टि ट्वान्टी शृङ्खला : हङकङ विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने

टि ट्वान्टी शृङ्खला : हङकङ विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कात्तिक ३०, २०८०

काठमाडौँ । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खला अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

हङकङ क्रिकेट क्लबको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन । 

यससँगै अब हङकङले पहिला बलिङ गर्ने भएको छ ।  नेपाललाई प्रतियोगिताको फाइनल खेल्नको लागि पनि हङकङ विरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ । बुधबार भएको पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो ।  

चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पुजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।