लोकसंवाद संवाददाता | कारोबार | कात्तिक १४, २०८०
ललितपुर ।बडादशैँको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफरको समय मङ्सिर ०३ सम्म थप भएको डिशहोमले जनाएको छ ।
उक्त अफर घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबर नेटले आफ्ना ग्राहकहरूका लागि ल्याएको थियो । अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्ने व्यवस्था मिलाएको थियो ।
जसमा ग्राहकले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएससम्म फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने थिए ।
उक्त अफरको ग्राहकहरुबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले कम्पनिले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको 'फेस्टिभ १२ महिने प्याकेज' अफरलाई छठ पर्वको दिन सम्म अर्थात मङ्सिर ण्३ गते सम्मका लागि थप गरेको जनाएको छ ।
थप जानकारीको लागि आफू नजिकैको डिएच फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ। चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजै डिएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले अपिल गरेको छ ।