पायलट बाबा  चितवनमा: एलटीकेमा ५ दिवसीय अन्तर्राष्ट्रिय योग सेमिनार  सञ्चालन हुँदै

पायलट बाबा  चितवनमा: एलटीकेमा ५ दिवसीय अन्तर्राष्ट्रिय योग सेमिनार  सञ्चालन हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ०७, २०८०

चितवन । अध्यात्म एवम योग ज्ञानको सम्प्रेषणबाट अन्तर्राष्ट्रिय रूपमा सुविख्यात  सन्त तथा गुरु महायोगी पायलट बाबा चितवन आइपुगेका छन् । 

काठमाडौँबाट चार्टर हेलीकपटारका माध्यमले उनी चितवनको देवनगर स्थित एलटीके हवेलीमा मङ्सिर ६ बुधवार अपराह्न 2 बजे ओर्लेका थिए। 

एलटीके हवेलीका सञ्चालक देवेन लोहनीका अनुसार महायोगी पायलट बाबा मङ्सिर ८ गतेदेखि १२ गते सम्म हुन गइरहेको पाँच दिवसीय अन्तर्राष्ट्रिय योग क्लासका निमित्त चितवन आएका हुन। 

भारतको साधु सन्यासीहरुको सबैभन्दा ठुलो अखाडा जुन अखाडाका वरिष्ठतम महामण्डलेश्वर श्री 1008 सोमनाथ गिरी  आफ्ना भक्त एवम शिष्यगण माझ पायलट बाबा उपनामले प्रख्यात छन्।

चितवनमा हुन गइरहेको यस अन्तर्राष्ट्रिय योग सेमिनारमा रुस, युक्रेन, बेलारूस, जापान, जर्मनी, अमेरिका, स्पेन, भारत र नेपालका एक सय भन्दा बढी व्यक्तिले सहभागिता गर्दै छन्। पायलट बाबाका साथमा उहाँको शिष्य द्वय महा मण्डलेश्वर चेतना माता र श्रद्धा माता पनि चितवन आई पुगेका छन्। 

चितवन भ्रमण वर्ष २०२४ को पूर्व सन्ध्यामा हुन गई रहेको यस योग सेमिनारले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।