात भनिएका ब्राम्हण तथा पण्डितहरु सबैले शिरमा लगाएको हामीले देखेकै छौँ ।  अनि हामीले हाम्रो समाजको सन्तुलन खल बलिने गरी  किन जातको कुरा गर्ने ?

अनि जातको नाममा समानुपातिक सिट छुट्याउने अनि हुनेखाने सम्पन्न र शक्तिको नजिक बस्नेले जातको फाइदा लिंदै सांसद,मन्त्री राजनीतिक पद पड्काउने होड नै चलिरहेको छ  । खस बाहुनको कोटामा कांगेसका अर्थमन्त्री प्रकास शरण महत सांसद हुने । महिलाको कोटामा पार्टी सभापतिको पत्नी आरजु देउवा, मन्जु खाँण सभासद हुने !

अनि किन चाहियो समानुपातिकको सिट ? त्यसैले गरिबको लागि मात्र केहि कोटा छुट्याउने विषयमा किन बहस भएन ।  जातको आधारमा गर्दा कोहि त्यही जातको अरब पति छ भने त्यसैले पैसा र पहुँचका भरमा  फाइदा लिइरहेको छ । जनजाती भनिएका मीन बहादुर गुरुङ आज अरब पति  छन् । सहुलियत पाउने बेलामा सत्ताका नजिक भएका धूर्तले मात्र फाइदा लिइरहेका छन् । पहाडका कुना कन्दरामा भएको बाहुन ठकुरी अत्यन्त गरिब हुनसक्छन् । त्यस्ता गरिबलाई मात्र कोटामा सुबिधा दिने कुरामा ध्यान जान जरुरी छ  ।

गरिब र तल्लो जात भनिएका लाई शिक्षा र स्वास्थ्यमा सहुलियत दिंदै उनीहरुलाई निशुल्क पढ्ने अवसर दिन जरुरी छ । पढाइमा मात्र राम्रो ज्ञान प्राप्त गरेर सक्षम भएपछि उसले राम्रो पद र ओहोदा पाउन सक्छन् । त्यो मानिस जिल्लामा गएर सिडिओ, प्रहरीको हाकिम हुनसक्छ । त्यो बेलामा ओहोदाको मान हुन्छ न कि तल्लो जात भनेर कसैले होच्याउन सक्तैन । यदि होच्याउन खोजेमा  त्यो कारबाहीको भागिदार हुनेछ ।  

बहुदलीय ब्यबस्था नभएपनि पञ्चायती ब्यवस्थामा दुरदराजका जनजाती पनि उच्च ओहोदामा पुग्ने अवसर पाएका थिए ।  हिरालाल बिश्वकर्मा मन्त्री भएकै थिए । टि आर बिश्वकर्मा मातृभूमि पत्रिकामा निकै सकृय थिए । गोल्छे सार्की काठमाडौँका प्रधानपञ्च हुँदै सांसद र मन्त्री भएका थिए । छिरिङ तेन्जीङ लामा , जोनदेन उक्यापहरु अञ्चलाधीश भएका थिए । यस्ता धेरै जनजाती, मुस्लिम तथा शेर्पाहरु पनि मन्त्री अञ्चलाधीश भएका थिए । अहिले लोकतन्त्रमा  दल विशेषबाट तल्लो जातका भनिएका ब्यक्ति मन्त्री भएका प्राय भेट्न मस्किल परिरहेको छ ।  प्राय सबै पार्टी प्रमुखका वरिपरि बस्ने चाकडीमा लिप्त मध्येबाट केहीले मात्र  मौका पाएका छन् । 

द्वन्दमा हजारौ  मानिस मारेर, सबैलाई समानताको नारा दिंदै सत्तामा पुगेका माओवादीका नेता प्रचण्ड अहिले तेश्रो ठुलो दल भएर पनि कसैको बहुमत नआएको कारण देशको प्रधानमन्त्री भएका छन् । उनलाई देशको कसर छिटो बिकास गरौ । कसरी सुशासन कायम गरेर जनताको जिवन स्तर माथि  उठाऔँ भन्ने छैन । सिर्फ कसरी हुन्छ आफ्नो शासन सत्ता लम्ब्याउने सुर मात्र छ । त्यसका लागि उनले अरु ठुला दलका नेतालाई भ्रष्टचारको फायल खोल्छु भनेर तर्साउँछन् । कुनै बिशेष जनजातिलाई जातिय राज्य दिलाइ दिन्छु मेरो दललाई बहुमत देउ भन्छन् ।  जुन कुरा शान्ति सम्झौतामा सकिसकेको बिषयलाई ल्याएर  फेरि देशलाई भाँड भैलोमा लैजाने  कोशिश गरिरहेका छन्  ।

देशमा स्थिरता ल्याएर किसान तथा युवाहरुलाई  उद्यमी  बनाउन  खोजेको देखिदैन । समाजमा धार्मिक द्वन्द, जातीय दंगा, अराजकता, क्षेत्रीय भावनामा बृद्धि गरि केही समूहको लागि सस्तो लोकप्रियता कायम गर्न मात्र सरकार प्रमुख लागेपछि देशले कसरी बिकासको फड्को मार्न सक्ला ? 

अहिले २१ औं शताब्दीमा पनि मानिसलाई जात जातको राज्य बनाउने  भनेर झुटो आश्वासन दिने ?   बिभिन्न जातीको नाममा राज गर्ने सोच बनाउने देशका सरकार प्रमुखलाई कति दिन सम्म जनताले स्विकार्नु पर्ने हो ? यसका लागि युवाहरु जाग्नु पर्ने होइन ?   क्षमतावान, इमान्दार युवाहरु प्राय सबै उपयुक्त वाताबरण र अवसर नदिएर बिदेश जान बाध्य पारिएकाे छ  । केहि उच्च अध्ययनलाई गएपनि धेरैजसो पढ्न र सँगसगै काम गर्दै कमाउन कै लागि बिदेश गएका छन् । गरिब र अर्ध शिक्षितहरु आफ्नो अमूल्य श्रम बेच्न अरबका देशहरुमा रगत पसिना बगाउन बाध्य भएका छन् ।

देशको बिकासमा लाग्नु पर्ने युवा शक्ति अहिले विदेशको बिकासमा तल्लीन छन् । यसरी देशको बिकास कसरी सम्भव  होला ? त्यसैले एकदिन बिदेश गएका पढे लेखेका युवाहरु स्वदेश फर्कने र खाडी मुलुकमा गएका युवाहरु पनि स्वदेशमा केहि गरौं भन्ने भावना लिएर स्वदेश फर्किन थाले मात्र देशले सहि रुपमा बिकासको बाटो लिन सक्छ । नत्र यी सत्ताका पुजारी भ्रष्ट नेतृत्वबाट देशले गति लिने अब सम्भव छैन । जसले जातीयताको कुरा गर्दै जातीय राज्य बाँड्ने र जातको नाममा नागरिकको बिभाजन गरि फाइदा लिन खोज्नेबाट देशमा सम्बृद्धि आउने कुरामा रत्तिभर पनि आस गर्न सक्ने ठाउँ छैन ।     


हाल— अष्ट्रेलिया 
२०८० अस्विन २६