पुरिन्द्र रावल | दृष्टिकोण | कात्तिक ०२, २०८०
प्रधानमन्त्री प्रचण्डले अमेरिका हुँदै चिन भ्रमण गरेर फर्केको पनि केहि हप्ता भयो । त्यो भ्रमण कत्तिको फलदायी भयो भएन त्यो दोस्रो बिषय होला । वर्तमान मुलुक को अवस्था हेर्दा तेस्रो पार्टीले सत्ताको चाबी लिएर मुलुक हाँकिरहेको छ ।
यसले स्वभाविक रुपमा एक प्रश्न जन्माएको छ के लोकतान्त्रिक प्रणाली यहि हो ? के गणतन्त्रमा यस्तो हुन्छ ? मुलत आजको नेपाली राजनीतिलाई यी र यस्तै प्रश्नहरूले घेरिरहेको हामीले देखेका छौँ ।
आज मुलुक अनेक समस्याहरूमा अल्मलिएको छ । मुलुक को राजनीति, अर्थतन्त्र, र सामाजिक एकता जस्ता महत्वपूर्ण पहलहरू मा नै एक प्रकारको संकट आयको छ । यसो भयको हुँदा बर्तमान समस्याको मुल कारण के हो ? अहिलेको मुल अन्तरविरोधको मुल जड व्यक्ति(नेता) हो वा व्यवस्था ?
जस्ता महत्वपूर्ण प्रश्न हरुले यतिबेला बहस खोजिरहेको हामीले पाएको छौँ । मुलत लोकतान्त्रिक विधिमा ठुलो दलले शासन गर्ने परिपाटी हुन्छ तर नेपाल को सन्दर्भ मा यस्तो किन हुन सकेन ? दुइ ठुला दलहरु कंग्रेस र एमाले निरिह देखिएका छन् भने तेस्रो ठुलो दल माओवादी ले सत्ता हाँकेको छ ।
यस्तो किन भन्ने प्रश्नहरु पनि उठे कै छन् । यसो भयको हुँदा आजको नेपाली राजनीतिको मुल अन्तरविरोध के हो ? भन्ने पत्ता लगाउन जरुरी छ र त्यो अन्तरविरोध पत्ता लगाउन बहस को जरुरी देखिन्छ । यसैले आजको मुल बहस को विषय नै व्यक्ति वा व्यवस्था नै हुन पर्छ ।
मुलुक को अर्थतन्त्र मन्दीको भुमरीमा छ । गत आर्थिक वर्षमा १.६ प्रतिशत को आर्थिक वृद्धिदर हुनुले पनि मुलुकमा शिथिलता का स्पष्ट संकेत गरेको छ । एडिबीको रिपोर्ट अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वुद्धि ४.५ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।
अर्थतन्त्रका बाह्रै सूचकहरु सकारात्मक देखि पनि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा सरकार,निजी क्षेत्र र आम नागरिकको दैनिक जीवनमा निकै ठुलो चोट पुगेको छ ।
नेपाल राष्ट्र बैंक ले निकालेको तथ्याङक अनुसार मूल्यवृद्धि ७ प्रतिशत भन्दा माथि देखाइको छ भने मुलुक को व्यापार घाटा चालु आर्थिक बर्षको दुइ महिना मा २ खर्व ३३ अर्व देखाएको छ ।
राजस्वमा गम्भीर चाप पर्दै गएको छ । राजस्व संकलन निजामतीमा कर्मचारीहरुलाई समेत धान्न मुस्किल हुदा भाटा को बजेट बनाउन परेको छ ।
यसको मुल कारण के हो ? अब यसको कारण खोज्ने बेला भयको छ । आज मुलुक को राजनीति अस्थिरता उन्मुख, अर्थतन्त्र मन्दी उन्मुख अनि सामाजिक एकता अविश्वास उन्मुख अर्थात असफल राष्ट्र कनि हुन खोज्दै छ ? यस्तो कस्ले गर्यो र यसमा को जिम्मेवार छ ? किन मुलुक अस्थिरता मुखी छ ? प्रश्नले उठिरहेका छन् । यसैले एक बहस को आवश्यकता देखिएको को छ बर्तमान अन्तर विरोध को मुल जड के हो ? व्यक्ति हो वा व्यवस्था ? एक जबरजस्त प्रश्न उठेको छ ।
सरकारको सार्बजनिक ऋण नै जीडीपी को ५० प्रतिशत अर्थात २३ खर्व पुगेको छ । यसो भयको हुदा यो के कारण ले भयो ? भन्ने नै आजको मुल प्रश्न हो । नेपाल लाइ कृषि प्रधान देश भनेर भनिन्छ तर बार्षिक साढे २ खर्ब बराबरको खाद्यान्न तथा कृषि सामाग्री आयात गरेको छ ।
आज प्रत्यक दिन विदेशिने युवा हरु को ताती छ । भ्रस्टाचार मौलाइ रहेको छ । यी दल र कर्मचारीहरु नै ठुला काण्ड मा मुछिनु ले नै हाम्रो लोकतन्त्र को हुर्मत गरेको छ ।
यसको मुल कारण के हो ? अब यसको कारण खोज्ने बेला भयको छ । आज मुलुक को राजनीति अस्थिरता उन्मुख, अर्थतन्त्र मन्दी उन्मुख अनि सामाजिक एकता अविश्वास उन्मुख अर्थात असफल राष्ट्र कनि हुन खोज्दै छ ? यस्तो कस्ले गर्यो र यसमा को जिम्मेवार छ ? किन मुलुक अस्थिरता मुखी छ ? प्रश्नले उठिरहेका छन् । यसैले एक बहस को आवश्यकता देखिएको को छ बर्तमान अन्तर विरोध को मुल जड के हो ? व्यक्ति हो वा व्यवस्था ? एक जबरजस्त प्रश्न उठेको छ ।
सहजै अनुमान लगाउन सकिन्छ भने यदि मुलुकलाई वर्तमानको गन्जागोल बाट मुक्त गरेर बिकास र समृद्धिको बाटोमा लम्काउने हो भने व्यक्ति वा व्यवस्थाको बहस हुन जरुरी छ । बहस र छलफल बाट समस्याको जड पत्ता लगायत त्यसको समधान तिर गायौ भने बल्ल मुलुकको मुक्ति हुन्छ भन्ने आसय हो ।
सबै दृष्टान्त हेर्दा के लाग्छ भने मुलभूत कुरा व्यवस्था हो व्यक्ति गौण हुन्छ । यसैले बर्तमान समयमा व्यक्ति भन्दा पनि व्यवस्था वा प्रणालीको विकल्प खोज्न जरुरी छ । संसदिय प्रणालीको विकल्पमा प्रत्यक्ष जन निर्वाचित राष्ट्रप्रमुख हुने प्रणाली नै बर्तमान गन्जागोलको विकल्प हुन सक्छ ।