बुद्धकुमार श्रेष्ठ | समाचार | मंसिर ०५, २०८०
भनिन्छ नेपालमा औंलामा गन्न सकिने ब्राण्डेड सहकारी छन् । ती सहकारी सुरक्षित छन् ।उक्त सहकारी संस्थामा सुशासन, वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता हुन्छ भनिएको छ । ती संस्थाका सञ्चालकहरु स्वयं सेवी हुन्छन।तर तीनै मध्ये एक राष्ट्रमै नाम कमाएको ४ जिल्ला कार्यक्षेत्र रहेको काभ्रेको पनौती मुख्य कार्यालय रहेको सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले नियमित रुपमा मोटो रकम बुझ्दै आएको जानकारी प्राप्त भएको छ। लेखापरीक्षण प्रतिवेदनमा नै ७ लाख ३३ हजार लिएको उल्लेख छ ।
सामान्यतया सहकारी सञ्चालकलाई बैठक भत्ता, संचार खर्चको क्षतिपूर्ति स्वभाविक ठानिएता पनि नियमित रुपमा तोकेर रकम दिने र बुझ्न नमिल्ने कुरा सहकारी क्षेत्रको समान्य आचारसंहिता रहेको छ ।
विभागीय निर्देशन अनुसार सञ्चालकहरूले लिने सुविधा साधारणसभाबाट पारित गरेर मात्र लिनुपर्छ भन्ने प्रावधान रहेको छ भने लेखा समितिले अनिवार्य रुपमा सञ्चालकको सेवा सुविधा र कार्यकारी प्रमुखको तलब भत्ता बारे उल्लेख गर्नुपर्ने प्रावधान पनि रहेको छ। तर सामुदायिक सहकारीको प्रतिवेदनमा भने यो कुरा खुलाएर प्रकाशित र सदस्यहरुलाई समान्य जानकारी समेत दिएको पाइँदैन । त्यस्ता सहकारीका अध्यक्षले मोटर साइकल सुविधा, दैनिक भत्ता र इन्धन खर्च लिएर पनि संस्थाकै गाडीमा हिड्ने कुरा समान्य मानिने गरेको छ । सामुदायिक सहकारीमा ४ वटा गाडि रहेका छन् ।कतै जानू पर्दा दरबन्दीमा रहेका अन्य क्षेत्रका कर्मचारीलाई ड्राइभरको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ।
सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले ७ लाख भन्दा माथी पैसा लिएको अडिट रिपोर्टले नै देखाएको छ।सहकारीका कार्यकारी प्रमुखले गाडीको चरम दुरुपयोग गरेको र आफन्तजनसँग मोजमस्ती मारेको जानकारी स्वयंम सहकारी सञ्चालकहरुले नै आरोप लगाउने गरेका छन् ।
दसैं बिदाको समय उक्त सहकारी अन्तरगत सम्बन्ध नरहेका ब्यक्ति सहित भ्याली बाहिर घुमफिर गरेको विषय आम सदस्यहरुमा चर्चाको विषय बनेको छ।परिवार सहित घुमफिरमा सहकारी गाडी प्रयोग गरेको प्रत्यक्षदर्शी सेयर सदस्य बताउछन् । सहकारीमा लग बुक हुनु अनिवार्य छ।सुरुदेखि हालसम्म सबै गाडीको लग बुक हुनुपर्छ।कुन गाडी कुन समय कहाँ र के प्रयोजनको लागि कम्पाउण्ड बाहिर निस्कियो।कति किमि गुड्यो हिसाब राख्नु पर्नेमा हालसम्म राखिएको छैन ।
सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले उचित प्रतिफल र नाफा कमाएको भनिएता पनि आ। ब। २०७९/०८० साल तमामिका दिन खराव ऋणहरू पुनर्संरचना गरी ३ घण्टाको बिचमा १२ करोड आम्दानी देखाइएको छ भने एकै व्यक्तिलाई करोडौं ऋण लगानी गरेका छन् र ती ऋणीहरू अधिकांस खराब ऋणीहरू रहेका छन्। एक सञ्चालकका अनुसार आ.ब. २०८०/०८१ को ४ महिनामा भाखा नाघेका ऋण डरलाग्दो रुपमा वृद्धि भएको छ भने पाकेको ब्याज समेत उठाउन सकेको छैन।
ठुला ऋण लगानी गर्दा अध्यक्षको ब्यापारिक कारोबारमा सम्बन्ध भएका व्यक्तिहरुलाई गरेको छ र ती ऋणहरू भाखा नाघेका छन्।बिगतमा ब्यापारिक साझेदार बनेपाका प्रजापति थर भएका ब्यक्तिको खराब ऋणी रहेको जानकारी एक संचालकले खुलासा गरेका छन् भने अर्का साझेदार रहेका राजन मैनालीको ऋण पटक पटक पुनर्संरचना गरिएको छ।
उक्त सहकारीमा यस किसिमका ऋणका संख्या अनगिन्ती छन्।काठमाण्डौमा दा।खा भइ सामुदायिकको नाममा आएको घर खाली गरी बिक्री नगरेको लामो समय भैसकेको जानकारी एक सञ्चालकले लोकसंवादलाईलाई खुलासा गरेका छन्।
विशुद्ध सामाजिक कार्यमा भनि संचालक बन्ने होडबाजी किन ? भन्ने कुरा यो मोटो रकम लिएको अडिट रिपोर्टले प्रष्ट पारेको छ । बैंकले कालो सुचीमा राखेकासँग गहिरो साँठगाँठमा करोडौं ऋण लगानी भएको र उक्त लगानी असुलउपर गर्न नसकेको जानकारी स्वयं सामुदायिक सहकारी अध्यक्ष बन्जाराले घुमाउरो तरिकाबाट आफ्नो सामाजिक संजालमा १ गते शुक्रबार यसरी पोस्ट गरेका छन् :
अब लगभग महत्वपूर्ण चाडपर्वहरु नि सकिए, रमाइलो पनि भयो !
ऋणी शेयर सदस्यहरुले बिचार पुर्याउनु पर्ने होइन र !
के गर्नु गर्न त मिनाहा नै गर्न मन थियो नि आफ्नो होइन, कहिँ कतैबाट अनुदान प्राप्त भएको पनि होइन्,जनताले खाई नखाई जम्मा गरेको पर्यो । सम्झाएर बुझाएर जति समय दिँदा नि भएन अब त अलि एक्सन लिई प्रकृया मा जान बाध्य हुनु पर्ने भयो, के गर्नु आफुले लिएको जिम्मा नै यस्तै छ। अनि आफुले जिम्मा पाएको समयसम्म त..... ।
शेयर सदस्यहरुको वचतको ग्यारेन्टी, हाम्रो प्रतिबद्धता भनि रहन्छु ,जय सहकारी , जय सामुदायिक ।यो पोस्टले लगानी असुल उपर गर्न नसकेको प्रष्ट हुन्छ।सहकारीको बिधि र पद्धति मिचेर ती कालो सुचीमा परेकालाई लगानी गरेको ऋण असुल उपर गर्न नसके यसको जिम्मा कसले लिने भन्ने विषयमा सेयर सदस्यहरु चिन्तित छन्।
सहकारीका कार्यकर्ताहरुले सहकारीको गाडी ब्यक्तिगत भ्रमणमा लानेले राजीनामा दिनु पर्छ कि पर्दैन ? सहकारीको बचत रकम ब्यक्तिगत पेवा होइन भने कालोसूचीमा परेका भूमाफिया सँगको साँठगाँठमा करोडौं लगानी किन र सेयर सदस्यको लगानी संकटमा परे यसको जिम्मा कस्ले लिने भनी सेयर सदस्यले सामाजिक सञ्जालबाट संचालक समितिलाई प्रश्न समेत गर्न थालेका छन्। गरेका छन्।
लाग्छ सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको गतिविधि हेर्दा लाग्छ सहकारी भनेको राम्रो भए पनि नराम्रो भए पनि सञ्चालकहरुले मस्ती ,मोज गर्ने थलो रहेछ। यहाँ अनुगमन गर्ने नियमन गर्ने नेपाल सरकारको कुनै निकाय छैन। बचत कर्ताको बचतको कुनै सुरक्षा छैन। यौटा सहकारीको मेरो बचत फिर्ता दिन नसकेको झण्डै ६महिना भाई सक्यो। अफिसमा गयो भने पीडितको हुल, समितिलाई भन्यो जग्गा खनोस्, नत्र जान्या गर्नुहोस, जेल जान्छु ... धम्क्याउने गरेको गुनासो स्थानीय स्कुल प्रसाद तिमल्सिनाले गर्नु भएको छ।
सामाजिक संजालमा पोस्ट गर्नु भएको छ। रूटिन अफ काभ्रे खबरले तलब भत्ता बुझेको लिस्ट सहित सामुदायिक सहकारी पनौतीका सञ्चालकद्वारा लिने गरेकाे सेवा सुबिधा र भत्ताको सूचि नै सार्वजनिक गरेको छ । याे सूचि सार्वजनिक भएपछि सहकारीमा भएकाे लुटसहितको तथ्य बाहिर आएको हो ।
यस्तो रहेछ सहकारीमा यो लुट तपाईंलाई कस्तो लाग्यो रु भनी ३ गते आइतबार सार्वजनिक गरेका छन्। संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरूले आ.व. ०७९/०८० मा लिईएको पारिश्रमिक, भत्ता र अन्य सुविधा देहाय बमोजिम रहेको पाइयो ।