लोकसंवाद संवाददाता | समाचार | मंसिर ०३, २०८०
काठमाडौँ । भारतका सुप्रसिद्ध सन्त तथा गुरु महायोगी पायलट बाबा काठमाडौँ आइपुगेका छन।
भारतको साधु सन्यासीहरुको प्रमुख अखाडा जूना अखाडाका महामंडलेश्वर् श्री ज्ञण्ण्ड सोमनाथ गिरी चितवनमा हुन गई रहेको आफ्नो अन्तराष्ट्रिय योग सेमिनारमा सम्मिलित हुने क्रममा काठमाडौँ आई पुगेका हुन ।
आज अपरान्ह ४ बजे त्रिभुवन अन्तरराष्ट्रिय एयरपोर्टमा ओर्लिदा नेपाली भक्त गणले उनको भव्य स्वागत गरेका थिए।
उनी २ दिनको काठमाडौँ बसाई पछि मंसिर ट गते चितवन पुग्ने कार्यक्रम रहेको छ।
चितवनको देवीनगरस्थित लेक ट्वाएंटी थाउजेंड रिज़ॉर्ट एण्ड फार्म हाउसमा उनको योग क्लास संचालन हुन गई रहेको छ।
मंसिर ८ देखि १२ सम्म सञ्चालित हुने उक्त योग क्लासमा विभिन्न देश १०० भन्दा बढी व्यक्तिले सहभागिता गर्दै छन।
रिज़ॉर्ट प्रबंधक देवेन लोहनी का अनुसार पायलट बाबा को योग सेमिनारमा रूस, युक्रेन, बेलारूस, जर्मनी, स्वीडेन, जापान, अमेरिका, भारत लगायतका अन्य देशबाट १०० भन्दा बढी सहभागीले रजिस्ट्रेसन गराएका छन।
पायलट बाबाका साथमा उहाँको शिष्याद्वय महा मंडलेश्वर् चेतना माता र श्रद्धा माता पनि नेपाल आएका छन।